• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो ।

तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहनुभएका टेलिकमका फिल्ड इञ्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन गराउन सफल भएकामा टेलिकम र जनप्रनिनिधि र स्थानीयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रहरूमा टेलिकमको पहुँच पुर्याउनुपर्छ भनेर काम अगाडि बढाएको र त्यसको चरणबद्ध परिणाम आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रहरूमा भ्वाइस र डेटा पुर्याउने लक्ष्य लिएको छ, आज तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन हुँदा त्यहाँ जाने पर्यटक र स्थानीयलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

तिलिचोमा रहनुभएका इञ्जिनियर गुप्ताले फोरजी सेवा सञ्चालनमा आएसँगै पर्यटक र स्थानीयलाई ठूलो सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । स्थानीयलाई आफन्तसँग कुराकानी गर्न, डिजिटल पेमेन्टमा सहयोग पुग्ने बताउनुभयो । तिलिचोमा यात्रा गर्ने पर्यटक र स्थानीयलाई सञ्चार आदनप्रदानका साथै उचाइमा लेक लाग्ने समस्या आउने हुनाले समस्यामा परेकाको उद्धारकार्यमा सहयोग पुग्ने बताउनुभयो ।

फोरजी सेवा नहँुदा नेटवर्कको समस्याले लामो दूरीको क्षेत्रमा नेटवर्क भएको स्थानमा गएर पैसा तिर्नुपर्ने बाध्यता थियो अब, पर्यटक, व्यवसायी र स्थानीयलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सहज हुने इञ्जिनियर गुप्ताले बताउनुभयो ।

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खलाअन्तर्गत मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ ।

टेलिकमले तिलिचो बेसक्याम्पमा नयाँ बिटीएस स्थापना गरी फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरूमध्ये करिब चार हजार ३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटललगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुनसमेत सहज हुने जनाइएको छ । उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भइहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।

Previous Post

आज देशभरको मौसम मुख्यतया सफा रहने

Next Post

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In