• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सातदशकपछि नागरिकता पाउँदा…

metakhabar by metakhabar
२१ पुस २०८२,
0
सातदशकपछि नागरिकता पाउँदा…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २१ पुसः साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उहाँले बताउनुभएको छ । “म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरेँ”, उहाँले भन्नुभयो, “हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।”

घर छाडेको ५६ वर्षपछि जिल्ला फर्कनुभएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ । “मैले पढेलेखेको थिइनँ । नागरिकता बनाएर पनि के काम भन्ने लाग्थ्यो ! तर, मेरो नागरिकता नहुँदा छोरीहरुलाई समस्या पर्दोरहेछ !”, केशरबहादुरले भन्नुभयो, “आफूले केही नगरेपनि छोरीहरुलाई केही गराउनुपर्छ भन्ने लागेको छ । तर, मसँग नागरिकता थिएन । सबैको सहयोगमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ”

झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताउनुभएको छ । “सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुसीयाली छाएको छ”, उहाँले भन्नुभयो, “नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।”

आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहारले बताउनुभएको छ । विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कञ्चनपुरमै बस्दै आउनुभएका केशरबहादुरको कान्छी छोरी कक्षा–३ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

चेतना अभावका कारण बुबाआमाले नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरीमा समस्या देखिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिक नेपाली नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आउनासाथ सहज वातावरण निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ ।

Previous Post

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

Next Post

एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार यी हुन्

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार यी हुन्

एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार यी हुन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In