• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सङ्कटापन्न घडियालको प्राकृतिक वासस्थानमा जोगाउनै मुस्किल

metakhabar by metakhabar
२३ पुस २०८२,
0
सङ्कटापन्न घडियालको प्राकृतिक वासस्थानमा जोगाउनै मुस्किल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ। गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।

नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्ने गरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् ।

कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ ।

नदीमा अनियन्त्रित रूपमा माछा मार्ने, बालुवा र गिट्टी उत्खनन, फोहर फाल्ने तथा अन्य प्रदूषणयुक्त गतिविधिले घडियालको प्राकृतिक वासस्थानमा थप चुनौती सृजना गरेको छ । शान्त स्वभावको यो सरीसृप प्राणीको मुख्य आहार माछा हो ।

हाल विशेषगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका राप्ती नदी र नारायणी नदी घडियालका प्रमुख प्राकृतिक वासस्थान हुन् । घडियाल गोही महाकाली, बबई, कर्णाली, कालीगण्डकी, सप्तकोशीलगायत नदीमा पाइन्छन् ।

तर पछिल्लो समय अन्य नदीमा घडियाल लोप हुँदै गएको छ । हाल राप्ती र नारायणी नदी किनारमा मात्र यसको बढी प्राकृतिक वासस्थान भेटिने गरेको छ ।

यहाँ बर्खामा बाढी आउँदा घडियाल बगेर भारततर्फ पुग्ने गर्दछ । बाँध तथा नदीको बहाव परिवर्तनका कारण पुनः फर्कने सम्भावना कम हुनुका साथै नदीमा हुने प्राकृतिक वातावरणीय परिवर्तनले पनि यसलाई असर पारेको छ ।

घडियाललाई घाम ताप्न आवश्यक पर्छ भने अण्डा पार्न नदीको समथर भाग आवश्यक हुन्छ । किनार नजिक खोलाको छेउतिर बालुवाको ढिस्को वा झाडी भएको स्थानमा यसले अण्डा पार्ने गर्दछ । यसको अण्डा कुखुराको अण्डाभन्दा ठूलो हुन्छ । प्रजननका क्रममा न्यून मात्रामा भाले जन्मने गर्छन् ।

फागुन–चैततिर पारेका अण्डा बालुवामुनि लुकाएको स्थानबाट मानिसहरूले झिकेर लाने तथा मासु र छालाका लागि गोही मार्नेजस्ता घटनाले घडियाल थप जोखिममा परेको बताइन्छ ।

घडियालका प्रमुख दुस्मन प्रदूषण र चोरी सिकारी रहेको अधिकारीहरूको भनाइ छ । तापक्रमका आधारमा भाले–पोथी निर्धारण हुने भएकाले कम मात्रामा भाले जन्मने गर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्ष मङ्सिरमा राप्ती र नारायणी नदीमा गरिएको अवलोकनका क्रममा नौ वटा भाले घडियाल भेटिएको बताए । अवलोकनका क्रममा अघिल्ला वर्षको तुलनामा बढी भाले भेटिनुले संरक्षणमा केही सफलता मिलेको उनको भनाइ छ ।

घडियाल तुलनात्मक रूपमा शान्त रहने र नदी तथा किनार छाडेर धेरै टाढा नजाने स्वभावको हुन्छ । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ ।

केन्द्रमा घडियालको संरक्षण तथा प्रजनन गर्दै आइएको छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक वासस्थानमा छाड्ने गरिएको छ ।

पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि घडियाललाई नदीमा छाड्ने गरिन्छ । प्राकृतिक वासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब १.५ मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक वासस्थानमा छोड्न योग्य हुने थापा बताउँछन् ।

विशेषगरी चैत–वैशाखमा नदी किनारमा घडियालले पारेका अण्डा सङ्कलन गरी प्रजनन गराउने गरिएको चितवन निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठ बताउँछिन् ।

नदी किनारका प्रायः पहरिला र घाम लाग्ने स्थानको बालुवा खोस्रेर एकपटकमा १५ देखि ६० वटासम्म अण्डा पार्ने र ती अण्डा सङ्कलन गरी केन्द्रको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिएको उनले बताइन् ।

