• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम, विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ

metakhabar by metakhabar
२३ कार्तिक २०८२,
0
पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम, विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा-पोखरा आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार भव्य कन्सर्ट गरेको छ ।

१० हजारभन्दा बढी दर्शक अटाउने गरी पोखरा रङ्गशालाभित्र निर्धारण गरिएको क्षेत्र भरिभराउ थियो । नेपथ्यको गृहनगरमा भेला भएका दर्शक उत्सवकै माहोलमा सुरुदेखि अन्त्यसम्मै रमाएका थिए ।

कन्सर्ट हेर्न दर्शक पर–परदेखि आएको भए पनि अघिल्लो दिनै टिकट बिक्री भइसकेकाले निराश बनेर बाहिर सडकमा उत्तिकै देखिन्थे ।
‘छोरालाई लिएर पर्वतदेखि आइपुगेको थिएँ, टिकट सकिइसकेको रहेछ,’ राजन गुरुङ भनिरहेका थिए, ‘आयोजकले थप सय टिकट जारी गर्छौं भनेकाले पर्खेर बसेका छौं ।’ कुराकानीकै क्रममा राजनले आफूजस्तै टिकट पर्खेर बसेका लमजुङका दर्शक पनि देखाए ।

भित्र मैदानमा भने सदाझैँ घडी देखाएर तोकिएको समयमै बेलुकी ६ बजे कन्सर्ट सुरु भयो । ब्यान्डले पहिलो सौगात स्वरूप ‘हो रामा रामा’ गीत प्रस्तुत गर्यो ।

कन्सर्ट अवधिभर ब्यान्डका मुख्य गायक अमृत गुरुङले सहरसँग जोडिएका रैथाने अनुभव सुनाए । पोखरेली क्रिकेट टोली र समग्र खेलकुद क्षेत्रकै पक्षमा उनले प्रकट गरेका विचारलाई दर्शकले अत्यन्तै मन पराएको देखिन्थ्यो । गीत सङ्कलनको अनुभव, नेपाली भाषा र संस्कृतिको जगेर्ना अनि नेपालीपनको विशेषताबारे उनले व्यक्त गरेका धारणालाई पनि दर्शकले स्वागत गरेका थिए ।

‘आँगनैभरि’ देखि ‘छेक्यो छेक्यो’ जस्ता ब्यान्ड स्थापनाताकाका गीतदेखि लिएर ‘चरी मर्यो सिसैको गोलीले’, ‘जोमसोमे बजार’ जस्ता सदाबहार लोकप्रिय गीतहरू प्रस्तुत गरिएका थिए । श्रोताले अत्यधिक मन पराएका ‘रेशम’ र ‘तालको पानी’ अनि देशभक्तिपूर्ण ‘रातो र चन्द्रसुर्जे’, ‘गाउँगाउँबाट उठ’ सम्मका गीतमा पनि पोखरेली दर्शक रमाए ।

तन्नेरी पुस्ताले भरिएको कन्सर्ट मैदानमा अमृतले जेन–जी आन्दोलनपछिको समसामयिक राजनीतिक परिस्थितिलाई पनि सम्बोधन गर्न चाहे ।
‘परिवर्तनका लागि पृष्ठभूमि तयार भइसकेपछि अब संयमित भएर अगाडिको बाटो तय गर्न म सबैलाई अनुरोध गर्छु,’ उनले नयाँ पुस्तालाई भने, ‘मतदाता नामावालीमा नाम लेखाउनलाई नछुटाउन अनि आगामी चुनावमा अत्यधिक सहभागितासाथ मुलुकको भाग्यरेखा कोर्न म सबैलार्ई आग्रह गर्छु ।’

कन्सर्ट हेर्नकै लागि काठमाडौँदेखि आएका केही परिचित अनुहार पनि मैदानमा देखिन्थे । तिनैमध्ये एक थिए हास्य अभिनेता जितु नेपाल । उनले रङ्गशाला पुग्नुअगावै आफ्नो फेसबुकमा नेपथ्यकै लागि सपरिवार पोखरा आएको उल्लेख गरेका थिए । आफ्ना छोराछोरी र श्रीमतीको धेरै पहिलादेखिको चाहना पूरा हुन लागेकामा खुसी प्रकट गर्दै उनले लेखेका थिए –
‘आज पोखरामा नेपथ्यसँग नाच्ने हो, गाउने हो । आफ्नै नेपाली धुन लय र सङ्गीतको प्रत्यक्ष मज्जा लिने हो ।’
कन्सर्टमा अभिनेता नेपालको परिवारै सुरुदेखि अन्तिमसम्मै नाचिरहेको देखिन्थ्यो ।
‘बबाल रमाइलो भयो,’ उनले नाच्दानाच्दै प्रतिक्रिया दिए, ‘नेपथ्यलाई धन्यवाद ।’

कन्सर्ट हेर्नेहरूको जमातमा हास्य अभिनेता सन्दीप क्षेत्री पनि थिए । लेखक कुमार नगरकोटी पनि कन्सर्ट हेर्नकै निम्ति काठमाडौँबाट पोखरा पुगेका थिए ।
‘नेपथ्यको जीवनी पुस्तक भर्खरै पढेर सिध्याएपछि यो कन्सर्ट हेर्ने इच्छा लाग्यो,’ नगरकोटीले भने, ‘नेपथ्य ब्यान्डसँगको यो मेरो पहिलो अनुभव सोचेको भन्दा धेरै रमाइलो भयो ।’

माटोको रक्षा अनि उर्बराशक्ति बढाउने उद्देश्यका साथ विभिन्न मुलुकबाट नेपाल आइपुगेका र हाल पोखरामा रहेका कृषि विज्ञहरूको ठूलै समूह पनि कन्सर्टमा उपस्थित थियो ।

‘जेन–जी आन्दोलनपश्चात् पहिले नै तोकिएका कन्सर्टहरूसमेत रद्द भइरहेको र नयाँ गर्ने आँटसमेत कसैले नदेखाइरहेको अवस्था थियो,’ मुलुकका प्रायः ठूला कन्सर्टहरूमा ध्वनि व्यवस्थापन हेर्दै आएका प्राविधिक शिविर शाक्य भन्छन्, ‘पोखरामा भएको यो विशाल कन्सर्ट आफैँमा मानक बनेको छ ।’

कन्सर्टको मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

पोखराको प्रस्तुति सकिएपछि अब नेपथ्य जापानको शृङ्खलाबद्ध यात्रामा निस्कँदै छ । ब्यान्ड दुई सातासम्म जापानमा रहनेछ । राजधानी टोकियो लगायतका तीन सहरमा कन्सर्ट गर्ने तयारी छ । पहिलो शो नागोयामा यसै बिहीबार (कात्तिक २७) हुँदै छ ।
जापानका दर्शकका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।

Previous Post

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

Next Post

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In