• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निकुञ्जमा जङ्गल सफारीका लागि दिइयो प्रवेश अनुमति, पर्यटन व्यवसायी उत्साहित

by
१५ माघ २०७९,
0
निकुञ्जमा जङ्गल सफारीका लागि दिइयो प्रवेश अनुमति, पर्यटन व्यवसायी उत्साहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कावासोती । पूर्वी नवलपरासीकोे अमलटारीबाट जङ्गल सफारीका लागि निकुञ्जले प्रवेश अनुमति दिएपछि अमलटारी आसपासका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले माघ ११ गते निर्णय गरेर सबै होटल र व्यवसायीले पर्यटकका लागि अमलटारी पोष्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै अमलटारी क्षेत्रबाट निकुञ्जमा सफारीका लागि प्रवेशको अनुमति पाएका थिए ।

पूर्वी नवलपरासीकोे अमलटारी क्षेत्रबाट निकुञ्जमा सफारीका लागि प्रवेश अनुमति खुलेसँगै यस क्षेत्रमा सञ्चालन हुँदै आएका होमस्टे, होटल तथा पर्यटन व्यवसायीमा भने उत्साह बढेको छ । निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूमा मात्रै जङ्गल सफारी सञ्चालन गरेका होमस्टे तथा होटल व्यवसायीहरू निकुञ्जको अनुमतिले यस क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा ठूलो सहयोग हुने अपेक्षा गरेका छन् ।

आर्थिकरूपमा होटल व्यवसायीहरू समस्यामा परेको बेला निकुञ्जले अनुमति दिएर पर्यटन तथा होटल व्यवसायीलाई ठूलो राहत दिएको होटल व्यवसायी सङ्घ पूर्वी नवलपरासीका अध्यक्ष सन्तोष रानाले बताउनुभयो । “यसले नवलपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ठूलो सहयोग गर्छ सँगै पछिल्लो समय आर्थिकरूपले समस्यामा परेका होटल व्यवसायीहरूलाई ठूलो राहत दिने आशा पलाएको छ”, रानाले भन्नुभयो ।

घाँसेमैदान र आहाल खेल्ने स्थान धेरै रहेकाले वन्यजन्तुको ओहोरदोहोर अमलटारी क्षेत्रमा धेरै हुने भएकाले अमलटारीबाट जङ्गल सफारीका लागि निकुञ्ज प्रवेश गर्दा पर्यटकले धेरै वन्यजन्तु देख्न सक्ने अमलटारी होमस्टेका संस्थापक तथा कावासोती नगरपालिकाका पूर्वउपप्रमुख प्रेमशङ्कर मर्दनिया बताउनुहुन्छ । “पूर्वी नवलपरासीका अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु हुने कुराले यस क्षेत्रका पर्यटन तथा होटल व्यवसायीहरूमा उत्साह मात्रै थपेको छैन, यसले आगामी दिनमा अमलटारी आसपासका पर्यटन तथा होटल व्यवसायीलाई आर्थिकरूपमा बलियो बनाउन ठूलो सहयोग गर्छ”, मर्दनियाले भन्नुभयो । आर्थिक तथा पर्यटन विकास मात्र नभएर जैविक पर्यापर्यटनका गतिविधि बढ्नाले यसले संरक्षणको क्षेत्रमा थप टेवा पु¥याउने उहाँको भनाइ थियो ।

अमलटारीबाट चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति दिइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । सबै पर्यटन व्यवसायीबाट संयुक्तरूपमा निवेदन आएकाले सबैलाई सहज हुने गरी अनुमति दिइएको चितवन निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिदिन पाँच जिप निकुञ्ज प्रवेश गर्न पाउने तथा एउटा जिपमा १० जना पर्यटक घुम्न जान सक्नेछन् ।

निकुञ्ज प्रवेशका लागि नेपालीले रु एक सय ५०, सार्क क्षेत्रका पर्यटकले रु एक हजार र अन्य देशका हरेकले रु दुई हजार तथा हरेक जिपले एकपल्ट निकुञ्ज क्षेत्र प्रवेश गर्दा रु पाँच हजार शुल्क निकुञ्जमा बुझाउनुपर्ने तिवारीले जानकारी दिनुभयो । यसअघि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि चितवनबाट मात्रै प्रवेश दिने गरेको थियो ।

Previous Post

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

Next Post

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

सम्बन्धित खबर

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
Load More
Next Post
राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In