• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कङ्ग्रेसद्वारा पदबाट हटाउने निर्णय

metakhabar by metakhabar
२४ अशोज २०८२,
0
पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कङ्ग्रेसद्वारा पदबाट हटाउने निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ ।

सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई अनुमोदन गरेका थिए । एक सय ३० सदस्यीय एकसदनीय कङ्ग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो । त्यसपछि सांसदहरूले राष्ट्रपति बोलुआर्तेलाई आफ्नो पक्षमा बचाउ गर्न मध्यरातअघि उपस्थित हुन औपचारिक अनुरोध गरे । अन्ततः १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरे ।

यो निर्णय राजधानी लिमामा आयोजित एक लोकप्रिय कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि आएको हो । सो घटनाले देशभर अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनाएको थियो । यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठवटा प्रयास असफल भएका थिए, तर यस पटक करिब सबै दलले महाभियोगको पक्षमा समर्थन जनाए ।

संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ — यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उहाँका पूर्ववर्तीलाई पनि संसदले पदच्युत गरेको थियो ।

राष्ट्रपति बोलुआर्ते हाल बढ्दो अपराध, विशेष गरी हत्या र जबरजस्ती असुलीको घटनाले त्रस्त देशमा नियन्त्रण स्थापित गर्न सङ्घर्षरत हुनुहुन्थ्यो । बुधबार मात्रै उहाँले अपराध वृद्धिको एक कारणका रूपमा अवैध आप्रवासनलाई दोष दिनुभएको थियो ।

उहाँले एक सैन्य समारोहमा भन्नुभएको थियो, “यो अपराध दशकौँदेखि बढ्दै आएको छ र अवैध आप्रवासनले यसलाई झनै बलियो बनाएको छ । विगतका सरकारहरूले यस समस्यालाई नियन्त्रण गर्न सकेनन्, बरु सिमाना खुला गरेर अपराधीहरूलाई देशभर पस्ने अनुमति दिए ।”

आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष जनवरीदेखि अगस्टको मध्यसम्म छ हजार ४१ जनाको मृत्यु भएको छ । यो सन् २०१७ पछि सोही अवधिमा सबैभन्दा उच्च सङ्ख्या हो । त्यस्तै, जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जबरजस्ती असुली (फिरौती) का उजुरी दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो ।

बुधबार राति देशको लोकप्रिय कम्बिया सङ्गीत समूह ‘अगुआ मरिना’ को कन्सर्टमा भएको गोलीकाण्डपछि स्थिति झन् जटिल बनेको थियो । पाँच जना घाइते भएपछि सरकारमाथि जनआक्रोश चुलिएको र संसद्ले तत्काल कदम चाल्नुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसद्मा अपराध–केन्द्रित विशेष सुनुवाइका क्रममा राष्ट्रपतिलाई बचाउने प्रयास गर्नुभयो । तर उहाँको व्याख्याले सांसदहरूलाई विश्वस्त पार्न सकेन । अरानाले भन्नुभयो। “संसद्को चिन्ता महाभियोगको प्रस्ताव पास गरेर समाधान हुँदैन । हामी आफ्नो भूमिकामा अडिग छौँ र हामीलाई सुरु दिनदेखि नै थाहा थियो — हाम्रो पहिलो दिन नै अन्तिम दिन पनि हुन सक्छ ।”

राष्ट्रपति बोलुआर्तेलाई सत्ताबाट हटाउने यो कदमले पेरुमा राजनीतिक अस्थिरता फेरि एकपटक गहिरो बनाएको छ । अपराध नियन्त्रण, आप्रवासन नीति र शासन क्षमताप्रतिको विवादले देशलाई नयाँ अनिश्चिततामा धकेलेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।

Previous Post

उच्च रक्तचापका लक्षण आँखाबाटै देखिन सक्छन्, समयमै जाँच नगरेमा दृष्टि गुम्न सक्ने खतरा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In