• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१६ कात्तिक २०८२,
0
हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मनाङ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ ।

हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

उनले भने, “हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ ।” अहिले मौसम खुल्दै गएकाले पथपदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उनले बताए ।

“पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ”, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, “हिमपातपछि माथिल्लो क्षेत्रसँग सञ्चार हुन मुस्किल छ । जोखिमलाई मध्यनजर गरी पथपदर्शकबिना पदयात्रा रोक लगाइएको छ ।” मनाङका साथै मुस्ताङ र गोर्खाको प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरी पदयात्रालाई निरन्तरता दिन लागिएको उनले जानकारी दिए ।

पर्यटकीय दृष्टिले असोजदेखि मङ्सिर पहिलो सातासम्मलाई अनुकूल मानिन्छ । यतिबेला पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भारी हिमपातले रोकिएको पदयात्रालाई निरन्तरता दिन लागिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “तिलिचो आधार शिविरसम्म बाटो खोलिसकिएको छ । तिलिचो तालसम्म बाटो खुलाउने प्रयास गर्ने तयारी भएको छ । तलबाट पर्यटक माथिल्लो भेगतर्फ लागेका छन् । तर, हिउँ बाक्लो र बाटो पुरिएको छ । खुलाउने प्रयास जारी छ ।”

थोराङ्लातर्फ पर्यटक जानेक्रम पनि सुरु भएको उनले बताए । उनले भने, “इन्टरनेट तथा सञ्चारको पहुँच राम्रो छैन । माथिल्लो क्षेत्रसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिएको छैन । माथिबाट फर्किएका पर्यटक तथा पोर्टरसँग जानकारी लिँदा गइरहेका छन् भन्ने पाइएको छ, थोराङ्लातर्फ आज मात्रै करिब २०० विदेशी पर्यटक हिँडेका छन् ।” पथप्रदर्शक नभएका पर्यटकलाई पथप्रदर्शक भएका पर्यटकको समूहमा मिलेर यात्रा गर्न आग्रह गरिएको एक्याप प्रमुख भुजेलले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले विदेशबाट अन्नपूर्ण पदमार्गमा यात्रा गर्नकै लागि पर्यटक आउने भएकाले सहज बनाउने उद्देश्यले बाटो खुलाउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायीले संयुक्त रुपमा बाटो खुलाउन लागिपरेको बताए । उनले भने, “साहसिक यात्रामा आउने पर्यटकलाई सुरक्षित यात्राको जानकारी दिएर यात्रालाई निरन्तरता दिनुपर्छ । रोकिएका पर्यटकलाई सहज बाटो बनाउनुपर्छ भनेर तिलिचो तालको बाटो खुलाउन लागिएको हो ।”

जिल्ला प्रशासनले हिमपात रोकिए पनि हिमपहिरो आउनसक्ने जोखिम रहेको भन्दै एक सातासम्म पदयात्रामा नजान रोक लगाइएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन हिउँ पन्छाएर सहज बनेको छ । तर, माथिल्लो क्षेत्रमा हिउँ बाक्लो नै रहेको छ । जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्न सुझावसहित आजदेखि यात्रा खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चार हजार मिटर उचाइ अवस्थित तिलिचो आधार शिविर (बेसक्याम्प) बाट तिलिचो पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । विश्वकै अग्लो स्थान चार हजार ९१९ मिटर उचाइमा तिलिचो ताल अवस्थित छ । पर्यटकले मनाङगाउँबाट तीन दिनमा यात्रा पूरा गर्दछन् ।

त्यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित पाँच हजार ४१६ मिटर उचाइमा थोराङ्ला भञ्ज्याङ अवस्थित छ । मनाङ र मुस्ताङ सिमाना थोराङ्ला भञ्ज्याङ मनाङगाउँबाट तीन दिनको अवधि पार गर्दछन् । यस पदमार्ग हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर सवारीसाधनका माध्यमबाट पर्यटक पोखरा पुग्ने गर्दछन् ।

अघिल्लो समाचार

निर्वाचन आयोगबाट हर्क साम्पाङको पार्टीले पायो मान्यता

अर्को समाचार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन