• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

metakhabar by metakhabar
३ माघ २०८२,
0
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन् । २०५९ साल असारमा देउवाले कांग्रेस विभाजन गरेको ऐतिहासिक घटनाको झण्डै दुई दशकपछि यसपटक सत्ता र संगठनबाट देउवा स्वयं बाहिरिएका छन् । गगन थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले देउवाको लामो वर्चस्व अन्त्य गरेपछि अब उनको आगामी कदम के होला भन्ने चासो छ ।

२०५९ सालमा देउवाले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि कांग्रेस विभाजन गर्दै अलग्गै शक्ति निर्माण गरेका थिए । त्यो निर्णयलाई त्यसबेला ‘परिस्थितिजन्य बाध्यता’ भनिए पनि पछिल्ला वर्षमा त्यसले कांग्रेसलाई कमजोर बनाएको निष्कर्ष निकालेर पुनस् एकता गरेका थिए । अहिले भने परिस्थिति उल्टिएको छ । यसपटक देउवा सत्ता र संगठनको केन्द्रमा छैनन्, बरु आफ्नै पार्टीभित्रबाट चुनौतीको सामना गरिरहेका छन् ।

विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा भएसँगै कांग्रेसको नेतृत्व पुस्तान्तरणमा भएको छ । युवा पंक्तिको बलियो समर्थन, संगठनात्मक संरचनाको नियन्त्रण र कार्यकर्ताको मनोविज्ञान गगनतिर ढल्कँदै जाँदा देउवाका लागि पुनः विभाजनको बाटो कठिन बनेको छ । उमेर, स्वास्थ्य र राजनीतिक परिस्थितिले पनि देउवालाई २०५९ सालको जस्तो आक्रामक निर्णय लिन अनुकूल देखिँदैन ।

देउवाले विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै कानुनी तथा संवैधानिक बाटो रोज्न सक्ने चर्चा पनि छ । निर्वाचन आयोग वा अदालतमार्फत प्रक्रिया रोक्ने प्रयास भए पनि पार्टीभित्र परिवर्तन अपरिहार्य भएको सन्देश बलियो भएकाले यसपटक देउवाको जोर चलेन ।

पार्टीभित्रका नेताहरूका अनुसार देउवाको अबको विकल्प सम्झौता र ‘गार्डियन रोल’ हुन सक्छ । औपचारिक रूपमा हार स्वीकार गर्दै अनुभवी नेताको हैसियतमा पार्टीभित्र प्रभाव कायम राख्ने रणनीतिले उनलाई पूर्ण राजनीतिकबाट अलग हुनबाट जोगाउन सक्छ ।

तर देउवाको राजनीतिक शैली हेर्दा मौन विद्रोहको सम्भावना पनि नकार्न सकिँदैन । सार्वजनिक रूपमा कम बोल्ने तर प्रदेश, जिल्ला र भ्रातृ संगठनमार्फत आफ्ना समर्थकलाई सक्रिय राख्ने देउवाको परम्परागत रणनीति पुनः प्रयोग हुन सक्ने अनुमान गरिएको छ । यद्यपि गगन नेतृत्व सफल भएमा देउवाको प्रभाव क्रमशः कमजोर हुँदै जाने जोखिमसमेत देखिन्छ ।

अहिले देउवा इतिहासको निर्णायक मोडमा उभिएका छन् । २०५९ सालमा पार्टी फुटाउने निर्णय गरेका देउवा यसपटक इतिहास दोहोर्‍याउने कि इतिहास सुधार्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् । गगन थापाको उदयले देउवालाई केवल पार्टीभित्र होइन, समयसँगै प्रतिस्पर्धा गर्न बाध्य बनाएको छ । देउवा समूहका नेताहरू पूर्णबहादुर खड्का, प्रकाशशरण महतहरू आज निर्वाचन आयोगले गगन नेतृत्वलाई आधिकारिकता दिएकोप्रति असन्तुष्ट छन् ।

आयोगको यो निर्णयपछि देउवाले के भन्छन् भन्ने पर्खाइ कांग्रेसी र राजनीतिक वृत्तमा छ ।

Previous Post

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

Next Post

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
Load More
Next Post
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In