• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा रु. ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु. ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट संकलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति भएको प्रजिअ नेपालले बताइन् ।

बाढी पहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई रु. छ अर्ब ९६ करोड ४५ लाखको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा रु. दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा रु. ८५ करोड र छवटा भवनमा रु. चार करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पाँच वटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु. दुई करोड ४७ लाख ३५ हजार ९५२ बराबरको क्षति भएको छ । त्यसै गरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको रु. १३ करोड ४६ लाख ६९ हजार, पाँच वटा पहिरो नियन्त्रण आयोजनाको रु. एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा रु. १७ करोड ७१ लाख ५९ हजार बराबरको क्षति भएको छ ।

त्यसै गरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रअन्तर्गत दुई हजार ५२० वटा पशुपन्छीमा रु. दुई करोड ३५ लाख ७६ हजार र दुई सय ४४ वटा गोठ र पोखरीमा रु. एक करोड ९७ लाख ५४ हजार बराबरको क्षति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा रु. २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापाअन्तर्गत २ सय २३ आयोजनामा रु. २८ करोड १ लाख बराबरको क्षति भएको प्रजिअ नेपालले जानकारी दिइन् ।

त्यस्तै, कृषि ज्ञान केन्द्रअन्तर्गत तीन हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदे बालीमा रु. २७ करोड ४९ लाख ९५ हजार ७५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा रु. चार करोड ७५ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु. पाँच लाख आठ हजार र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट रु. ३२ करोड ९० लाख १६ हजार बराबरको क्षति भएको छ ।

क्षतिको विवरण जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताइन्। “जिल्लाभित्रका विषयगत कार्यालयबाट सम्बन्धित पालिकाको समन्वय र सहजीकरणमा क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ”, प्रजिअ नेपालले भनिन्, “क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाएका छौँ ।”

बाढी पहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट जिल्लामा सात सय ११ घरपरिवार विस्थापित भएका छन् । यसमध्ये सात सय परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ । बाढी पहिरोबाट जिल्लाको १० स्थानीय तहमा तीन सय ६५ घर पूर्ण र नौ सय ४० घरमा आंशिक क्षति पुगेको थियो ।

Previous Post

दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

Next Post

भेडापालनमा भविष्य खोज्दै आस्मन

metakhabar

metakhabar

सम्बन्धित खबर

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
Load More
Next Post
भेडापालनमा भविष्य खोज्दै आस्मन

भेडापालनमा भविष्य खोज्दै आस्मन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In