• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

metakhabar by metakhabar
२ कार्तिक २०८२,
0
लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, २ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ ।

गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भन्नुभयो, “निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।”

सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए । निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ ।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।”

त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उहाँको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ ।

सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छभने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ ।

Previous Post

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

Next Post

एप्पलको स्मार्ट बोतल, जसले पानी पिउनका लागि सूचना दिन्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
Load More
Next Post
एप्पलको स्मार्ट बोतल, जसले पानी पिउनका लागि सूचना दिन्छ

एप्पलको स्मार्ट बोतल, जसले पानी पिउनका लागि सूचना दिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In