• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीलाई श्रेष्ठको पाँच बुँदे सुझाव: निष्पक्ष निर्वाचनमा ध्यान दिन आग्रह

metakhabar by metakhabar
३० भदौ २०८२,
0
प्रधानमन्त्रीलाई श्रेष्ठको पाँच बुँदे सुझाव: निष्पक्ष निर्वाचनमा ध्यान दिन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीसँग फोनमा पनि सम्पर्क नभएको र अन्य व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल नभएको बताएका छन् । श्रेष्ठले फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिएको बताएका छन् ।

उनले भनेका छन्-

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन । तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु ।

एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।

तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारवाही गर्नुस ।

चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

पाँच, भ्रष्टाचारविरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौ ।

Previous Post

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमि

Next Post

पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

आज साउने सङ्क्रान्ति पर्व

१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
Load More
Next Post
पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In