• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ),  बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहनुभएको छ । विगतमा तिहारलाई लक्षित गरी उहाँले सयपत्री फूल बिक्री गर्नुहुन्थ्यो, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री गर्नुभएको छ ।

बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसक्नुभएको छ । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उहाँले बिरुवा बिक्री गरेको बताउनुभयो ।

पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताउनुभयो । उहाँले रु ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।

“गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु,“ बोहोराले भन्नुभयो, “विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गसिरसकेको छु ।”

भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन गरेर जन्मथलो फर्केर पुष्प व्यवसाय गरिरहनुभएका बोहोराले वर्षमा रु १५ लाखसम्म फूलको कारोबार गर्ने गरेको सुनाउनुभयो । साबिकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्पखेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसकेको उहाँलेजानकारी दिनुभयो ।

बोहोराले मौसमी मात्रै नभएर बेमौसमी फूलको समेत कारोबार गर्दै आउनुभएको छ । उहाँले फूल बिक्रीबाटै तिहारबाहेक मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानीसमेत गर्दै आएको सुनाउनुभयो ।

“तीन वर्ष काठमाडौँमा विज्ञान विषयको शिक्षक पनि भएँ । व्यवसायमा नामसँगै आम्दानीसमेत गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको हुँ”, बोहोराले भन्नुभयो,“सोचेअनुसार नै भइरहेको छ । नर्सरीमा तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छु । बाह्रै महिना फूलको कारोबार गरिरहेको छु ।”

उहाँको नर्सरीमा सयपत्री, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरू पनि छन् । यस्तै, मेवा, आँप, अम्बा, किबी, चेरी, एभोकाडो र आरुका उन्नत जातका बिरुवाहरूसमेत उत्पादन र बिक्री भइरहेका छन् ।

बोहोराले साढे तीन रोपनी आफ्नै जग्गा र वार्षिक रु ५० हजार भाडा तिर्नेगरी एक रोपनी जग्गा भाडामा लिनुभएको छ । उहाँलाई बुबा चतुरबहादुर बोहोराले साथ दिँदै आउनुभएको छ । “आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउँदा निकै सन्तुष्ट छु । सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्न सकिने गरी व्यवसाय गर्दा राम्रै हुँदो रहेछ”, बोहोरा भन्नुहुन्छ,“यदि, अर्कै काम गरेको भए यस्तो सन्तुष्टि र सफलता नहुन पनि सक्थ्यो ! हाल बागलुङसहित म्याग्दी, पर्वत, मुस्ताङका सरकारी कार्यालय, होटल तथा रिसोर्टमा फूल सजावत र दुबो व्यवस्थापनको काम गरिरहेको छु । नामसँगै दाम पनि छ ।”
—

Previous Post

जनताको विश्वास जित्नुस्ः मुख्यमन्त्री कँडेल

Next Post

अझै खुलेन मेची राजमार्ग

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
अझै खुलेन मेची राजमार्ग

अझै खुलेन मेची राजमार्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In