उनले भनिन्, ‘हामीले बेलाबेला यहाँ हुर्काएका घडियाल नदीमा छाड्ने गरेका छौँ । सोमबार कसरास्थित राप्ती नदीमा २० वटा घडियाल छाडियो । यो आर्थिक वर्षमा मात्र ५२ वटा घडियाल प्राकृतिक वासस्थानमा छोडिसकिएको छ ।’

कुन तापक्रममा ह्याच गरियो भन्ने आधारमा घडियालको लिङ्ग निर्धारण हुने उनको भनाइ छ । उनका अनुसार ३०–३२ डिग्री सेल्सियस तापक्रममा ह्याच गरिएका अण्डाबाट भाले घडियाल र कम तापक्रममा ह्याच गरिएका अण्डाबाट पोथी घडियाल जन्मिने गर्छन् ।

प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राख्ने गरिएको छ । केन्द्रमा बच्चा हुर्काउन सजिलो नहुने र बाँच्नेको सङ्ख्या कम हुने उनले बताइन् ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल सन् १९८१ देखि देशका विभिन्न नदीमा छाड्न थालिएको हो । निकुञ्जले प्राकृतिक वातावरण अनुकूल भएकाले बढी राप्ती र नारायणी नदीमा घडियाल छाड्दै आएको छ ।

साथै केन्द्रमा हुर्किएका घडियाल सप्तकोसी, बबई, कर्णाली र कालीगण्डकी नदीमा समेत छाडिएको छ । तर अवलोकनका क्रममा राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् ।

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरैमात्र जीवित रहने गरेको पाइएको छ । नदीमा छाडिएका कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् ।

नदी प्रणालीमा रहेका घडियाल माछा मार्न प्रयोग हुने तियारी जालमा अल्झिएर मर्ने समस्या विकराल बन्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको श्रेष्ठले बताइन् ।

यस वर्ष मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा घडियाल भेटिएका छन् । तीमध्ये नौ वटा भाले रहेका छन् । अघिल्ला वर्षको तुलनामा भाले घडियालको सङ्ख्या बढ्नु सकारात्मक सङ्केत भएको संरक्षण अधिकृत थापा बताउँछन् ।

थापाका अनुसार प्रजनन केन्द्रमा हुर्केका घडियाल हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १४२ घडियाल छाडिएका छन् ।

गत आर्थिक वर्षमा विभिन्न नदीमा १३३ घडियाल छाडिएको थियो । नदीमा छाडिएका कतिपय घडियाल बाढीले बगाएर लैजाने भएकाले अपेक्षाकृत रूपमा सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ ।

हाल प्रजनन केन्द्रमा ७१७ वटा घडियाल रहेका छन् । जसमध्ये ६५९ बच्चा, २८ अर्धवयस्क र ३० वयस्क छन् । केन्द्रमा हाल एउटा मात्र परिपक्व भाले घडियाल छ ।

गत वर्ष केन्द्रमा २३२ अण्डा सङ्कलन गरिएकामा २०२ अण्डा ह्याच भएका थिए । ‘अब भालेको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको छ ।

दिगो प्रजनन र सङ्ख्या वृद्धि आवश्यक छ’, थापाले भने । केन्द्रको वातावरण जङ्गली अवस्थासँग पूर्ण रूपमा मेल नखाँदा प्राकृतिकजस्तो गुणस्तरीय अण्डा उत्पादनमा समस्या देखिने गरेको छ ।

विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यान्मारलगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्र सीमित भएका छन् ।

सन् १९४० को दशकमा विश्वमा करिब १० हजार रहेको घडियालको सङ्ख्या सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा झरेपछि संरक्षणमा चासो बढ्दै गएको हो ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण र माछा मार्ने गतिविधिका कारण घडियालको प्राकृतिक वासस्थान सङ्कटमा परेको छ ।

Previous Post

वीरगञ्जको जनजीवन सामान्य बन्दै

Next Post

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In