• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई महिनादेखि जोखिमपूर्ण यात्रागर्दै बगरवासी

metakhabar by metakhabar
६ अशोज २०८२,
0
दुई महिनादेखि जोखिमपूर्ण यात्रागर्दै बगरवासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगर र जेल्टुङ गाउँवासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ-नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भर्‍याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यताआएको हो ।

गत असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रुपमा बगाएर लगेको स्थानीय कैलास आधारभूत विद्यालयका शिक्षक जगलाल हर्मेलले जानकारी दिए ।

उनका अनुसार, ठाडो खोल्साबाट आएको बाढीपहिरोले बाटोको बेस नै नरहने गरी बगाएपछि स्थानीयवासीले आवतजावतमा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । दैनिकजसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि जनजीवन नै कष्टकर बनेको छ ।

बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पुर्‍याउनसमेत सकस भएको धवलागिरि गाउँपालिका-४ का वडा सदस्यसमेत रहेका स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए । उनले भने, ‘हामीले दिनहुँजसो पहिरोग्रस्त ठाउँमा मर्मत गरी जोखिम मोलेर वारपार गर्दै आएका छौँ, बालबालिका, महिला र ज्येष्ठ नागरिक आवतजावत गर्न मुस्किल छ ।’

जेल्टुङ र बगर गाउँमा करिब ७० घरधुरीको बसोबास रहेको छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेहरुसमेत गाउँ पुग्ने बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रिय धौलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।

शरदयामको लागि हिमाल आरोहण र चक्रिय धौलागिरि पदयात्राका लागि आउन लागेका पर्यटकले यो बाटोको विकल्पकारुपमा मार्फा हुँदै आधारशिविर पुग्ने र हेलिकप्टरमार्फत जान सुरु गरेका छन् ।

Previous Post

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

Next Post

कारागार फोडपछिको तथ्यांक : ७ हजार फर्किए, अझै साढे ७ हजार फरार

metakhabar

metakhabar

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
कारागार फोडपछिको तथ्यांक : ७ हजार फर्किए, अझै साढे ७ हजार फरार

कारागार फोडपछिको तथ्यांक : ७ हजार फर्किए, अझै साढे ७ हजार फरार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In