• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राज्यमन्त्री तोसिमा कार्कीः पदको दुरुप्रयोग गर्दै, ‘स्टन्ट’बाजीमा रमाउँदै

by
१३ माघ २०७९,
0
राज्यमन्त्री तोसिमा कार्कीः पदको दुरुप्रयोग गर्दै, ‘स्टन्ट’बाजीमा रमाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की पछिल्लो समय एक पछि अर्को असोभनिय, अपाच्च तथा अकल्पनीय कार्य गर्दै आएकी छिन् । उम्मेदवार भएदेखि नै विवादमा आएकी उनी मन्त्री भएपछि पछि त विभिन्न उनीमाथि विभिन्न टिका टिप्पणी भईरहेका छ ।

जब उनी मंगलबार आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भयो, त्यसपछि उनीमा स्टन्ट बाजी गर्न बाहेक अर्को विकल्प नरहेको प्रष्ट हुन्छ । आफै चिकित्सक, मेडिकल काउन्सिलमा कार्य गरेको र आईसीयूको मर्म र संवेदनशीलता नै खलल गर्ने जुन हर्कत गरिन, यो उनको स्टन्ट बाजी बाहेक केही होइन भन्न अन्यथा नहोला । हामी सर्वसाधारण आईसियूमा भर्ना भएका जन्म दिने आफ्नै बुबा आमा र जन्माएका छोरा छोरीलाई त भेट्न पाउँदैनौँ ।

ढोका बाहिर डाक्टरले कहिले बोलाउँला भनेर ढुकेर बस्नुपर्छ, भित्र छिर्न अनुमति दिएपनि निश्चित मापदण्ड पुरा गर्नुपर्छ वा नियम मान्नुपर्छ । तर मन्त्री हुलमुल सहित, क्यामरा सहित, अनि सामान्य पञ्चा समेत नलगाई विरामीलाई छुने चेष्टा भो, यो उनमा आएको मन्त्रीको दम्भ बाहेक केही होइन् । उनले आईसियूमा काम गरिन् वा गरिनन्, त्यो थाहा भएन वा खोज्ने चेष्टा गरिएन तर पनि आइसियूमा जाँदा के के गर्नुपर्छ, के के नियम पालना गर्नुपर्छ, त्यो चाहिँ प्राय डाक्टरले पालना गरेको मैले देखेको छु ।

जो सोझो उसको मुखमा घोचो । यो उखान नेपालको कानुन कार्यान्वयनको एउटा दृष्टान्त । नेपालमा जति नै कानुन छन् । ती सबै भुईँ मान्छेलाई मात्र हुन् । मन्त्रीलाई कसले रोक्ने छेक्ने । मन्त्री आएपछि आईसियु पनि ओपिडि हुने देश हो यो । उनले जुन चर्तिकला देखाइन्, त्यो अस्पतालको आईसियू नभई ओपिडि वार्ड वा अब्र्जभेसन वार्ड जस्तो देन्खिन्छ । मन्त्री भनेको मन्त्री नै हो अनि मन्त्रि ले चाहे जे पनि परिवर्तन हुन्छ, गर्न सकिन्छ भन्ने दम्भको एउटा उपहास हो । त्यसो त उनी मन्त्रीको आडमा अस्पताल प्रशासनसँग सल्लाह नै नगरि गएको सञ्चार माध्यमद्धारा सार्वजनिक भएको छ ।

हुन त स्वास्थय सेवा जुन सुकै बेला चाहिन्न सकिन्छ, सार्वजनिक विदा तथा अन्य राष्ट्रि«य बिदा छ भन्दैमा मान्छे विरामी नहुने होइन् । उनले नेपाली लगायत सबै सञ्चारमाध्यमले ३६५ दिन जनतालाई सूचना दिएजस्तै स्वास्थ्य सेवा पनि ३६५ दिन नै सम्पूर्ण सेवा सञ्चालन गरे के विग्रेला र । यसतर्फ ध्यान उनको मात्र होइन कसैको पनि जाने देखिन्छ, यहाँ सबैलाई काम होइन, स्टन्ट मात्र देखाउनु छ, र उनलाई त झनै बढी ।

शक्तिको पूजा गर्ने यो देशमा सोलुखुम्बुको कोही सर्वसाधरण आफ्नो छोरीसँग त्यसरी भिडियोमा कुरा गरेको सार्वजनिक भएको भए अहिले प्रहरी हिसारतमा पुगिसक्थे वा अस्पतालले सबै धर्म बिर्सेर विरामीलाई त्यहाँबाट निकाली सक्थे । सार्वजनिक भएको भिडियो अनुसार उनले विरामीसँग प्रहरी प्रशासनले अपराधीलाई केरकार गरेजस्तो गरि सोधेकी थिइन् । आइसियूका विरामीसँग कसरी केरकार गर्न सकिन्छ । यो सामान्य प्रश्नमा जटिल प्रश्न चिन्ह खडा भएको छ । यो भिडियो हेर्दा उनी जून पृष्ठभूमीबाट उदाइन्, त्यसलाई विर्सिइन, जस्तो लाग्छ ।

माथि चर्चा गरिएको विषय पछिल्लो दृष्टान्त हो । यसअघि पनि उनले राज्यमन्त्रीको घमण्ड देखाउँदै मन्त्रीले उद्घाटन गर्ने कार्यक्रममा अर्को रिबन लगाउँदै उद्घाटनज गर्न पुगिन् । त्यस्तै, मन्त्रीबाट निर्णय हुने योजना आफूलाई पनि थाहा हुनुपर्ने भन्दै बखेडा छिनिन् । यो शैलीलाई उनको बालपन भन्ने कि दम्भ देखाउने शैली भन्ने । यो उनलाई नै थाहा होला । तर पनि यति चाहिँ भन्न मिल्ला कि, धरातल नै विर्सिएर रवाफ देखाउँदा समाज, देश र जनतालाई केही फाइदा भयो त । भएन भने, किन देखाउने, अब यसबाट सच्चिने कि । उनले आफ्नै शैली र मार्गनिर्देशन परिवर्तन गरिनन् भने आलोचित भएर नै उनको कार्यकाल सकिने निश्चित छ । यसबारे सचेत भए उनको र उनको अनुयायी र सबैको भलो हुने थियो ।

Previous Post

शिला उपहारको अवसर जुट्नु सौभाग्य – मुख्यमन्त्री अधिकारी

Next Post

प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न गृहका सचिवको नेतृत्वमा समिति गठन

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न गृहका सचिवको नेतृत्वमा समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In