• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

metakhabar by metakhabar
२ कार्तिक २०८२,
0
च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो । साथै छायाङकनमा समेत सहभागी हुनुभयो ।

कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उहाँले नजिकबाट नियाल्ने अवसर प्राप्त गर्नुयो । फलत : निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा चलचित्र निर्माण गर्ने निर्णय गर्दै निर्देशन गर्ने हिम्मत पनि गर्नुभयो । त्यसैको परिणामतः उहाँको पहिलो निर्देशकीय चलचित्र ‘जारी’ व्यावसायिक रुपमा सफल भयो ।

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ”, निर्देशक सुब्बाले भन्नुभयो ।

दोस्रो चलचित्र ‘मनसरा’ निर्देशन गर्नुभएका उहाँले तेस्रो चलचित्र ‘जारी २’ निर्देशन गर्नुभएको छ । ‘जारी’ कै शृङ्खलालाई निरन्तरता दिनुभएका निर्देशक सुब्बाले यसपटक जारीसँगै च्याब्रुङको कथालाई जोड्नुभएको छ । त्यसो त उहाँले ‘जारी’ को शृङ्खलालाई अगाडि नबढाउने घोषणा गर्नुभएको थियो । तर, सोही समुदायको कथा समेटिएपछि आफ्नै अडान छाड्नुभयो ।
“मैले ‘जारी’ लाई शृङ्खलाबद्ध रुपमा अगाडि नबढाउन चाहेको हो, तर च्याब्रुङको गीतको कथा आएपछि निरन्तरता दिएँ । साथीहरूसँग सल्लाह माग्दा पनि दोस्रो भाग बनाउँदा हुन्छ भन्ने सल्लाह पाएँ । म आफ्नै अडानबाट पछि हटेँ”, उहाँले भन्नुभयो ।

आगामी कात्तिक २१ गते प्रदर्शन हुने चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ मा समय बदलिए पनि उही समाज र संस्कृति छ । उही पात्र छन् तर ‘जारी’ मा देखाइएको समय भन्दा सात वर्ष बितिसकेको छ । यसका साथै पहिलो भागमा देखिएका कलाकार मध्येका एक विजय बराल दोस्रो भागसम्म आउँदा ‘पूर्णबहादुरको सारङ्गी’ का कारण आफ्नो लोकप्रियता बढाइसकेका छन् । तर, यस्ता कुराको दबाब निर्देशक सुब्बाले आफ्नो लेखनमा पर्न दिनुभएको छैन ।

“अभिनेता बरालसँग सहकार्य गरेको धेरै भईसक्यो, र उहाँ पनि सरल हुनुहुन्छ । त्यसकारण मैले उहाँको लोकप्रियतालाई पात्रमा हाबी हुन दिएको छैन । मैले यसपटक पनि राम्रो र सरल चलचित्र बनाउने कोसिस गरेको छु, पहिलो भागको व्यावसायिक दबाब लिएको छैन । मैले आफूमा लेखक र निर्देशकलाई मात्र हावी हुन् दिएँ । त्यहाँ निर्माताको केही चलेन”, निर्देशक सुब्बाले भन्नुभयो ।

आगामी दिनमा उहाँ ‘जारी’ नाम राखेर शृङ्खलालाई अगाडि नबढाउने सोचमा हुनहुन्छ, तर नबनाउने भनेर घोषणा गर्न सक्नुभएको छैन । किनकि सोही नाममा चलचित्र आउँदा त्यसले लोकप्रियतासँगै व्यावसयिक लाभ पनि प्राप्त गर्छ । तर, यस्ता कार्यले सर्जकको सिर्जनामा भने ह्रास ल्याउने उहाँको बुझाइ छ ।

“हामीले नयाँ सिर्जना गर्न सकेनौँ भने वा एउटै सिर्जनालाई तन्काउँदै लग्यौँ भने त्यसले अल्छी बनाउँछ । सर्जक अल्छी भयो भने त्यसको असर सिर्जनामा पर्छ । त्यस्तो हुन् नदिन मैले सक्दो मेहनत गरेको छु । यसअघिका सफलता बिर्सेर नयाँले झैँ काम गरेको छु, किनकि मेहनतले नै सफलताको नजिक पु-याउँछ”, उहाँले भन्नुभयो ।

निर्देशक सुब्बा चलचित्र लेखनसँगै साहित्यतर्फ पनि प्रसिद्ध हुनहुन्छ । एक हिसाबले उहाँ साहित्य र चलचित्रको पुल जस्तै हुनहुन्छ । साहित्यकारले हेर्दा चलचित्रलाई कस्तो देख्छ त ? उहाँले दुवै तर्फको भनाई बुझेर आफ्नो भाष्य बनाउनुभएको छ । “साहित्यको आँखाले चलचित्र हेर्दा समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग भएको जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ ।”

उहाँको आगामी चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारले अभिनय गरेका छन् ।

Previous Post

भुलेर पनि तताएर खान नखानुस् यी चिजहरु

Next Post

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In