• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

metakhabar by metakhabar
२५ अशोज २०८२,
0
जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ ।

यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा र नागरिकतागायत जग्गाधनीसँग रहेका कागजातका आधारमा सहज रूपमा स्रेस्ता कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव जीवनराज सेढाइँका अनुसार, जग्गाधनसिँग भएको सक्कल जग्गाधनी प्रमाणपूर्जा र प्रणालीमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गरिनेछ ।

यदि अभिलेख फरक पर्न गएको खण्डमा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस)मा भएको अभिलेखसँग भीडान गर्ने र अभिलेख भिडेको अवस्थामा आवश्यक विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम हुने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

नापी कार्यालयमा रहेको फिल्डबुक तथा प्लटरजिस्टर नक्शा, स्थानीय तहमा रहेको मालपोत लगत र मालपोत वा सम्पत्ति कर बुझाएको रसिदलाई आधार मानी प्रणालीमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गर्न सकिनेछ ।

सो व्यवस्था बमोजिम अभिलेख नभिडेको हकमा जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी वा पारित लिखतको सक्कलप्रति पेश हु्न आएमा वा बैङ्क तथा वित्तीय संस्था, अड्डा अदालत वा अन्य निकायमा पेश गरेको कागजात सम्बन्धित निकायबाट प्रमाणित प्रतिलिपी पेश भएमा स्थानीय तहबाट हक भोगको सिफारिश लिइ सोको आधारमा प्रणालीमा विवरण अद्यावधिक गरी नयाँ स्रेस्ता कायम गर्ने विभागको पछिल्लो निर्देशमा उल्लेख छ ।

सार्वजनिक सूचना हकभोगसम्बन्धी स्थलगत सर्जमिन र जानी जानी झुट्ठा विवरण पेश गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही सहुँला बुझाउँला भनी सम्बन्धित जग्गाधनीको कबुलियतनामा कागज गराई सोको आधारमा प्रणालीमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गर्न सकिने विभागले जनाएको छ ।

जग्गाधनी दर्ता प्रमाणपूर्जा पेश नभएमा वा पेश भएको प्रमाणबाट एकिन हुन नसकिएमा आवश्यकताअनुसार हकभोगसम्बन्धी स्थानीय तहको सिफारिश, स्थलगत सर्जमिन र सार्वजनकि सूचना गर्न सकिने विभागले उल्लेख गरेको छ ।

नष्ट भएका जग्गाधनी स्रेस्ता कायम गर्दा नापी कार्यालयको फिल्डबुक, प्लट रजिष्टर नक्शा, मालपोत कार्यालयको तामेली अभिलेख, व्यक्तिसँग भएको सक्कल पारित लिखत र प्रणालीको रेकर्डबाट सरकारी सार्वजनिक तथा दर्ता बाँकी जग्गा हो होइन एकिन गर्न सकिनेछ ।

नष्ट भएको रोक्का लगतका सम्बन्धमा प्रणालीमा भएको रोक्का रेकर्डलाई साविक गाविसअनुसार प्रिन्ट गरी रोक्का किताब तयार पानुएपर्नेछ । रोक्का राक्ने संवैधानिक निकाय, बैङ्क तथा वित्तीय संस्था, प्रशासनिक निकाय तथा न्यायिक निकायलाई रोक्का राखिएको अचल सम्पत्तिको विवरण उपलब्ध गराई दिन पत्राचार गर्ने र प्राप्त विवरणलाई भिडाइए अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यालयको कुनै पनि अभिलेखबाट रोक्का रहेको विवरण खुल्न आएमा सोलाई समेत आधार लिई अभिलेख अद्यावधिक गर्नुपर्ने । नष्ट भएको स्रेस्ता अद्यावधिक भएपछि उक्त स्रेस्ताबाट कारोबार गर्दा ऋणी नी दुवैलाई सो व्यहोराकाको जानकारी दिई लिखत पारित गर्ने व्यवस्था मिलाउनुपर्ने प्रबन्ध गरिएको छ ।

विभागले मालपोत कार्यालय दाङ (तुलसीपुर), कास्की, चितव (भरतपुर), खैरहनी, काठमाडौँ (कलंकी) र रुपन्देही (बुटवल), कैलाली (धनगढी), बाँके (नेपालगञ्ज), दाङ (घोराही ) र मोरङ (विराटनगर)लाई एकै सात परिपत्र गर्दै जग्गाधनीलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

मालपोत ऐन, २०३४ र मालपोत नियमावली, २०३६ तथा भूमि प्रशासन निर्देशिका, २०८१ मा भएका व्यवस्थाका अतिरिक्त अन्य विभिन्न पाँचवटा मुख्य बुँदालाई आधार बनाउन विभागले निर्देशन गरेको छ । आन्दोलनका क्रममा जलेर नष्ट भएको जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न गराउने सम्बन्धमा यही असोज २३ को मन्त्रिस्तरीय निर्णयअनुसार आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ ।

आन्दोलनका क्रममा देशभरका विभिन्न ६ वटा मालपोत कार्यालय पूर्ण रूपमा क्षति भएका थिए भने १४ वटा मालपोत कार्यालय आशिंक रूपमा क्षति तथा तोडफोड भएका थिए । आन्दोलनका क्रममा झण्डै १० लाख लालपूर्जाको ढड्डा जलेको अनुमान गरिएको छ । तोडफोड र आगलागीका कारण क्षतिग्रस्त भएका विभिन्न मालपोत कार्यालयले आशिंक रुपमा सेवा प्रवाह सुरु गरेका छन् ।

Previous Post

जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ कर्पाेरेशन

Next Post

प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

metakhabar

metakhabar

सम्बन्धित खबर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा
फिचर-ब्यानर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

१० साउन २०८३,
ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य
फिचर-ब्यानर

ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

१० साउन २०८३,
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
फिचर-ब्यानर

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

१० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

१० साउन २०८३,
नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
फिचर-ब्यानर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

९ साउन २०८३,
Load More
Next Post
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In