• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रवि–बालेन गठबन्धनको विश्लेषण : वैकल्पिक राजनीतिको चुनौतीपूर्ण परीक्षा

metakhabar by metakhabar
१४ पुस २०८२,
0
रवि–बालेन गठबन्धनको विश्लेषण : वैकल्पिक राजनीतिको चुनौतीपूर्ण परीक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच सातबुँदे सहमति भयो। यस सहमतिले वैकल्पिक राजनीतिमा नयाँ मोड ल्याएको दावी गरिएको छ। तर, यस राजनीतिक गठबन्धनमा केवल सुनौलो अवसर मात्र छैन, समानुपातिक रूपमा चुनौती र जोखिम पनि छन्। रवि–बालेनको मुख्य लक्ष्य परम्परागत दलहरू—कांग्रेस र एमाले—को राजनीतिक वर्चस्व तोड्नु हो। तर रास्वपाको नीति, सैद्धान्त र एजेन्डा अझै प्रस्ट छैन। विगतको ‘हेटस्पिच’ रणनीतिले केही सिट जिताएको भए पनि यसपटक बहुमत ल्याउन सामान्य योजना पर्याप्त नहोला। मतदातालाई पुराना दलको कमजोरी देखाउनेभन्दा आफ्नै स्पष्ट र सकारात्मक योजना प्रस्तुत गर्नु आवश्यक छ।

रवि र बालेन दुवै महत्त्वाकांक्षी नेता हुन्। रवि सभापति बनेको छ भने बालेनलाई ‘उधारो’ भावी प्रधानमन्त्रीको पद दिने सहमति भएको छ। तर फरक स्वभाव, नेतृत्व शैली र महत्वाकांक्षाले सहमतिको निरन्तरतालाई चुनौती दिन सक्छ। चुनावमा परिणाम नआए यस सहमतिले द्वन्द्व र आन्तरिक विवाद जन्माउने सम्भावना उच्च देखिएको छ। बालेनले २१ फागुनको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्न सहमति जनाएका छन्। तर, पार्टीले बहुमत ल्याउन सक्ने छैन भने यो ‘उधारो’ सहमति केवल प्रतीकात्मक रहन सक्छ। सहमति स्थिर रहन्छ वा अवसरवादमा बदलिन्छ भन्ने प्रश्न अझै खुल्लै छ। रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी पाँचवटा मुद्दा विचाराधीन छन्। बालेनसँग जेन–जी आन्दोलनको दौरान उठेका विवाद र सिंहदरबार आगजनीको प्रश्न जोडिएको छ। यी मुद्दाले मतदातामा विश्वास निर्माणमा चुनौती उत्पन्न गर्न सक्छ। विशेषगरी भावी प्रधानमन्त्रीको रूपमा बालेनले यी विवादबाट अलग रहन सक्ने अवस्था छैन।

रवि–बालेनको गठबन्धनको असली परीक्षा बलिया परम्परागत दलसँगको प्रत्यक्ष चुनावी लडाइँमा हुनेछ। कांग्रेस र एमालेको संगठन बलियो छ र उनीहरूले चुनावी अभियानमा जाने तयारीमा छन्,तर शान्ति स्थापना र सुरक्षाको ग्यारेन्टी भने निश्चित छैन्। उनीहरुले सरकारसमक्ष शान्ति–सुरक्षाको ग्यारेन्टीको माग राखेका छन् । नयाँ नेतृत्वले जनताको मन जित्ने अभियान केवल लोकप्रियता र सामाजिक सञ्जालमा अपिलमा निर्भर छैन, संगठन र रणनीतिमा बलियो योजना आवश्यक छ। विश्लेषकहरूका अनुसार, रवि–बालेनको मिलनले मतदातालाई विकल्प प्रस्तुत गरेको छ, तर यसले चुनौती पनि थपेको छ। पुराना दललाई चुनौती दिन नयाँ नेतृत्व सच्चिनु पर्नेछ, र आन्तरिक तथा बाह्य दबाबको सामना गर्न तयार हुनुपर्छ। यदि सहमति ढल्कियो वा आन्तरिक द्वन्द्व बढ्यो भने वैकल्पिक राजनीतिक अवसर धरापमा परिणत हुन सक्छ। रवि–बालेन गठबन्धन वैकल्पिक राजनीतिका लागि सम्भावित नयाँ मोड हो। सुनौलो अवसर र सकारात्मक सन्देशको बीचमा उनीहरूले आन्तरिक तालमेल, स्पष्ट नीति र विवादमुक्त नेतृत्व देखाउनुपर्ने चुनौती छ। सफल भए वैकल्पिक धारा स्थापित गर्न सक्नेछन्, असफल भए ठूलो राजनीतिक धरापको सामना गर्नुपर्नेछ।

