• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

metakhabar by metakhabar
२२ कार्तिक २०८२,
0
नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज,  पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले  नेपालगञ्ज विमानस्थालमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले पोखरा, भैरहवा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण भएको बताउँदै यसले रोजगारी वृद्धिमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै महानिर्देशक अधिकारीले उडानका सन्दर्भमा नेपाल र भारतबीच छलफल जारी रहेको बताउनुभयो । “नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनबाट अन्तरराष्ट्रिय विमानको उडान गर्न पनि सहज हुनेछ”, उहाँले भन्नुभयो ।

धनी मुलुकबाट नेपाल आएका पर्यटकले यहाँको विमानस्थल हेरेर गरिब देशमा आएको अनभूत गरे विमान तथा उडानको अन्तरराष्ट्रिय व्यापार टिकाउ हुन नसक्ने उल्लेख गर्दै उहाँले समयको मागअनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण गरिएको बताउनुभयो ।

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाले म्याद सकिनुभन्दा करिब डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सो टर्मिनल भवनका लागि कुल लागत रु दुई अर्ब ९८ करोड रहेको छ । उहाँले भन्नुभयो, “काम एकदमै सन्तोषजनक छ, सबै काम गुणस्तरीय छन्, हाम्रा इन्जिनियरको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको छ ।”

शर्मा एण्ड कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक रमेश शर्माले करिब दुई महिनाअघि विमानस्थलको टर्मिनल भवनको निर्माण सकिएको उल्लेख गर्दै अन्तरराष्ट्रिय उडानसमेत गर्न मिल्नेगरी काम भएको बताउनुभयो । नेपालमा निर्माण व्यवसायीले समयमा काम गर्न सक्दैनन् भन्ने भाष्य बनेको छ, त्यसलाई चिर्न सकिएको उहाँको भनाइ छ ।

अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।

Previous Post

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

Next Post

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
Uncategorized

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१६ माघ २०८२,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
Uncategorized

ट्रम्पको कर चेतावनीले सियोल चिन्तित

१३ माघ २०८२,
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
Uncategorized

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

९ माघ २०८२,
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
Uncategorized

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

२७ पुस २०८२,
हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा
Uncategorized

हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा

२५ मंसिर २०८२,
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई
Uncategorized

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

९ मंसिर २०८२,
Load More
Next Post
पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In