• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अफगानिस्तानद्वारा पाकिस्तानी सीमा चौकीमाथि आक्रमण, तनाव चर्कियो

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
अफगानिस्तानद्वारा पाकिस्तानी सीमा चौकीमाथि आक्रमण, तनाव चर्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेशावर (पाकिस्तान)। अफगानिस्तानका सुरक्षा बलहरूले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा आक्रमण गरेका छन् । यो आक्रमणले दुवै छिमेकी राष्ट्रबीचको सुरक्षा तनावलाई झन् गहिरो बनाएको छ । तालिबान नेतृत्वको सरकारले पाकिस्तानमाथि आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन गरेको आरोप लगाएको छ ।

यसअघि यो हप्ताको सुरुमा अफगान अधिकारीहरूले पाकिस्तानलाई राजधानी काबुल र देशको पूर्वी भागमा रहेको एक व्यस्त बजारमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने ती आक्रमणहरूमा संलग्नता अस्वीकार गरेको छ ।

आइतबार बिहान जारी गरिएको वक्तव्यमा तालिबान सरकारले भनेको छ, “हाम्रा सुरक्षाबलहरूले सीमाक्षेत्रमा जवाफी तथा सफल अपरेसन सञ्चालन गरेका छन् ।”

रक्षा मन्त्रालयले भनेको छ, “यदि विपक्षी पक्षले फेरि अफगानिस्तानको क्षेत्रीय अखण्डतामाथि अतिक्रमण गर्ने प्रयास गर्‍यो भने, हाम्रो सेना देशको सीमाको रक्षा गर्न पूर्ण रूपमा तयार छ र त्यसको कठोर जवाफ दिइनेछ ।”

पाकिस्तानले अफगानिस्तानमाथि प्रतिबन्धित उग्रपन्थी समूह तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । इस्लामावादका अनुसार सो समूह पाकिस्तानभित्र भएका धेरै घातक आक्रमणहरूको जिम्मेवार छ । तर अफगानिस्तानले यी आरोपहरूलाई अस्वीकार गर्दै आफ्नो भूमि कुनै तेस्रो देशविरुद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले शनिबार रातिको गोलीबारीप्रति कडा आपत्ति जनाउँदै भन्नुभएको छ, “यस प्रकारको उक्साहटपूर्ण गतिविधिलाई भारतजस्तै उपयुक्त जवाफ दिइनेछ ।” उहाँले यस सन्दर्भमा यो वर्षको सुरुमा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच युद्धको नजिक पुगेको सङ्कटलाई स्मरण गर्नुभएको थियो ।

कतारको विदेश मन्त्रालयले सीमा क्षेत्रमा बढ्दै गएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय सुरक्षा र स्थिरतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । कतारले दुवै देशलाई ‘संवाद, कूटनीति र संयम’ अपनाउन आग्रह गरेको छ ।

एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीले नाम नखुलाउने सर्तमा मिडियासँग कुरा गर्दै अफगान सेनाले चित्राल, बाजौर, मोहमण्ड, अङ्गुर अड्डा र कुर्रमसहित खैबर पख्तुनख्वा प्रान्तका उत्तरपश्चिमी सीमाक्षेत्रहरूमा गोली प्रहार गरेको जानकारी दिए । उनका अनुसार पाकिस्तानी सेनाले पनि खैबर जिल्लाको तिराह क्षेत्रमा र अफगानिस्तानको नङ्गरहार प्रान्ततर्फ भारी हतियार प्रयोग गरेर प्रत्युत्तर दिएको थियो ।

अर्का पाकिस्तानी अधिकारीले कुर्रम जिल्लाको टिरी गाउँमा अफगान पक्षबाट प्रक्षेपण गरिएको मोर्टार शेल खस्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र अर्को व्यक्ति घाइते भएको बताए ।

दुवै देशले दुई हजार ६११ किलोमिटर (एक हजार ६२२ माइल) लामो डुरान्ड रेखा साझा गर्छन्, तर अफगानिस्तानले आजसम्म यस सीमालाई औपचारिक रूपमा मान्यता दिएको छैन ।

Previous Post

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि

Next Post

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In