• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मौन पीडामा मानसिक समस्या बढ्दै

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
मौन पीडामा मानसिक समस्या बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो। प्रदर्शनले गहिरो असर छाडेको छ। चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो।

विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसैं पर्वभन्दा पनि एक प्रकारको दबाबको अवस्था रहेको बताउँछिन्। उनी भन्छिन्, ‘आम्दानी उस्तै छ, खर्च भने दिनप्रतिदिन बढ्दै छ। दसैं गयो, बच्चा र परिवारका लागि पनि दसैं त मान्नैपर्छ भन्ने सोचले निद्रा नै हरायो, बालबच्चाको वर्ष दिनमा आएको पर्वको खुसी पनि त हराउन दिनुभएन।‘

अभिभावक परिवारको खुसी र समाजको चलनका नाममा अदृश्य मानसिक तनाव र दबाबमा चाडपर्व मनाइरहेका हुन्छन्। कमजोर अर्थतन्त्र, अस्थिर रोजगारी र बढ्दो महँगीले मानिसमा आर्थिक चिन्ता र भविष्यप्रतिको अनिश्चितता मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको चिकित्सक बताउँछन्। दसैं नसकिँदैको अविरल वर्षा र बाढीपहिरोले पीडामाथि पीडा थपेको छ। हजारौँ मानिस विस्थापित भएका छन्, सयौं परिवारले घर, अन्न र सम्पत्ति गुमाएका छन्।

विराटनगर–दरैयाकी मधु लिम्बूको परिवारलाई यस वर्ष पनि प्राकृतिक विपत्तिले छोडेन। हरेक वर्षजस्तै यस वर्ष पनि उनको घरभित्र बाढी पस्यो। दसैंका समयमा आएको विपद्ले पर्वको महसुस गर्न नपाएको अनुभव सुनाउँछिन्।

उनी भन्छिन्, ‘घरमा पानी पसेर केही पनि बाँकी रहेन। दसैंको खुसी त परै जाओस्, अहिले त के खाने भन्ने चिन्ता छ। अहिले पनि बादल लाग्दा राति पानी पर्छ कि भन्ने डरले निद्रा नै लाग्दैन, एक प्रकारको डर मनमा भइरहेको हुन्छ के गर्ने ?‘

पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक तथा मानसिक रोग विभागीय प्रमुख डा. प्रभात चालिसे यस्तो अवस्थालाई ‘भय मनोविज्ञान’ भएको बताउँछन्। उनका अनुसार यसले मानिसलाई लामो समयसम्म अशान्त राख्छ।

‘कतिपय अवस्थामा त विपत्तिपछि बच्नेमा ‘सर्भाइभर गिल्ट’ पनि हुन्छ। आफू बाँचेर प्रियजन गुमाएको पीडावोध। यसलाई समयमै सम्बोधन नगरे आत्माहत्या वा गहिरो निरासासम्म पुर्याउन सक्छ,’ उनले भने।

उपप्राध्यापक डा चालिसे भन्छन्, ‘मानसिक समस्या अझैसम्म पनि मौन पीडाका रूपमै रहेको छ, यस्तो समस्या भोग्ने होइन, खुलेर कुरा गर्ने हो। मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यकै अंशका रूपमा लिनसक्ने वातावरण बनाउनुपर्छ। मानसिक समस्या कुनै कमजोरी होइन। जस्तै शारीरिक रोग हुन्छ, त्यस्तै मानसिक रोग पनि उपचारयोग्य हुन्छ। तर, समस्या चिनेपछि ढिला नगरी विशेषज्ञकहाँ पुग्नु जरुरी हुन्छ।‘

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० प्रतिशत जनसङ्ख्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। तर, अझै धेरै मानिस डर, लाज र ‘के भन्लान्’ भन्ने सोचका कारण उपचार खोज्न मनोपरामर्शदाताकहाँ पुग्न हिच्किचाउने गर्दछन्।

