• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो

metakhabar by metakhabar
९ अशोज २०८२,
0
दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ ।

प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् । बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् । आज बिहानैदेखि मौसम अनुकूल रहेकाले धमाधम उडान भइरहेको उनले उल्लेख गरे ।

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार बुधबार मौसमका कारण केही उडान स्थगित भएकाले आजका लागि निर्धारित उडानमा चाप बढेको छ । उनका अनुसार बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाको सबै उडान रद्ध गरिएको थियो । कम्पनीले आज दुईतर्फ १७० उडान निर्धारण गरेको छ भने बुधबार १५० उडान निर्धारित थियो ।

निर्देशक जोशीले दसैँमा यात्रु चापलाई मध्यनजर गर्दै भैरहवा र भरतपुरमा समान दुई उडान थप गरिएको जानकारी दिए । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले विगत दुई दिनदेखि हवाई उडान चाप बढेको बताए । उनका अनुसार सडक आवागमन अवरुद्ध हँुदा हवाई उडानमा चाप बढेको छ । आइतबारसम्म यस्तो चाप रहने छ ।

हाल काठमाडौँबाट बाहिरिने यात्रु बढी भएको र काठमाडौँ फर्किने यात्रुको सङ्ख्या कम भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ । श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी ५० हाराहारी उडान गर्दै आएको छ । बुधबारदेखि शुक्रबारसम्म नियमित उडान भएमा आन्तरिकतर्फ उडान व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । हाल समग्रमा आन्तरिकतर्फ दैनिक तीनसय ४० भन्दा बढी उडान भइरहेको छ ।

अन्तरराष्ट्रितर्फ पनि आवागमन बढी रहेको दैनिक दुईतर्फी एकसय १० भन्दा बढी उडान भइरहेको छ । अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरुलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई उडान सहजीकरणका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे । उनले हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले हवाई भाडा महँगो भइरहेको भन्दै राज्यकातर्फबाट हवाई भाडा नियन्त्रणका लागि इन्धनलगायतमा सहुलियत दिएर नीतिगत व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

काठमाडौँबाट बाहिरिने मुख्य नाका मुग्लिङ–नारायणगढ सडककण्डको तुइनखोलामा पहिरो गएपछि सडक अवरोध हुँदा हवाई उडानमा चाप बढेको हो । विगत तीन÷चार दिनदेखि पटक–पटक पहिरो खसेकाले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ । उक्त क्षेत्रमा यही असोज ७ गते साँझ ठूलो पहिरो खसेर आवागमन अवरुद्ध भएको छ ।

हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

Previous Post

राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन

Next Post

जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन सरकारले बनायो ‘पूर्वाधार पुनर्निर्माण कोष’

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

२१ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
Load More
Next Post
जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन सरकारले बनायो ‘पूर्वाधार पुनर्निर्माण कोष’

जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन सरकारले बनायो ‘पूर्वाधार पुनर्निर्माण कोष’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In