• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर नमस्कार … म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुपर्‍यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडौँ उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरद्कुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाइन्, “छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन पाठेघर नै झिकिदिनुपर्‍यो । टन्टैसाफ ।”

प्रबन्धक अर्यालले ती महिलालाई तत्काल अलि चर्काे स्वरमा जवाफ फर्काइदिए, “हुन्न हुन्न म्याम ! म शाखाका साथी शिक्षिकाअर्थात् ‘च्याम्पियन’लाई हजुर कहाँ परामर्शका लागि पठाइदिन्छु, उहाँहरुले के भन्नुहुन्छ, यसपछि के गर्नुपर्छ म सल्लाह दिउँला ।”

फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा, बृहत्तर यौनिकता शिक्षा, सरसफाइ (विशेष गरेर महिनावारीका समयमा) लगायतका आवश्यक स्वास्थ्य शिक्षाको परामर्शअर्थात् ‘काउन्सिलिङ’ कसरी गर्ने भन्ने तालिम लिएका शाखामा कार्यरत ती अब्बल ‘च्याम्पियन’ले फोन गर्ने महिला र उनकी बौद्धिक अपाङ्गता भएकी किशोरीलाई भेटघाट गरे। च्याम्पियन’का अनुसार ती किशोरीले आफूलाई विवाह गर्ने र बच्चा पाउने र केटा मान्छेसँग गफिने रहर भएको तर आमाले आफ्नो कुरा सुनुवाइ नगरेको दुःखेसो व्यक्त गरिन् ।

‘च्याम्पियन’ ले भने “किशोरीकी आमालाई बृहत्तर यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध आयाम, फरक क्षमता भएकाको आवश्यकतालगायत अन्य विषयमा आवश्यक परामर्श दिऔँ । छोरीको पाठेघर निकाल्न नहुने कुरामा आमालाई ‘आश्वस्त’ पारेर फर्किऔँ ।”

अपाङ्गतामैत्री छैनन् परिवार व्यवस्थापनको अस्थायी /स्थायी साधन
अपाङ्गता भएका किशोरीहरु पनि महिनावारी हुन्छन् । यस्तो समयमा उनीहरुलाई आवश्यक पर्ने सामग्री एवं सरसफाइमा ध्यान देलान त ? अभिभावक अथवा हेरचाह कर्ताले कस्तो व्यवहार गर्लान् ? प्रबन्धक अर्यालले भने, “अपाङ्गता भएकी किशोरी महिनावारी हुँदा आफूलाई अभिभावकले गर्ने व्यवहार हाम्रा ‘च्याम्पियन’लाई, क्लिनिकमा सेवा लिन आउँदा अथवा हामीले उनीहरुकै लागि आयोजना गरेका स्वास्थ्य शिविरमा भन्दछन्, यो सुन्दा बृहत्तर यौनिकता शिक्षाका बारेमा अभिभावकमा सचेतना नै छैन ।”

अपाङ्गता भएका व्यक्तिलाई पनि विवाह गर्न, बच्चा जन्माउन मनलाग्दो हो । के उनीहरुको सहज विवाह भएको छ त ? पछिलो जनगणनाअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशतअर्थात् सात लाख विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति छन् ।

उनीहरुलाई पनि परिवार योजनाका स्थायी अथवा अस्थायी साधन प्रयोग गर्न मन लाग्दो हो ? यस्ता साधनमा उनीहरुको सहज पहुँच छैन । नेपालमा परिवार व्यवस्थापनको अस्थायी साधन पिल्स मात्र अपाङ्गतामैत्री छ । अर्काेतर्फ स्वास्थ्य सस्थाका पूर्वाधार, सेवा, औषधिमा अपाङ्गता भएका व्यक्तिको पहुँच न्यून छ । पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण अनुसार स्वास्थ्य सस्थामा अपाङ्गता भएका व्यक्तिमध्ये दुई प्रतिशतको मात्र पहुँच छ ।

‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’सम्बन्धी परियोजनाको समीक्षा गर्न मङ्गलबार आयोजित कार्यक्रममा प्रबन्धक अर्यालले अपाङ्गता भएका व्यक्ति, तिनका अभिभावक र हेरचाहकर्ता (केयरटेकर)का आ आफ्नै व्यथाका पुलिन्दा प्रस्तुत गर्दै सीमान्तकृत अपाङ्गता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्य गम्भीर बन्न आग्रह गरे ।

