• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्व झन्‌झन् तातो हुँदै, मनुष्यको मस्तिष्कमा पर्दैछ प्रत्यक्ष प्रभाव

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
विश्व झन्‌झन् तातो हुँदै, मनुष्यको मस्तिष्कमा पर्दैछ प्रत्यक्ष प्रभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनले मानिसको मस्तिष्कमा प्रभाव पर्दै गएको छ । वैज्ञानिक अनुसन्धानले विश्वमा जतिजति तातो बढ्दै छ त्यसको प्रभाव मानिसको मस्तिष्कमा परिरहेको देखाएकोछ ।

बेलायतको युनिभर्सिटी कलेज लन्डनले गरेको अध्ययनमा ड्राभेट सिन्ड्रोम कैयौँ स्नायु सम्बन्धी रोगमध्ये एक हो जुन उच्च तापक्रमका बेला झन् बढ्ने गरेको देखिएको छ । छारे रोग विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तनले मस्तिष्कलाई निकै असर गर्छ र शरीरले गर्मीलाई कसरी झेल्छ भन्ने बारेमा हाम्रो मस्तिष्कमा कति धेरै प्रक्रिया हुने गर्छ त्यसमा निर्भर रहन्छ ।

तापक्रम र आर्द्रता बढ्दा कैयौँ स्नायुसम्बन्धी अवस्थाहरू जस्तो कि छारे रोग, मस्तिष्काघात, इन्सेफलाइटिस, स्क्लेरोसिस र माइग्रेनको समस्या बढ्छ। जलवायुका कारण हाम्रो मस्तिष्कमा भइरहेको परिवर्तन अहिले नै बाहिर देखिन थालिसकिएको छ ।

उदाहरणका लागि सन् २००३ को युरोपमा भएको उष्ण लहरका बेला भएका थप ७ प्रतिशत मृत्यु प्रत्यक्ष रूपमा स्नायुसम्बन्धी समस्याका कारण भएको थियो। त्यस्तै खालको तथ्याङ्क सन् २०२२ को बेलायतको उष्ण लहरका बेला पनि देखिएको थियो।

तापक्रमले हाम्रो मस्तिष्कको कार्य प्रणालीलाई पनि परिवर्तन गरिदिन सक्छ जसले हामीलाई थप हिंसक, चिढिएको वा उदास बनाइदिन सक्छ।

जलवायु परिवर्तनका कारण विश्व झन् झन् तातो बन्दै जाँदा हाम्रो मस्तिष्कलाई कस्तो असर पर्ला भन्ने हामी अपेक्षा गर्न सक्छौँ ? मानव मस्तिष्कको तापक्रम बाँकी शरीरको तापक्रमभन्दा औसतमा १ डिग्रीभन्दा विरलै बढी हुन्छ।

हाम्रो शरीरको सबभन्दा धेरै ऊर्जा चाहिनेमध्ये एक अङ्ग मस्तिष्कले हामीले सोचेका बेला, सम्झन खोजेका बेला र आफ्नो वरिपरि भएका कुराहरूप्रति प्रतिक्रिया जनाउन खोज्दा उसले आफै पनि ताप उत्पन्न गरिरहेको हुन्छ। यसको अर्थ हाम्रो शरीरले मस्तिष्कको तापक्रम चिसो राखिराख्न कडा मेहनत गर्नुपरिरहेको हुन्छ।

धमनीहरूको सञ्जालले मस्तिष्कमा उत्पन्न हुने सामान्यभन्दा बढ्ता तापक्रमलाई फ्याँक्न सहयोग गरिरहेका हुन्छन्। हाम्रो मस्तिष्कका कोषहरू तापप्रति अत्यधिक संवेदनशील हुने भएकाले त्यो आवश्यक छ। र उनीहरूबीच सन्देश यता उता गर्ने केही अणुको काम पनि तापमानमा निर्भर रहने मानिन्छ।

यदि हाम्रो मस्तिष्क असाध्यै तातो वा चिसो भयो भने त्यसले प्रभावकारी रूपमा काम गर्न सक्दैन। अत्यधिक गर्मीले जो सुकैको मस्तिष्कको सोच्ने तरिकामा परिवर्तन गरिदिन्छ। त्यसले मानिसहरूको निर्णय गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्न सक्छ जसले गर्दा त्यस्तो बेला मानिसहरू ज्यादा जोखिमयुक्त निर्णय गर्न सक्छन्। स्नायुसम्बन्धी समस्या भएकाहरू धेरैजसो प्रभावित हुन सक्छन्। उदाहरणका लागि कुनै कुनै रोगमा पसिना आउन रोकिन सक्छ।

