• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्म ‘गलवान’मा सलमान खान र नेपाली अभिनेता अनुपविक्रम शाही आमनेसामने

metakhabar by metakhabar
६ अशोज २०८२,
0
फिल्म ‘गलवान’मा सलमान खान र नेपाली अभिनेता अनुपविक्रम शाही आमनेसामने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। भारत–चीन सीमावर्ती गलवान उपत्यकामा सन् २०२० मा भएको वास्तविक झडपको पृष्ठभूमिमा निर्माण भइरहेको बलिउड फिल्म ‘गलवान’मा अभिनेता सलमान खान र नेपाली अभिनेता अनुपविक्रम शाही आमनेसामने देखिने भएका छन्।

फिल्ममा सलमान खानले शहीद कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् भने अनुपविक्रम शाहीले चिनियाँ सेनाका कमाण्डर तथा मुख्य खलनायकको भूमिका निभाएका छन्। बलिउडमा शाहीको यो पहिलो प्रवेश हो।

निर्माताका अनुसार, फिल्ममा सलमान र अनुपबीच १३ मिनेट लामो द्वन्द्व दृश्य छ, जसलाई फिल्मको मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएको छ।

फिल्मको पहिलो चरणको छायांकन लद्दाखको गलवान उपत्यकामा गरिएको हो। छायांकनमा करिब २५० देखि ३०० सैनिक एक्स्ट्राज सहभागी थिए। भारत–चीनबीच भएको ५ वटा छुट्टाछुट्टै भिडन्त दृश्यहरु खिचिएका थिए।

दृश्यलाई थप यथार्थपरक बनाउने उद्देश्यले थाइल्याण्डबाट १५ देखि २० जनाको विशेष एक्सन टोली पनि बोलाइएको थियो। लद्दाखको कठोर मौसम र अक्सिजनको कमीबीच टोलीले प्रभावकारी ढंगले छायांकन सम्पन्न गरेको थियो।

लद्दाखमा मौसमका कारण अधूरो रहेका दृश्यहरू अब मुम्बईस्थित मेहबूब स्टुडियोमा निर्माण गरिएको सेटमा खिचिने छन्। त्यहाँ लद्दाखकै परिवेश मिल्ने गरी विशाल सेट तयार गरिएको छ।

फिल्मको लद्दाख छायांकनका क्रममा सलमान खानले मात्र ५ देखि ६ दिन सेटमा उपस्थिति जनाएका थिए। उनी दैनिक दिउँसो ३ बजेपछि मात्र सेटमा आइपुग्थे र २ देखि २.५ घण्टा मात्रै काम गर्ने गरेका थिए।

उनका केही दृश्यहरू बडी डबलको प्रयोग गरेर छायांकन गरिएको थियो। छायांकनका क्रममा सलमानसँग १० देखि १२ जना निजी सुरक्षाकर्मी, ४ देखि ५ वटा सवारीसाधन तथा लद्दाख प्रहरी र सेनाको टोलीसहित उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको थियो।

फिल्ममा अभिनेत्री चित्रांगदा सिंहले कर्नेल सन्तोष बाबुको पत्नीको भूमिका निर्वाह गरेकी छन्। फिल्मले गलवान झडपसँगै कर्नेल सन्तोषको व्यक्तिगत जीवन र बलिदानको कथा समेत उजागर गर्नेछ।

निर्माताका अनुसार, ‘गलवान’ एक यथार्थमा आधारित युद्ध नाट्य फिल्म हो, जसमा राष्ट्रवाद, कर्तव्य र बलिदानको भावनालाई प्रस्तुत गरिएको छ। एजेन्सी

Previous Post

नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य

Next Post

जनताले महसुस गर्ने गरी काम गर्छौं: सञ्चारमन्त्री खरेल

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
जनताले महसुस गर्ने गरी काम गर्छौं: सञ्चारमन्त्री खरेल

जनताले महसुस गर्ने गरी काम गर्छौं: सञ्चारमन्त्री खरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In