नेपाल परिवार नियोजन सङ्घद्वारा फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा काठमाडौँ उपत्यकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’ परियोजना सञ्चालित छ । अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षामा कसरी पहुँच सुनिश्चित गर्ने भन्ने प्रमुख ध्येय रहेको सो परियोजनाले त्यस्ता व्यक्तिका लागि अलग्गै स्वास्थ्य शिविर, अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम, बृहत्तर यौनिकता शिक्षा, विद्यालय तहमा अपाङ्गता समावेशी शिक्षाका बारेमा सरोकार निकायसँग मिलेर काम गरिरहेको छ । परियोजनाका संयोजक विवेक रिसालले परियोजनाका गतिविधि प्रस्तुत गर्दै अपाङ्गतामैत्री स्वास्थ्य सेवा र समावेशी शिक्षाका लागि निरन्तर पैरवी जारी रहेको जानकारी दिए ।

दृष्टिसम्बन्धी अपाङ्गता भएकी सन्ध्या श्रेष्ठले भनिन्, “अपाङ्गता भएका व्यक्ति पनि महिनावारी हुन्छन्, उनीहरुलाई केटासँग गफिने, विवाह गर्ने, बच्चा पाउने रहर हुन्छ । अपाङ्गता भएका व्यक्तिको रहर र चाहनालाई नत अभिभावक, नत ‘केयर टेकर’ले नै बुझिदिन्छन् । हामीलाई पाइलापिच्छे अवरोध र समस्या छन् ।” सङ्घका केन्द्रीय सदस्य एवं ‘च्याम्पियन’समेत रहेकी श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्था र सेवा अपाङ्गतामैत्री नरहेको गुनासो गरिन् ।

अपाङ्गतामैत्री सेवा छ, पहुँच र जानकारी छैन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख डा सतिष विष्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थाबाट अपाङ्गता भएका व्यक्तिले प्राप्त गरेका सेवालाई केन्द्रीय सूचना तथा तथ्याङ्क प्रणालीभित्र प्रविष्ट गराउन सुरुआत भइसकेको जानकारी दिँदै अझै स्वास्थ्य सस्था, सेवा, निःशुल्क औषधिलगायतका क्षेत्र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच नभएको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालले स्वास्थ्यकर्मी सहित विशेषज्ञ चिकित्सकलाई समेत अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य समस्या सम्बोधन गर्न कसरी व्यवहार गर्ने भन्ने विषयमा सञ्चारको ज्ञान आवश्यक रहेको, स्वास्थ्य संरचना र सेवालाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउन जरुरी रहेको रहेको बताए ।

परिवार कल्याण महाशाखाका परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सुरक्षित तथा प्रजनन स्वास्थ्य सेवा नीतिगत प्रावधान भएपनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको बताइन् ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले विद्यालय तहका पाठ्यक्रमलाई समावेशी बनाउँदै लगिने नीति सरकारको रहेको जानकारी दिनुहुँदै यसमा आवश्यक सहयोग गर्न सरोकारवाला निकायसँग आग्रह गरे ।

नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको चर्चा गर्दै यो जनस्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिक ‘इस्यु’ बनेको बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले भने, “स्वास्थ्य सस्था र सेवा अपाङ्गतामैत्री छैन । यस्ता व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित छन् । बनेका नीति कागजमा सीमित छन् । विद्यालय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई अनिवार्य गरिनुपर्छ । निजी क्षेत्रबाट प्रकाशित पाठ्यक्रमभित्र अपाङ्गता भएका व्यक्तिका आत्मसम्मानमा ठोस पुग्ने शब्दावली हटाउनुपर्छ ।” दृष्टिविहीनहरुको हक अधिकारका क्षेत्रमा पैरवी गर्दै आएको सस्था बायोनका अध्यक्ष कलाधर अधिकारीले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच नभएको र बृहत्तर यौनिकता शिक्षा आवश्यक रहेको बताए ।

नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाका सभापति तारा पुडासैनीका अनुसार संस्थाले अपाङ्गता भएका व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउने अधिकारलाई पैरवी गरिरहेको छ । कार्यक्रममा प्रभाकर श्रेष्ठ र सुरेश प्रधानलागायतले अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहज पहुँचका लागि सरोकारपक्ष ध्यान दिन, बृहत्तर यौनिकता शिक्षाको महत्वलाई उजारग गर्न विद्यालय तहमा अनिवार्य गर्न सुझाव दिए ।

Previous Post

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

Next Post

४२ दिनको लागि थप ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

४२ दिनको लागि थप ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In