• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेन–जेड आन्दोलनमा एमालेकै कार्यकर्ताको संलग्नतापछि अप्ठेरोमा केपी ओली

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ: अध्यक्ष ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लामो समयदेखि ‘जेन–जेड आन्दोलनमा विदेशी शक्तिको हात छ’ भन्दै आक्रमक हुँदै आएको नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै आरोपको जालोमा फसेका छन्। हाल सार्वजनिक भएका तथ्य र प्रमाणहरूले आन्दोलनलाई हिंसात्मक बनाउने, तोडफोड र आगजनीमा संलग्न हुने मुख्य भूमिका एमालेकै कार्यकर्ता र नेताहरूको रहेको प्रष्ट हुँदै गएको छ ।

गगन थापाको घर जलाउने एमाले नेता, भण्डारीको निवासमा समेत संलग्नता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा खुलासा गरेका छन् कि उनको घरमा आगजनी गर्ने समूहभित्र केपी शर्मा ओली निकट एक स्थानीय एमाले नेता पनि संलग्न थिए।
थापाले भने, ‘जसले हामीलाई विदेशी प्रभावमा परेका भनेर आरोप लगाएका थिए, वास्तवमा ती आफैं हाम्रो घर जलाउँदै थिए। यो ठूला ढोंगीपनको उदाहरण हो।’

त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा भएको आगजनी प्रयासमा समेत एमाले निकट युवा सङ्गठनका सदस्यहरू संलग्न रहेको खुलेको छ। सो घटनामा संलग्न आरोपमा एमाले युवा नेता पक्राउ परेका छन्।

प्रधानमन्त्री हुँदा ओलीले अशान्तिबाट नै राजनीतिक लाभ खोजे

राजनीतिक विश्लेषकहरूका अनुसार त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले देशमा भएको अशान्तिलाई शान्त पार्ने सट्टा राजनीतिक बदला लिन र युवामाथि दोष थोपर्ने अवसरका रूपमा प्रयोग गरे।
एक विश्लेषकका शब्दमा, ‘देश संकटमा हुँदा नेतृत्वकर्ताको रूपमा काम गर्नुपर्ने बेला ओलीले आन्दोलनलाई आफ्नो राजनीतिक हतियार बनाइदिए। उनले आगो निभाएनन्, बरु त्यसमा घ्यू हालिदिए।’

स्रोतहरूले जनाएका छन् कि एमालेको युवा सङ्गठन र स्थानीय तहका संरचनाहरूमार्फत आन्दोलनमा घुसपैठ गराई जानाजानी अराजकता फैलाउने र आन्दोलनलाई हिंसातर्फ धकेल्ने रणनीति तयार गरिएको थियो।

‘विदेशी हात’को आरोप उल्टो एमालेमाथि

लामो समयदेखि ‘जेन–जेड आन्दोलनमा विदेशी लगानी र प्रभाव’ रहेको भन्दै आएको एमाले अहिले आफैं मुछिएको छ। जब आफ्नै कार्यकर्ता आगजनीमा संलग्न देखिएका छन्, ओली किन मौन छन् भन्ने प्रश्न उठ्न थालेको छ।

एक राजनीतिक टिप्पणीकारका अनुसार, ‘अब प्रश्न विदेशीको होइन, एमालेकै आन्तरिक षड्यन्त्रको हो। के ओलीले युवाको आन्दोलनलाई कमजोर पार्न राज्यविरुद्ध नै योजना बनाएका थिए?’

एमालेमाथि जनताको आक्रोश

यी खुलासापछि एमाले नेतृत्व र ओलीमाथि व्यापक आलोचना भइरहेको छ। नागरिकहरू सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म भन्दछन् — ‘देशमा आगो हाल्ने विदेशी होइनन्, ओलीकै टोली हुन्।’

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पनि भनेका छन्, ‘मेरो घर जलाउने एमालेका कार्यकर्ता नै रहेछन्।’
त्यस्तै, गगन थापाले पुनः जोड दिँदै भनेका छन्, ‘मेरो घर ओलीका कार्यकर्ताले जलाएका हुन्।’

सबै दलको संलग्नता, दोष भने जेन–जेडमाथि

जनता अब प्रश्न गरिरहेका छन् — देशलाई साँच्चै कसले जलायोर?
राजनीतिक वृत्तमा भनिन्छ — कांग्रेसका कार्यकर्ताले एमालेको घर जलाए, एमालेका कार्यकर्ताले कांग्रेसको, माओवादीका कार्यकर्ताले दुबैको। सिंहदरबारमा त सबै पार्टीका ‘झोलेहरू’ मिलेर आगो लगाए, तर दोष भने जेन–जेडमाथि थोपरे।

पत्रकार राजीव खत्रीले लेखेका छन् —

‘कांग्रेसका कार्यकर्ताले एमालेको घर जलाए, एमालेका कार्यकर्ताले कांग्रेसको, माओवादीले दुबैको। तर दोष दिइयो जेन–जेडलाई।
देश जलाउनेहरू युवाहरू होइनन्, भ्रष्ट र सत्ता–लोभी नेताहरू हुन्, जसले जनताको पीडामा राजनीति गर्छन्।’

यी खुलासाले ‘जेन–जेड आन्दोलनमा विदेशी प्रभाव छ’ भन्ने प्रचारको वास्तविकता उजागर गरेको छ। वास्तविकता यो हो कि आन्दोलनमा अराजकता ल्याउने काम पुरानो राजनीतिक संरचनाले नै गरेको थियो।

जब युवाहरूले परिवर्तनको माग गरे, सत्तामा रहेका नेताहरूले तिनै युवालाई दोषी देखाएर आफ्नो असफलता ढाक्ने प्रयास गरे।
अब जनताको प्रश्न छ —
के सरकार प्रमाणका आधारमा दोषीहरूलाई कारबाही गर्नेछ?
कि फेरि पनि सत्य राजनीतिक सुविधा र प्रतिशोधको चक्करमा गुम्नेछ?

Previous Post

विश्व झन्‌झन् तातो हुँदै, मनुष्यको मस्तिष्कमा पर्दैछ प्रत्यक्ष प्रभाव

Next Post

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In