वैज्ञानिकहरुका अनुसार तापमान नियमन मस्तिष्कको एक क्रियाकलाप हो र यदि मस्तिष्कको कुनै भागले राम्ररी काम गरेको छैन भने त्यसले तापमान नियन्त्रणको काम प्रभावित पार्न सक्छ ।

उदाहरणका लागि, मल्टिपल स्क्लेरोसिसका कुनै प्रकारमा, शरीरको मुख्य तापमान परिवर्तन भएको पाइन्छ। त्यसबाहेक स्क्टिजोफ्रेनिया जस्तो स्नायुसम्बन्धी र मानसिक स्थितिको उपचारमा प्रयोग हुने केही औषधीले तापमान नियन्त्रणमा प्रभाव पार्छन् जसका कारण यिनको उपचारमा रहेका मानिसलाई हीटस्ट्रोक हुने जोखिम बढ्न सक्छ वा अत्यधिक तापक्रमप्रति उनीहरू संवेदनशील हुन पुग्छन् र गर्मीसँग सम्बन्धित मृत्युको जोखिम बढ्न पुग्छ।

उष्णलहर र खासगरी रातिमा बढेको तापक्रमले मानिसहरूको सुताइलाई प्रभावित पार्न सक्छ जसले गर्दा हाम्रो मूड र केही अवस्थाका लक्षणलाई थप नराम्रो अवस्थामा पुर्‍यादिनसक्छ। छारे रोग भएका मानिसमा कमजोर निन्द्राले मान्छे बेहोस हुने खतरा बढाइदिन्छ ।

उष्ण लहरका बेला स्मरण शक्ति ह्रास हुने समस्या भएका मानिसमा पनि अस्पताल भर्ना र मृत्युदर बढ्ने प्रमाणहरूले देखाउँछन्।

यसको एक कारण उमेर पनि हुन सक्छ । वृद्ध मानिसहरू आफ्नो शरीरको तापक्रम नियन्त्रित गर्न कम सक्षम हुने गर्छन् र उनीहरूको संज्ञानात्मक परिवर्तनले पनि उच्च तापक्रममा अनुकूलित हुन मुस्किल हुन्छ। उनीहरू पानी कम पिउन सक्छन् र उदाहरणका लागि झ्यालहरू बन्द गर्न र उच्च तापक्रम भएका जान नहुने ठाउँमा जान सक्छन्।

मस्तिष्कघातका घटना र मृत्युदरमा बढोत्तरीलाई पनि बढ्दो तापक्रमसँग जोडेर हेर्ने गरिएको छ। एक अध्ययनमा २५ मुलुकको मृत्युदर विश्लेषण गरिएको छ त्यसमध्ये इस्केमिक मस्तिष्काघातले हुने १,००० मृत्युमध्ये असाध्यै गर्मी दिनमा थप २ मृत्यु हुने गर्छ भनिएको छ।

बेलायतको ससेक्स युनिभर्सिटी हस्पिटलमा बुढ्यौली विज्ञ बेथन डेभिस भन्छिन्, ‘यो त्यति ठूलो सङ्ख्या होइन जस्तो लाग्छ तर संसारभरमा मस्तिष्काघातका कारण हुने ७० लाख मृत्युमध्ये बढेको तापले गर्दा हरेक वर्ष थप १० हजार मानिसको मृत्यु हुने गर्छ।’ उनी र रिपोर्टका सह लेखकले आगामी दिनमा जलवायु परिवर्तनका कारण थप मानिसको त्यसरी मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

गर्मीसँग सम्बन्धित मस्तिष्काघातको एक ठूलो हिस्सा मध्य तथा न्यून आय भएका मुलुकहरूमा हुने छ जसले अहिले नै जलवायु परिवर्तनको मारमा परेका छन् र मस्तिष्काघातको समस्या हुने गरेका मुलुकमा पर्दछन्।

डेभिस भन्छिन्, ‘बढ्दो तापक्रमले देशहरूबीच र सामाजिक समूहबीच विद्यमान स्वास्थ्य असमानता अझ बढाइदिनेछ। विभिन्न प्रमाणहरूले देखाएका छन् कि वृद्ध तथा सामाजिक आर्थिक अवस्था न्यून भएका मानिसहरू तापमान सम्बन्धित मृत्युको बढी खतरामा पर्छन्।’

तातो विश्वले सबभन्दा साना व्यक्तिहरूको स्नायु विकासमा पनि क्षति पुर्‍याइरहेको छ। ‘समय अगावै जन्मिने जस्ता गर्भवती बेलामा हुने समस्या र अत्यधिक तापक्रमबीच सम्बन्ध छ,’ इम्पिरिअल कलेज लन्डनमा ग्लोबल विमिन्स हेल्थकी प्रोफेसर जेन हर्स्ट भन्छिन्।