मानसिक समस्या बढ्दो

कोशी अस्पतालको मानसिक रोग विभागमा सेवा लिन आउनुभएका दुहवी, सुनसरीका २८ वर्षीय युवराज शर्माले परामर्श तथा उपचारका लागि आएको बताए। उनलाई हरेक समय एक अनौठो बोझजस्तो महसुस हुने तर के कारण हो आफूलाई थाहै नहुने समस्या थियो।

उनले भने, ‘म महिनौँदेखि तनावमा थिएँ तर के को तनाव हो आफैँलाई थाहा नहुने, काममा मन लाग्दैनथ्यो, तर कसैलाई भन्न डर लाग्थ्यो, पागल पो हुनलाग्यो भन्छन् कि भन्ने डर। समस्या बढ्दै गएपछि नजिकको साथीलाई सुनाएँ, उनले यहाँ चिकित्सक देखाउन सहयोग गरे त्यसैले यहाँ आएको हुँ।‘

कोशी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सचिन नेपालीका अनुसार पछिल्ला समयमा मानसिक रोग विभागमा दैनिक ४०/५० जना मानसिक परामर्शका बिरामी आउने गरेको छन्। उनी भन्छन्, ‘हालै देशमा जेनजी प्रदर्शन, राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिले मानिसमा तनाव सृजना गरेको छ। यसले विशेषगरी युवामा ‘एडजस्टमेन्ट डिसअर्डर’ र ‘एन्जाइटी’का लक्षण देखिएका छन्।‘

उनका अनुसार बेरोजगारी, ऋणको बोझ र विदेश जाने तयारी रोकिएका युवामा आफूलाई नयाँ परिस्थितिमा मिलाउन नसक्ने समस्या ‘एडजस्टमेन्ट डिसअर्डर’ बढ्दो छ। यो एक प्रकारको मानसिक समस्या हो, जुन समस्या तनावको कारणले हुने समस्या भनेर बुझ्नुपर्छ। व्यक्तिमा अधिक चिन्ता, निरासाका समस्या छ र दैनिक कामकाज गर्न असहज भइरहेको छभने मनोपरामर्शदाताको सहयोग लिनुपर्छ।

‘एडजस्टमेन्ट डिसअर्डर’ निको हुन यत्ति नै समय लाग्छ भनेर ठ्याक्कै भन्न नसकिने चिकित्सक बताउँछन्। यस्ता लक्षण भएका व्यक्तिलाई ठिक हुन व्यक्तिको सोच्ने तरिका, समयअनुसार परिवर्तन हुनसक्ने क्षमता, व्यक्तिले तनावसँग सामना गर्ने क्षमतामा भर पर्छ। यो समस्या भएका व्यक्तिलाई उचित ध्यान नदिए गम्भीर समस्या निम्त्याउन सक्छ। यस्तो समस्या भएका मानिसलाई घरपरिवारको भावनात्मक सहयोगको निकै खाँचो हुन्छ।

‘एडजस्टमेन्ट डिसअर्डर’जस्तै ‘एन्जाइटी’ अहिले धेरै मानिसमा देखिएको अर्को समस्या भएको चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार सामान्यतया बिनाकारण डराउने, आत्तिने, मुटु ढुकढुक हुने, काप्ने, श्वास फेर्न गाह्रो हुने, छिनछिनमै पिसाब लाग्ने समस्या ‘एन्जाइटी’को हो।

सुत्न गाह्रो हुने समस्या देखिएमा ‘एन्जाइटी डिसअर्डर’ भएको बुझ्नुपर्छ। शारीरिक स्वास्थ्यमा असर पुग्ने, काममा असर हुनेजस्ता लक्षण ‘एन्जाइटी’मा देखिने लक्षण हुन्। मानसिक रोग विशेषज्ञ डा नेपाली पछिल्ला घटनाले मानिसको दैनिकीमा असुरक्षा र भय बढाएकाले अस्पतालमा आएका धेरै बिरामी राति निद्रा नलाग्ने, मन आत्तिने, डर लाग्ने र खानामा रुचि नहुने समस्या लिएर आउने गरेको बताउँछन्।

