• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण एसियाका आन्दोलनको निष्कर्ष : समानता, पारदर्शिता र सुशासनमा जोड

metakhabar by metakhabar
२२ मंसिर २०८२,
0
दक्षिण एसियाका आन्दोलनको निष्कर्ष : समानता, पारदर्शिता र सुशासनमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल, श्रीलंका र बंगलादेशमा पछिल्ला वर्षहरूमा देखिएका ठूला जनआन्दोलन र त्यसले अर्थतन्त्रमा पारेको असरबारे नेपाल इकोनोमिक फोरमले विस्तृत अध्ययन सार्वजनिक गरेको छ । फोरमका अनुसार यी तीन मुलुकका आन्दोलनका कारण फरक भए पनि तिनले दिएको चेतावनी नेपालका लागि गम्भीर र समयोचित छन् ।

फोरमको साप्ताहिक अपडेट प्रतिवेदनमा श्रीलंका, बंगलादेश र नेपालमा क्रमशः सन् २०२२, २०२४ र २०२५ मा देखिएका आन्दोलनले शासन प्रणाली, आर्थिक जोखिम र जनआक्रोशबीचको गहिरो सम्बन्ध उजागर गरेको उल्लेख छ । अध्ययनमा भनिएको छ— श्रीलंका आर्थिक कुप्रबन्धन, गलत कर नीति र विदेशी मुद्रा संकटले धराशायी भयो, बंगलादेश राजनीतिक दमन र असमानताविरुद्ध विस्फोट भयो भने नेपालमा बेरोजगारी, भ्रष्टाचार, ‘नेपोबेबि’ विवाद र डिजिटल अभिव्यक्ति प्रतिबन्धले युवालाई सडकमा उतार्यो ।

तीनै मुलुकका आन्दोलनको नेतृत्व मुख्यतः युवाले गरेको र सामाजिक सञ्जाल संगठन र प्रचारको प्रमुख माध्यम बनेको फोरमको निष्कर्ष छ । श्रीलंका ऋण संकटपछि आईएमएफको कडा कार्यक्रमअन्तर्गत गयो, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरिन् भने नेपालमा आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भइन् ।

फोरमका अनुसार भदौ २३ र २४ (सेप्टेम्बर ८ र ९) को जेनजी आन्दोलनपछि नेपालले करिब ५ सय ८० मिलियन अमेरिकी डलर बराबरको पूर्वाधार क्षति व्यहोरेको छ । आन्दोलनअघिको ५.४ प्रतिशतको आर्थिक वृद्धिदर अब विश्व बैंकले आर्थिक वर्ष २०२६ का लागि २.१ प्रतिशतमा झारेको छ ।

प्रतिवेदनले आगामी फागुनमा निर्वाचनको तयारी भइरहे पनि अर्थतन्त्रका लागि अझै विश्वसनीय र दीर्घकालीन पुनरुत्थान योजना सार्वजनिक नहुनु चिन्ताको विषय भएको उल्लेख गरेको छ । “स्पष्ट आर्थिक रोडम्यापबिनै देश कमजोर र अनिश्चित अवस्थामा धकेलिँदैछ,” फोरमको निष्कर्ष छ ।

नेपालका लागि सिकाइ

फोरमका अनुसार ‘जेनजी’ आन्दोलनले युवा पुस्तालाई आर्थिक अवसर दिन नसक्दा उनीहरू परिवर्तनको निर्णायक शक्ति बन्ने स्पष्ट सन्देश दिएको छ । डिजिटल अभिव्यक्ति नियन्त्रणले समस्या समाधान हुने होइन, उल्टै असन्तोष विस्फोट हुने प्रतिवेदनको ठहर छ । साथै भ्रष्टाचार, दण्डहीनता र कमजोर शासन सुधार नगरे आधुनिक राष्ट्र निर्माण सम्भव नहुने चेतावनी पनि दिइएको छ ।

श्रीलंकाबाट चेतावनी

श्रीलंकाको संकट ढिलासुस्ती र अविवेकी आर्थिक निर्णयको नतिजा भएको फोरमको विश्लेषण छ । ठूलो कर कटौती, रासायनिक मलमा एकाएक प्रतिबन्धजस्ता नीतिले देशलाई गहिरो संकटमा धकेलेको भन्दै नेपालले तत्कालै विश्वसनीय आर्थिक पुनरुत्थान योजना बनाउन ढिलाइ गर्न नहुने सुझाव दिइएको छ ।

बंगलादेशबाट पाठ

बंगलादेशको अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर हुँदाहुँदै पनि राजनीतिक दमन र असहमति दबाउने प्रवृत्तिले सरकार ढलेको फोरमले स्मरण गराएको छ । राजनीतिक वैधानिकताबिना आर्थिक स्थायित्व दीर्घकालीन हुन नसक्ने र लोकतान्त्रिक ‘स्पेस’ साँघुरो बनाउँदा आन्दोलन झन् भड्किने सन्देश नेपालका लागि पनि उस्तै सान्दर्भिक भएको फोरमको निष्कर्ष छ ।

Previous Post

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

Next Post

गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु (नामसहित)

metakhabar

metakhabar

सम्बन्धित खबर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
Load More
Next Post
गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु (नामसहित)

गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु (नामसहित)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In