काठमाडौँ – प्रहरीले नक्कली मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार स्टिकर नलगाइएका अवैध मदिरा बरामद गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले काठमाडौँमा नक्कदी मदिरा फेला पारेपछि फलोअप गर्दै जाँदा ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना भेटेको हो ।
यसैबीच नक्कली मदिरा कारखाना सञ्चालन गरेको आरोपमा पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा कालिञ्चोक गाउँपालिका– ३ का २७ वर्षीय निरज जोशी, स्याङ्जा गल्याङ नगरपालिका–९ का २६ वर्षीया धर्मी गौडेल र सिन्धुली तिनपाटन गाउँपालिका–२ का २६ वर्षीय गणेशबहादुर रानामगर छन् ।