उनका अनुसार सो विभागमा हाल २० देखि ३० वर्ष उमेर समूहका बिरामी बढी देखिन्छन्। त्यसमध्ये महिलाको सङ्ख्या उल्लेखनीय रूपमा बढी छ। उनीहरू घर र बाहिर दुवै जिम्मेवारीको दबाबमा छन्, साथै ‘हर्मोनल’ असन्तुलनले पनि मानसिक अवस्था प्रभाव पार्ने भएकाले पनि महिलामा धेरै देखिएको हुनसक्ने उनी बताउँछन्।

मानसिक स्वास्थ्यका चुनौतीमा महिलाको अवस्था अझ जटिल देखिएको छ। डा नेपाली भन्छन्, ‘महिलामाथि घरभित्रका जिम्मेवारी र आर्थिक निर्णयको दबाब दुवै पर्छ। साथै सामाजिक अपेक्षा र हर्मोनल परिवर्तनले पनि उनीहरूको मानसिक सन्तुलनमा असर पार्छ।’

अझै मौन पीडामा मानसिक समस्या

पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा प्रभात चालिसे मानसिक रोगबारे अझै समाजमा मौन विषय भएका कारण धेरै मानिस चिन्ता, अनिद्रा वा निरासामा भए पनि परिवार वा समाजलाई भन्न डराउने भएकाले समस्या झन् जटिल बन्न पुगेको बताउँछन्।

‘धेरैजसो मानिस मानसिक रोग विशेषज्ञकहाँ जान डराउँछन्, किनभने उनीहरूलाई औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने भ्रम छ‘, उनी भन्छन्, ‘मानसिक समस्या हुँदैमा औषधि सेवन गर्नैपर्छ भन्ने होइन। धेरैजसो समस्या परामर्श र व्यवहार परिवर्तनबाटै निको हुन्छ।‘

उनका अनुसार सामान्यतया छदेखि नौ महिनासम्म औषधि सेवन गर्दा समस्या नियन्त्रणमा आउँछ। औषधि छाड्न सकिन्छ। तर तनावले शरीर, सम्बन्ध वा काममा असर गर्न थालेको छभने चिकित्सकलाई भेट्न ढिला गर्न नहुने उनको भनाइ छ।

यसरी समाधान गर्न मानसिक समस्या

चिकित्सक मानसिक सन्तुलनका लागि ‘डिसिप्लिन लाइफ’ अत्यावश्यक रहेको औँल्याउँछन्। उनीहरूका अनुसार समयमै सुत्ने–उठ्ने, बेलुका कम खाने, नियमित व्यायाम गर्ने र प्रशस्त पानी पिउने बानीले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ।

त्यस्तै, आफ्ना मनका कुरा विश्वासिलो व्यक्ति, श्रीमान्, श्रीमती वा साथीसँग खुलेर आदानप्रदान गर्ने, ‘भेन्टिलेसन’ गर्ने अभ्यास गर्न सकिए पनि तनाव घटाउन सकिन्छ।

अस्थिर राजनीति, प्राकृतिक विपत्ति र आर्थिक अनिश्चितताबीच मानसिक सन्तुलन कायम राख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। चिकित्सकको भनाइमा समयमै परामर्श र सहयोग लिएर मानसिक स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ। तनाव र चिन्ता सामान्य मानवीय प्रतिक्रिया हुन्। तर त्यसलाई भित्रै दबाएर राख्नु भने असामान्य हो। तनावका विषयमा खुलेर कुरा गर्ने, सुन्ने र सहयोग खोज्ने बानीले मानसिक स्वास्थ्य सुरक्षित राख्न सकिन्छ।

Previous Post

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

Next Post

बगहीमा नेपाल-भारतको साझा छठघाट

metakhabar

metakhabar

सम्बन्धित खबर

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
Load More
Next Post
बगहीमा नेपाल-भारतको साझा छठघाट

बगहीमा नेपाल-भारतको साझा छठघाट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In