• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलमा आज दुईवटा खेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम, विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८२,
0
पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम, विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पोखरा-पोखरा आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार भव्य कन्सर्ट गरेको छ ।

१० हजारभन्दा बढी दर्शक अटाउने गरी पोखरा रङ्गशालाभित्र निर्धारण गरिएको क्षेत्र भरिभराउ थियो । नेपथ्यको गृहनगरमा भेला भएका दर्शक उत्सवकै माहोलमा सुरुदेखि अन्त्यसम्मै रमाएका थिए ।

कन्सर्ट हेर्न दर्शक पर–परदेखि आएको भए पनि अघिल्लो दिनै टिकट बिक्री भइसकेकाले निराश बनेर बाहिर सडकमा उत्तिकै देखिन्थे ।
‘छोरालाई लिएर पर्वतदेखि आइपुगेको थिएँ, टिकट सकिइसकेको रहेछ,’ राजन गुरुङ भनिरहेका थिए, ‘आयोजकले थप सय टिकट जारी गर्छौं भनेकाले पर्खेर बसेका छौं ।’ कुराकानीकै क्रममा राजनले आफूजस्तै टिकट पर्खेर बसेका लमजुङका दर्शक पनि देखाए ।

भित्र मैदानमा भने सदाझैँ घडी देखाएर तोकिएको समयमै बेलुकी ६ बजे कन्सर्ट सुरु भयो । ब्यान्डले पहिलो सौगात स्वरूप ‘हो रामा रामा’ गीत प्रस्तुत गर्यो ।

कन्सर्ट अवधिभर ब्यान्डका मुख्य गायक अमृत गुरुङले सहरसँग जोडिएका रैथाने अनुभव सुनाए । पोखरेली क्रिकेट टोली र समग्र खेलकुद क्षेत्रकै पक्षमा उनले प्रकट गरेका विचारलाई दर्शकले अत्यन्तै मन पराएको देखिन्थ्यो । गीत सङ्कलनको अनुभव, नेपाली भाषा र संस्कृतिको जगेर्ना अनि नेपालीपनको विशेषताबारे उनले व्यक्त गरेका धारणालाई पनि दर्शकले स्वागत गरेका थिए ।

‘आँगनैभरि’ देखि ‘छेक्यो छेक्यो’ जस्ता ब्यान्ड स्थापनाताकाका गीतदेखि लिएर ‘चरी मर्यो सिसैको गोलीले’, ‘जोमसोमे बजार’ जस्ता सदाबहार लोकप्रिय गीतहरू प्रस्तुत गरिएका थिए । श्रोताले अत्यधिक मन पराएका ‘रेशम’ र ‘तालको पानी’ अनि देशभक्तिपूर्ण ‘रातो र चन्द्रसुर्जे’, ‘गाउँगाउँबाट उठ’ सम्मका गीतमा पनि पोखरेली दर्शक रमाए ।

तन्नेरी पुस्ताले भरिएको कन्सर्ट मैदानमा अमृतले जेन–जी आन्दोलनपछिको समसामयिक राजनीतिक परिस्थितिलाई पनि सम्बोधन गर्न चाहे ।
‘परिवर्तनका लागि पृष्ठभूमि तयार भइसकेपछि अब संयमित भएर अगाडिको बाटो तय गर्न म सबैलाई अनुरोध गर्छु,’ उनले नयाँ पुस्तालाई भने, ‘मतदाता नामावालीमा नाम लेखाउनलाई नछुटाउन अनि आगामी चुनावमा अत्यधिक सहभागितासाथ मुलुकको भाग्यरेखा कोर्न म सबैलार्ई आग्रह गर्छु ।’

कन्सर्ट हेर्नकै लागि काठमाडौँदेखि आएका केही परिचित अनुहार पनि मैदानमा देखिन्थे । तिनैमध्ये एक थिए हास्य अभिनेता जितु नेपाल । उनले रङ्गशाला पुग्नुअगावै आफ्नो फेसबुकमा नेपथ्यकै लागि सपरिवार पोखरा आएको उल्लेख गरेका थिए । आफ्ना छोराछोरी र श्रीमतीको धेरै पहिलादेखिको चाहना पूरा हुन लागेकामा खुसी प्रकट गर्दै उनले लेखेका थिए –
‘आज पोखरामा नेपथ्यसँग नाच्ने हो, गाउने हो । आफ्नै नेपाली धुन लय र सङ्गीतको प्रत्यक्ष मज्जा लिने हो ।’
कन्सर्टमा अभिनेता नेपालको परिवारै सुरुदेखि अन्तिमसम्मै नाचिरहेको देखिन्थ्यो ।
‘बबाल रमाइलो भयो,’ उनले नाच्दानाच्दै प्रतिक्रिया दिए, ‘नेपथ्यलाई धन्यवाद ।’

कन्सर्ट हेर्नेहरूको जमातमा हास्य अभिनेता सन्दीप क्षेत्री पनि थिए । लेखक कुमार नगरकोटी पनि कन्सर्ट हेर्नकै निम्ति काठमाडौँबाट पोखरा पुगेका थिए ।
‘नेपथ्यको जीवनी पुस्तक भर्खरै पढेर सिध्याएपछि यो कन्सर्ट हेर्ने इच्छा लाग्यो,’ नगरकोटीले भने, ‘नेपथ्य ब्यान्डसँगको यो मेरो पहिलो अनुभव सोचेको भन्दा धेरै रमाइलो भयो ।’

माटोको रक्षा अनि उर्बराशक्ति बढाउने उद्देश्यका साथ विभिन्न मुलुकबाट नेपाल आइपुगेका र हाल पोखरामा रहेका कृषि विज्ञहरूको ठूलै समूह पनि कन्सर्टमा उपस्थित थियो ।

‘जेन–जी आन्दोलनपश्चात् पहिले नै तोकिएका कन्सर्टहरूसमेत रद्द भइरहेको र नयाँ गर्ने आँटसमेत कसैले नदेखाइरहेको अवस्था थियो,’ मुलुकका प्रायः ठूला कन्सर्टहरूमा ध्वनि व्यवस्थापन हेर्दै आएका प्राविधिक शिविर शाक्य भन्छन्, ‘पोखरामा भएको यो विशाल कन्सर्ट आफैँमा मानक बनेको छ ।’

कन्सर्टको मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

पोखराको प्रस्तुति सकिएपछि अब नेपथ्य जापानको शृङ्खलाबद्ध यात्रामा निस्कँदै छ । ब्यान्ड दुई सातासम्म जापानमा रहनेछ । राजधानी टोकियो लगायतका तीन सहरमा कन्सर्ट गर्ने तयारी छ । पहिलो शो नागोयामा यसै बिहीबार (कात्तिक २७) हुँदै छ ।
जापानका दर्शकका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।

अघिल्लो समाचार

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

अर्को समाचार

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन