• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

by
१६ माघ २०७९,
0
फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ, दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई समेत गिज्याइ रहेको छ ।

करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो । फोहर व्यवस्थापन गर्ने ठाउँको सिधैमाथि प्रसिद्ध बागलुङ कालिका मन्दिर छ । यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ ।

वर्षौंदेखि अस्थायी रूपमा यहाँ फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङसाइड व्यवस्थापन गर्न सकेको छैन । यस कारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ । गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिँड्दा फोहरको गन्धले यात्रुलाई समेत सास्ती भएको बताए ।

उनी भन्छन्, “यो बाटो दैनिक दुई पटक हिँड्नुपर्छ, फोहरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलिअलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुले वाक्ने, रिङ्गटा लाग्यो भन्ने गर्छन्, फोहरको गन्धले होला हामीहरुलाई पनि टाउको दुग्ने, वाकवाकी होलाजस्तो हुन्छ ।”

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ । फोहरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुले दुर्गन्ध व्यहोर्नुपरेको जैमिनी नगरपालिका–८ का शिव सुनारले गुनासो पोखे ।

उनी भन्छन्, “राष्ट्रिय गौरवको आयोजनाकै छेउमा यस्तो हालत छ, फोहरको डङ्गुरले भरिएको छ, बाटोमा पैदल त हिँड्नै सकिन्न गन्हाएर, नाक मुख छोपेर पनि फोहरको गन्ध ह्वास्सै पस्छ, सम्बन्धित निकायले ध्यान नदिएर हो को, बजारवासीको लापर्बाही होकी, केही बुझ्नै सकिएन, बाहिरबाट आएको मान्छेले के भन्छन्, यो देख्दा रु”

अहिले पनि बजेट अभावमा यसको काम अलपत्र भएको नगरपालिकाले जनाएको छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहरले भरिएपछि स्थायी डम्पिङसाइटको माग बढेको छ । नगरपालिकाले वार्षिक रु ५० लाखमा उक्त फोहरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी डम्पिङसाइड निर्माण नहुञ्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो ।

फोहर व्यवस्थापनका लागि दश वर्षअघि नै रु दुई करोड लागतमा बनाउने भनिएको स्थायी डम्पिङसाइडको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । तत्कालीन फोहर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ ।

“हावाले सबै फोहर उठाएर घरभित्रै ल्याउँछ, यहाँका स्थानीयले नगरपालिकामा गएर भन्यौँ, छिटै समस्या समाधान हुन्छ भनेको वर्षौं भयो, अहिले पनि अवस्था उस्तै छ”, स्थानीय मनबहादुर माझीले भने, “बस्ती नजिकै लिएर फोहर फाल्छन्, यसले हामीहरुलाई निकै दुःख दिएको छ, फागुन चैतबाट बाहिर बस्नै हुन्न, सबै फोहर उडेर यही आउँछ ।”

बागलुङ नगरपालिकाले व्यवस्थित ढल र फोहर व्यवस्थापनका लागि योजना बनाएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनले जग्गा व्यवस्थापन भएपछि नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर व्यवस्थित डम्पिङसाइड निर्माण गर्ने बताए । अहिले फोहर फालिँदै आएको ठाउँ उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुँदासम्म यहाँ व्यवस्थितरुपमा फोहर पाल्ने गरी काम गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

“अहिलेको फोहर फाल्ने स्थान कत्ति पनि उचित छैन, ठाउँ अभावका कारण यहाँ फाल्नुपर्ने बाध्यता हो, यहाँ पनि त्यसरी फोहर जथाभावीरुपमा फालिएको छैन, घेरा लगाएर पर्खालभित्र फोहर छ, हावाहुरीले समस्या बनाएको छ”, उनले भने, “व्यवस्थित फोहर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौँ, त्यो बनाएर छोड्छौँ ।”
रासस

Previous Post

विचार पु-याउनुहोस्, ग्यास चुल्होबाट पनि एलर्जी हुनसक्छ

Next Post

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

सम्बन्धित खबर

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
Load More
Next Post
हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In