• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग

metakhabar by metakhabar
१३ मंसिर २०८२,
0
वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री र अन्य प्रदेशका आर्थिक मामिलामन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधानका लागि विभिन्न उपायको खोजी गर्दै साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छ ।

वित्तीय सङ्घीयता कार्यान्वयनको क्रममा देखापरेका समस्या क्रमशः समाधान हुँदै आएका भए पनि नयाँ परिस्थितिमा नयाँ खालका समस्या देखा पर्ने भएकाले त्यसको समाधानका उपाय खोज्नुपर्ने उनीहरूको भनाइ थियो । अन्तर सरकारी वित्त परिषद्को एघारौँ बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीलगायत परिषद्का सदस्य एवं विज्ञले वित्तीय सङ्घीयता कार्यान्वयनको सम्बन्धमा देखापरेका समस्या र समाधानका उपायका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रमका दौरान सातै प्रदेशका अर्थमन्त्रीहरुले संयुक्त रूपमा तयार गरेको वित्तीय सङ्घीयता सम्बद्ध घोषणापत्र कार्यान्वयन सहजीकरणको लागि सङ्घीय अर्थमन्त्री समक्ष पेश गरेका थिए ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था वमोजिम परिषद्का संयोजक अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा परिषद्का सदस्यहरू एवं अन्य आमन्त्रित व्यक्तिको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा सम्पन्न भएको अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिए।

बैठकमा वित्तीय सङ्घीय समन्वय महाशाखा प्रमुख एवम् सहसचिव सेवन्तक पोखरेलले वित्तीय सङ्घीयता कार्यान्वयनको कार्यक्रममा तीनै तहबाट सुशासनको प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले सङ्घ, प्रदेश र स्थानीय तहले बजेट तथा आयोजनाको कार्यान्वयन, करको कार्यान्वयनको विषयमा देखिएका विवादको निरूपण, राजस्व तथा खर्चको लेखा विधि र त्यसको प्रतिवेदन प्रणाली व्यवस्थित गर्नेलगायतका विषय उल्लेख गरे । यस्तै, जनशक्ति व्यवस्थापन तथा तेस्रो सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन, वित्तीय अनुशासन, आगामी निर्वाचनमा तीन तहको साधनस्रोतको प्रयोग तथा आगामी अन्तरप्रदेश परिषद्को बैठकमा राख्नुपर्ने सुझावको लागि समेत बैठक आयोजना गरिएको उनले जानकारी गराएका थिए ।

कार्यक्रममा नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका अध्यक्षसहित विभिन्न पालिकाका प्रतिनिधिले वित्तीय समानीकरण अनुदान विनियोजन बमोजिम प्राप्त हुनुपर्ने, वित्तीय सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषयमा छिट्टै टुङ्गोमा पुग्नुपर्ने, कानुन कार्यान्वयनका क्रममा देखिएका अन्तर विरोधलाई सम्बोधन गरिनु पर्ने धारणा राखेका थिए । यस्तै, प्रदेश र स्थानीय तहले भोग्नु परेको आयोजना व्यवस्थापन, सङ्गठनात्मक संरचना तथा व्यवस्थापन, जेनजी आन्दोलनमा क्षति भएका भौतिक पूर्वाधार पुनः निर्माणमा सहयोग हुनुपर्ने लगायतका विषयमा धारणा प्रस्तुत गरेका थिए ।

सो अवसरमा अर्थमन्त्री खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तह स्वतन्त्र र स्वयम उत्तरदायी रहेको बताए । उनले वित्तीय सङ्घीयताप्रतिको प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनका क्रममा नै समस्याको पहिचान र समाधानको उपायसमेत पत्ता लाग्ने उल्लेख गरेका थिए ।

Previous Post

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी
आवाज

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

११ असार २०८३,
आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
आवाज

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

११ असार २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

११ असार २०८३,
मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
Load More
Next Post
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In