• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानकी पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी रूढीवादी नेत्री साने ताकाइची

metakhabar by metakhabar
५ कार्तिक २०८२,
0
जापानकी पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी रूढीवादी नेत्री साने ताकाइची
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।

६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुनुहुन्छ । उहाँ पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उहाँकै रूढीवादी दृष्टिकोणकी दृढ समर्थक रहनुभएको छ । साथै, उहाँले पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणाका रूपमा सम्मान गर्दै आउनुभएको छ ।

चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित रूपमा दर्शन गर्न जानुहुने ताकाइचीलाई ‘चिनियाँ बाज’ भनेर पनि चिनिन्छ । यो मन्दिर जापानको द्वितीय विश्वयुद्धकालीन आक्रमणको प्रतीक मानिँदै आएको छ ।

जापान अझै लैङ्गिक समानताका सूचकाङ्कमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गर्नुभएको थिएन । तर, पार्टीको अध्यक्षमा निर्वाचित भएपछि उहाँले भन्नुभयो, “अब एलडिपीको पहिलो महिला अध्यक्ष भएपछि यसको रूपरेखा केही परिवर्तन हुनेछ ।”

सन् १९९३ मा आफ्नै गृहनगर नारा प्रान्तबाट संसद्मा निर्वाचित हुनुभएकी ताकाइचीले त्यसयता आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयका जिम्मेवारी बहन गर्नुभएको छ । यद्यपि, उहाँको कूटनीतिक अनुभव सीमित रहेको बताइन्छ ।

उहाँले बलियो सैन्य क्षमता, विकासका लागि वित्तीय खर्च विस्तार, आणविक संलयन प्रवर्द्धन, साइबर सुरक्षा सुदृढीकरण र आप्रवासन नीतिमा कडाइको पक्षमा आवाज उठाउँदै आउनुभएको छ ।

ताकाइची एक अत्यन्तै परिश्रमी नेत्रीका रूपमा परिचित हुनुहुन्छ । विद्यार्थी जीवनमा उहाँ हेभी मेटल ब्यान्डकी ड्रमर र मोटरसाइकल प्रेमी रहनुभएको थियो । उहाँले आफूलाई ‘वर्कहोलिक’ भनेर परिभाषित गर्दै भन्नुहुन्छ, “म ‘कार्य–जीवन सन्तुलन’ भन्ने शब्द त्याग्छु—म काम गर्छु, काम गर्छु, काम गर्छु र फेरि काम गर्छु ।”

तर, पुरुषप्रधान एलडिपीमा महिला सांसदहरूको सहभागिता सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । जापानको तल्लो सदनमा महिलाको प्रतिनिधित्व मात्र १५ प्रतिशत छ, जबकि देशका ४७ प्रान्तीय गभर्नरमध्ये दुई जना मात्र महिला छन् ।

ताकाइचीले विगतमा लैङ्गिक समानताबारे खुला रूपमा बोल्न हिचकिचाउने गरेको पाइन्छ । यद्यपि, प्रधानमन्त्री बनेपछि उहाँले महिलाको सशक्त सहभागिता सुनिश्चित गर्ने वाचा गर्नुभएको छ । तर सोमबार घोषणा गरिएको मन्त्रिपरिषद्मा दुई जना मात्र महिला मन्त्री र तीन विशेष सहयोगीमध्ये एक महिला नियुक्त गरिएको छ । उहाँ शाही परिवारको पुरुष–मात्र उत्तराधिकारको पक्षमा हुनुहुन्छ र समलिङ्गी विवाह तथा दम्पतीहरूले फरक उपनाम राख्न पाउने कानूनी संशोधनको विरोध गर्नुहुन्छ ।

राजनीतिक विश्लेषक चियाको सातोका अनुसार ताकाइचीका नीतिहरू अत्यन्तै रूढीवादी छन् र विविधतालाई स्वीकार गर्ने दृष्टिकोण अपनाउनेमा शङ्का छ ।

ताकाइचीले महिलाको स्वास्थ्य, विशेष गरी प्रजनन उपचार र रजोनिवृत्ति सम्बन्धी चुनौतीबारे खुलेर बोल्दै विद्यालय तथा कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँको कडा दक्षिणपन्थी दृष्टिकोणले जापानी सरकारलाई दायाँतिर मोड्न सक्ने विश्लेषकहरूको आकलन छ । बौद्ध समर्थित मध्यमपन्थी कोमेइटो पार्टीले उहाँका विचारहरूको विरोध गर्दै गठबन्धन तोडेपछि ताकाइचीको पार्टीले दक्षिणपन्थी जापान इनोभेसन पार्टीसँग सहकार्य गरेको छ ।

इतिहास र सुरक्षासम्बन्धी उहाँको दृष्टिकोण विवादास्पद रहँदै आएको छ । उहाँले जापानको युद्धकालीन आक्रमण र अत्याचार स्वीकार गर्न अस्वीकार गर्नुभएको छ । साथै द्वितीय विश्वयुद्धमा यौन दासत्वमा परेका कोरियाली महिलाबारेको सन्दर्भ विद्यालयका पाठ्यपुस्तकबाट हटाउने अभियानमा समेत संलग्न रहनुभएको थियो ।

यसले चीन र दक्षिण कोरियासँगको सम्बन्धलाई जटिल बनाउन सक्ने विश्लेषकहरूको भनाइ छ । गत हप्ता तनाव कम गर्न ताकाइचीले व्यक्तिगत रूपमा मन्दिरमा नगई यासुकुनीको शरद पर्वका लागि धार्मिक प्रतीक पठाउनुभएको थियो । उहाँले चीनसँग स्थिर सम्बन्ध कायम राख्ने र दक्षिण कोरियासँग सुरक्षा साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Previous Post

तिहारको पूजा आराधना गरिँदै, म्हः (आत्म) पूजा

Next Post

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In