• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी

metakhabar by metakhabar
१५ कार्तिक २०८२,
0
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यावसायिक भटमास खेती गर्न थालेको तीन वर्ष भयो ।

मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कट्ठा क्षेत्रफलमा सो खेती गरेका थिए । अन्य खेतीको तुलनामा भटमासबाट तीन गुणा बढी फाइदा हुनथालेपछि उनले भटमास खेती विस्तार गर्दै डेढ बिघा जग्गामा खेती गरेका छन् । “भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ ।” उनले भने, “अन्य बाली सस्तोमा बिक्री हुन्छ भटमास बिक्री गर्दा राम्रो मूल्य पाइन्छ ।”

उनले कम लगानीमा धेरै आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान भटमास खेतीमा लागेको बताए । “यहाँ भटमास खेती गर्नेको सङ्ख्या बढ्दै छन् धान गहुँमा लगानी बढी हुन्छ मूल्य पाइँदैन ।” उनले भने, “अहिले अधिकांश किसानले परिवारलाई खान पुग्नेगरि मात्रै धान गहुँ खेती गर्छन् बाँकी जग्गामा भटमास खेती गर्छाैँ ।”

दोधारा चाँदनीका किसान चार/पाँच वर्ष यता परम्परागत बाली लगाउन छोडेर भटमास खेतीमा लागेका छन् । मलखाद र सिँचाइको समस्या झेल्दै आएका यहाँ किसान थोरै परिश्रम र लगानीमा राम्रो आम्दानी हुने भएपछि भटमास खेतीमा आकर्षित भएका छन् । “धान र गहुँ खेतीमा किसानको मेहनत मात्रै हो फाइदा बिचौलियाले लिन्छन् ।” दोधारा चाँदनी–९ का जगत बुढाले भने, “हामीलाई मेहनतअनुसारको मूल्य नआउने भएपछि विकल्पको रूपमा भटमास खेतीमा लागेका हौँ ।” उनले भटमासमा किसानले रोजेको मूल्य पाइने बताए । उनले गत वर्ष ८५ रुपैयाँ प्रतिकिलो भटमास बिक्री गरेको बताए । “भटमास खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ ।” उनले भने, “एक बिघा जग्गामा भटमास खेती गरेको छु अर्को वर्षदेखि विस्तार गर्ने योजनामा छु ।”

उनले किसानले उत्पादन गर्ने भटमास कुखुराको दाना उत्पादनका लागि व्यापारी घरमै आएर लग्ने भएकाले बिक्रीका लागि समेत पनि समस्या नभएको बताए । परम्परागत धानगहुँ खेतीभन्दा भटमासमा कम लागतमा मुनाफा बढी हुने गरेको उनको भनाइ छ ।

दोधरा चाँदनीमा तीन हजार ६०० हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये एकसय हेक्टर क्षेत्रफलमा भटमास खेती हुँदै आएको दोधारा चाँदनी नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टले बताए । “यहाँको माटो भटमासका लागि उपयुक्त छ अन्य बालिभन्दा भटमास धेरै फल्छ ।” कृषि अधिकृत भट्टले भने, “पछिल्लो समय भटमास खेती गर्ने किसान बढ्दैछन् ।” उनका अनुसार गत वर्ष प्रदेश सरकारबाट भटमास खेती गर्ने किसानका लागि अनुदानसमेत आएको थियो । “प्रदेशले २५ हेक्टरका लागि मात्रै अनुदान दिएको थियो तर यहाँ किसान धेरै आएपछि हामीले ५८ हेक्टरमा अनुदान दियौँ ।” उनले भने, “पानी नजम्ने दोमट किसिमको माटो भएकाले यहाँ भटमास खेती फस्टाएको छ ।”

भटमास खेती गर्ने किसानको सङ्ख्या बढेपछि अर्को वर्षदेखि किसान लक्षित कार्यक्रम ल्याउने योजना पालिकाको छ ।

Previous Post

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In