• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तरी सागरमुनि कार्बन डाइअक्साइड भण्डारण गर्ने महत्त्वाकाङ्क्क्षी योजना सञ्चालनका लागि तयार

metakhabar by metakhabar
११ मंसिर २०८२,
0
उत्तरी सागरमुनि कार्बन डाइअक्साइड भण्डारण गर्ने महत्त्वाकाङ्क्क्षी योजना सञ्चालनका लागि तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपको दुर्गम उत्तरी सागरमुनि रहेको दशकमौँसम्म जीवाश्म इन्धन निकाल्न प्रयोग गरिएका प्लेटफर्महरूमध्येको एक निनी तेल क्षेत्र अहिले अर्को अध्यायतर्फ मोडिँदै छ । हेलिकप्टरबाट क्षितिजमा पहिलोपटक देखिने यो क्षेत्र अब समुद्री सतहमुनि कार्बन डाइअक्साइड (सिओ२) स्थायी रूपले भण्डारण गर्ने अभूतपूर्व परियोजनाको केन्द्रविन्दु बन्दै गएको छ ।

रासायनिक क्षेत्रका अग्रणी कम्पनी आइएनइओएसले यस क्षेत्रका एक हजार ८०० मिटर (पाँच हजार ९०० फिट) गहिराइमा रहेका कम भएका तेल भण्डारहरूमा तरलीकृत सिओ२ इन्जेक्ट गरी तेल उत्खननको प्रक्रिया लगभग उल्ट्याउने योजना अघि बढाएको छ । एसोसिएटेड प्रेस (एपी) ले ग्रीनस्यान्ड फ्युचर नाम दिइएको यस कार्बन क्याप्चर र स्टोरेज (सिसिएस) परियोजनाको अन्तिम तयारी चरण अवलोकन गर्न मानव रहित निनी क्षेत्र नजिक रहेको सिरी प्लेटफर्मको दुर्लभ भ्रमण गरेको छ ।

आगामी वर्षदेखि व्यावसायिक सञ्चालनमा आउने अपेक्षा गरिएको ग्रीनस्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण–सञ्चालित अपतटीय सिओ२ भण्डारण साइट बन्नेछ ।

जलवायु चुनौती र सिसिएसको भूमिका
जलवायु विज्ञ र वातावरणसम्बन्धी समूहहरूले कार्बन क्याप्चर तथा भण्डारण (सिसिएस) प्रविधिलाई जलवायु परिवर्तन विरुद्धको सङ्घर्षमा उपयोगी औजारका रूपमा स्वीकार गरेका छन् । तर उनीहरू उद्योगहरूले यसलाई उत्सर्जन कटौतीदेखि बच्नका लागि बहानाका रूपमा प्रयोग नगर्न चेतावनी पनि दिन्छन् ।

आइएनइओएस एनर्जी युरोपका कार्यकारी प्रमुख म्याड्स गेडका अनुसार परियोजनाले प्रारम्भमा प्रति वर्ष चार लाख टन सिओ२ भण्डारण गर्नेछ । यसको क्षमता सन् २०३० सम्ममा ८० लाख टनसम्म विस्तार गरिने लक्ष्य छ । “डेनमार्कसँग आफ्नै उत्सर्जन दर्जनौँ वर्षसम्म भण्डारण गर्न पर्याप्त क्षमता छ”, गेडले भन्नुभयो, “हामी युरोपभरिका उद्योगहरूलाई सिओ२ भण्डारणमा सहयोग पु¥याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौँ ।”

ग्रीनस्यान्डले डेनमार्कका बायोग्यास उत्पादकहरूसँग सम्झौता गरी तिनीहरूको कब्जा गरिएको कार्बन उत्सर्जनलाई निनी क्षेत्रका जलाशयहरूमा गाड्ने तयारी गरिरहेको छ । डेनमार्कको एस्बेर्ग बन्दरगाहमा तरलीकृत कार्बन अस्थायी रूपमा राख्ने ‘सिओ२ टर्मिनल’ निर्माण भइरहेको छ । नेदरल्यान्ड्समा यसै उद्देश्यका लागि ‘कार्बन डिस्ट्रोयर १’ नामक विशेष जहाज निर्माणाधीन छ ।

वैज्ञानिक आधार र भौगोलिक स्थायित्व
डेनमार्क र ग्रीनल्याण्डको भूगर्भीय सर्वेक्षण (जिइयुएस) का विज्ञ निल्स स्कोभ्स्बोका अनुसार ग्रिनस्यान्ड क्षेत्रका बलौटे चट्टान संरचनाहरू सिओ२ भण्डारणका लागि अत्यन्त उपयुक्त छन् । चट्टानको लगभग एक–तिहाइ भाग सूक्ष्म गुफाहरूले भरिएको छ ।

“जलाशय र इन्जेक्ट गरिएको सिओ२ बीच कुनै हानिकारक प्रतिक्रिया हुँदैन भन्ने हामीले पत्ता लगायौँ”, स्कोभ्स्बोले भन्नुभयो, “माथिल्लो भागमा रहेको सतह–सिल चट्टानले उत्पन्न हुने अतिरिक्त दबाब नियन्त्रण गर्न पर्याप्त क्षमता राख्छ । यी दुवै कारणले यो क्षेत्र सिओ२ भण्डारणका लागि उत्कृष्ट स्थान बनेको हो ।”

सीमितता र आलोचना
यद्यपि सिसिएस प्रविधि विश्वभर विस्तार भइरहे पनि यसको क्षमता विश्वव्यापी उत्सर्जनका तुलनामा अझै थोरै छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत वर्ष विश्वभर करिब ३८ अर्ब टन सिओ२ उत्सर्जन भएको थियो । ग्रिनस्यान्डको सन् २०३० को लक्ष्य—प्रति वर्ष ८० लाख टन—समग्र उत्सर्जनको अत्यन्त सानो अंश मात्र हो ।

ग्रीनपीस डेनमार्ककी जलवायु नीतिकी प्रमुख हेलेन हेगल भन्नुहुन्छ, “सिसिएस त्यस्ता क्षेत्रमा उपयोगी हुन सक्छ जहाँ उत्सर्जन घटाउन साँच्चिकै गाह्रो छ । तर सबै क्षेत्रले कटौतीको सट्टा समातेर राख्ने उपाय खोज्न थाले भने त्यो दीर्घकालीन रूपमा समस्यामा परिणत हुन्छ ।”

डेनमार्कको ऊर्जा सङ्क्रमण र चुनौतीहरू
आइएनइओएसले सिसिएस प्रवद्र्धनका साथै उत्तरी सागरको अर्को पुरानो तेल क्षेत्र विकास गर्ने तयारी पनि गरिरहेको छ । यसबारे उठेका आलोचना–प्रश्नका बीच कार्यकारी प्रमुख गेडले कम्पनीको रणनीति स्पष्ट पार्दै भन्नुभयो, “हामी युरोपलाई ऊर्जा आयातमा निर्भर गराउनेभन्दा केही समयका लागि घरेलु वा क्षेत्रीय स्रोत विकास गर्नु निर्णयात्मक हुन्छ । यसले सङ्क्रमण अवधि प्रबन्ध गर्न मद्दत गर्छ ।”

उत्तरी सागरमुनि सिओ२ भण्डारण गर्ने यो महत्त्वाकांक्षी परियोजना सफल भएमा युरोपमा कार्बन व्यवस्थापनमा ऐतिहासिक मोड आउने बताइन्छ । डेनमार्कले सन् २०५० सम्म ‘शुद्ध शून्य उत्सर्जन’ लक्ष्यमा पुग्ने इयु रोडम्यापलाई साथ दिने महत्त्वपूर्ण कदमका रूपमा यसलाई हेर्न थालेको छ ।

Previous Post

सडक बनाउन स्थानीयको दश लाख सहयोग

Next Post

नयाँ विशेषतासहित आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
Load More
Next Post
नयाँ विशेषतासहित आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा

नयाँ विशेषतासहित आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In