अस्थिर राजनीति र राणाको कुर शासनका कारण १०४ वर्षपछि परेको नेपालमा २०६२/२०६३पछिको शान्ति स्थापनापछि विकासमा निकै फड्को मारेको थियो । विकासका विभिन्न पूर्वाधारण निर्माण,शहरी क्षेत्रदेखि ग्रामिणक्षेत्रसम्म सडक विस्तार,विद्युत उत्पाद र जडान,शिक्षा,स्वास्थ्य,यातायात र डिजिटलाइजेसन र प्रविधिमा जोड दिन सफल भएका लोकतान्त्रिक दलहरुप्रति नयाँ अनुहारहरुको अराजक तत्वहरुले विनासको बाटो अपनाउनु गलत विषय हो । गत भदौ २३ र २४ गते देशमा भएको जेनजी आन्दोलन र इतिहास मेटाएर पछिल्ला पुस्ताहरुलाई प्रमूख राजनीतिक दलहरुले केही गर्न नसकेको जस्तो न्यारेटिभ्स बनाइरहेका छन् । नागरिकहरुले लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको विकास निर्माण र परिवर्तनलाई स्वमूल्याङकण गरेर सही र गलत छुटउन आवश्यक छ । देशमा शान्ति स्थापना,सुशासन र समृद्धिको मार्गदर्शन जोड्नेमाथि सबैले विश्वास दिलाउनु अहिले आवश्यकता  हाे ।

रवि लामिछाने र बालेन शाहबीचका विवाद र विवादास्पद अभिव्यक्तिहरू : सहकार्यभन्दा टकरावतर्फ

नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएका रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पुराना दलहरूप्रति समान आलोचना गरे पनि समयक्रमसँगै उनीहरूबीच सार्वजनिक रूपमा देखिएका मतभेद र अभिव्यक्तिहरू चर्चामा रहँदै आएका छन्। सुरुवाती चरणमा एउटै राजनीतिक धारमा उभिएका यी दुई पात्र पछिल्ला घटनाक्रममा भने दूरी बढाउँदै गएको संकेत देखिन्छ।

रवि लामिछानेले पटक–पटक संसद, पार्टी संरचना र नीति निर्माणलाई केन्द्रीय विषय बनाउँदै आएका छन्। यस सन्दर्भमा उनले स्थानीय तहका केही निर्णय तथा प्रस्तुतीलाई “स्टन्टमै सीमित” हुने जोखिमबारे घुमाउरो टिप्पणी गरेका थिए। यो अभिव्यक्तिलाई धेरैले बालेनतर्फ लक्षित आलोचना माने। बालेन शाहले प्रत्यक्ष नाम नलिए पनि सामाजिक सञ्जालमार्फत “सत्ता नपाएर कराउने नयाँ अनुहारहरू” भन्ने शैलीमा प्रतिक्रिया दिए। उनको यस्तो अभिव्यक्तिलाई रवि लामिछाने र उनको दलप्रति लक्षित असन्तुष्टिको रूपमा व्याख्या गरियो। वैकल्पिक शक्तिहरूबीच सहकार्यको बहस चलिरहँदा रवि लामिछानेले ‘संस्थागत राजनीति बिना परिवर्तन सम्भव छैन’ भन्ने अडान दोहोर्याए। यसलाई बालेनको स्वतन्त्र र व्यक्तिकेन्द्रित शैलीमाथि प्रश्न उठाएको रूपमा बुझियो। उता बालेन पक्षले ‘पार्टीकरणले नै देश बिगार्यो’ भन्ने तर्क अघि सार्दै आएका छन् ।

रविको भाषाशैली अपेक्षाकृत राजनीतिक, संयमित र संरचनामुखी देखिन्छ भने बालेनको शैली तीखो, व्यंग्यात्मक र कहिलेकाहीँ आक्रामक बन्ने गरेको आलोचना हुन्छ। यही शैलीगत अन्तरले पनि विवादलाई बढावा दिएको देखिन्छ। नेताहरूका अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दुवैका समर्थकबीच टकराव चर्किने गरेको छ। यसले व्यक्तिगत विवादभन्दा माथि उठेर ‘वैकल्पिक राजनीति’ नै विभाजित हुँदै गएको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।

रवि लामिछाने र बालेन शाहबीचको विवाद वैचारिकभन्दा बढी शैली, नेतृत्व दृष्टिकोण र राजनीतिक यात्राको भिन्नतासँग जोडिएको देखिन्छ। सहकार्यको सम्भावना बारम्बार उठे पनि सार्वजनिक अभिव्यक्ति र कटाक्षहरूले आपसी दूरी बढाइरहेका छन्। वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने कि आपसी टकरावमै सीमित हुने भन्ने प्रश्न उनीहरूको आगामी व्यवहारमा निर्भर रहनेछ।

Previous Post

उज्यालो नेपाल र प्रलोपा सहकार्यको तयारीमा, छलफल तीव्र

Next Post

नेकपा र एमालेले आज समानुपातिकको बन्दसूची बुझाउँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

नेकपा र एमालेले आज समानुपातिकको बन्दसूची बुझाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In