एउटा त्यस्तै वैज्ञानिक अनुसन्धान विश्लेषणले देखाए अनुसार उष्ण लहरका कारण समय नपुगी जन्मनेको सङ्ख्या २६ प्रतिशत छ जसले स्नायु विकासमा ढिला हुने तथा संज्ञानात्मक हानी हुन सक्छ।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मीले मस्तिष्कमाथि अतिरिक्त दबाव पार्न सक्छ जसले गर्दा हुने क्षतिले न्यूरोडिजेनेरेटिभ (स्नायु कमजोर हुँदै जाने) रोग हुन सक्छ। तापले मस्तिष्क रक्षा गर्ने प्रक्रियालाई पनि प्रभावित गर्छ जसले गर्दा विषाक्त पदार्थ, ब्याक्टेरिया र भाइरस मस्तिष्कमा प्रवेश गर्ने जोखिम बढ्छ।

तापक्रम बढ्दै जाँदा यो अझ महत्त्वपूर्ण हुने छ किनभने बढेको तापक्रममा लामखुट्टेको सङ्ख्या विस्तार हुनेछ जसको टोकाइबाट जिका, चिकुनगुन्या र डेङ्गीजस्ता स्नायु सम्बन्धित रोग पनि बढ्न जान्छ।

उष्ण लहरले कैयौँ कारकहरूलाई प्रभावित गर्न सक्छन् जस्तो कि स्नायु कोशिकामा विद्युतीय उत्तेजनादेखि लिएर आत्महत्याको जोखिम वा जलवायुसम्बन्धी चिन्ता र स्नायुसम्बन्धी स्थितिमा औषधी खाइरहनु पर्नेसम्म।

बढ्दो तापक्रमले हाम्रो मस्तिष्कलाई कसरी प्रभाव पारिरहेको छ भन्ने वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। तापले मानिसलाई धेरै तरिकाले प्रभाव पर्छ। आणुवांशिक परिवर्तनले प्रोटीनको संरचना प्रभावित गर्न सक्छ जसले गर्दा केही व्यक्ति जलवायु परिवर्तनबाट तुलनात्मक रूपमा धेरै प्रभावित हुन सक्छन्।

‘त्यहाँ लुकेर बसेका समस्या पनि हुन सक्छ्न र ती वातावरणीय दबाव बढ्दै जाँदा प्रष्ट हुँदै जाने छन्,’ उनी भन्छन्, ‘स्नायुसम्बन्धी समस्या भएका मानिसमा अहिले देखिएका समस्या जलवायु परिवर्तन अगाडि बढ्दै जाँदा अहिले स्नायुसमस्या नदेखिएका मानिसमा पनि सान्दर्भिक हुन जान सक्छ।’

जबाफ खोज्न बाँकी अन्य प्रश्नहरू पनि छन्। उदाहरणका लागि अधिक तापमानले कि लुको समय वा रातिको तापक्रममा सबभन्दा ज्यादा असर पार्छ रु यो हरेक व्यक्ति तथा स्नायुसम्बन्धी स्थिति हरेक व्यक्तिका लागि फरक फरक हुन सक्छ।

को खतरामा परेका छन् भन्ने पत्ता लगाउनु र सबभन्दा कमजोर वर्गमा पर्नेलाई बचाउन रणनीति बनाउनु महत्त्वपूर्ण भएको छ।

यसमा पूर्व सूचना प्रणाली वा अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि क्षतिपूर्ति या बिमा उपलब्ध गराउनु हुन सक्छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई २०२३ लाई अहिलेसम्मको सबभन्दा गर्मी महिना घोषणा गर्दै भनेका थिए, ‘ग्लोबल वार्मिंङको युग समाप्त भएको छ अहिले ग्लोबल बोइलिङ अर्थात् उम्लिने युग आएको छ । जलवायु परिवर्तन आइसकेको छ र यो बढ्दै गइरहेको छ। तातेको मस्तिष्कको युग बल्ल सुरु हुँदै छ।’

Previous Post

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

Next Post

जेन–जेड आन्दोलनमा एमालेकै कार्यकर्ताको संलग्नतापछि अप्ठेरोमा केपी ओली

metakhabar

metakhabar

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ: अध्यक्ष ओली

जेन–जेड आन्दोलनमा एमालेकै कार्यकर्ताको संलग्नतापछि अप्ठेरोमा केपी ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In