• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

metakhabar by metakhabar
२९ भदौ २०८२,
0
आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत भदौ २४ गते जेन जी आन्दोलनका कारण भएको आगजनीबाट निजी क्षेत्रको लगानी रहेको चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेसन, भटभटेनी, एनसेल लगायतमाथि ठुलो क्षति पुग्यो । यतिबेला ठुलो नोक्सानी व्यहोरेको निजी क्षेत्र उठ्न कोसिस गर्दैछन् ।

अरबपति विनोद चौधरीको रवि भवनको निजी निवासमा लुटपाट हुनुका साथै चौधरी समूहअन्तर्गत सतुन्गलको सिजीको फ्याक्ट्रीदेखि थापाथलीस्थित सिजी मोटर्सको सोरुम तथा गाडी अनि अन्य व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भयो । विनोद चौधरीका भाइ वसन्त चौधरी तथा अरुण चौधरीको पनि निवास एवं प्रतिष्ठानमा आक्रमण भए । थापाथलीको सुजुकी गाडीको सोरुममा तोडफोड भयो ।

सिजी समूह (चौधरी ग्रुप) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालैको अराजक घटना इतिहासमै सबैभन्दा पीडादायी क्षण भएपनि विचलित नभएको भन्दै अब उठ्ने कोसिस भएको बताए ।

चौधरीले सामाजिक सञ्जालबाट भनेका छन् – ‘शान्तिपूर्ण रूपमा राम्रो नेपाल बनाउन गरिएको आह्वान हिंसा, लुटपाट र विनाशमा परिणत भयो । व्यक्तिगत रूपमा लक्षित गरियो, घरमा आगजनी भयो, कारखाना तथा कार्यालयमा क्षति पुर्याइयो र शो रुमहरू लुटिए । दशकौँको परिश्रम, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भएको पीडा हामीले भोग्यौँ । आगो र अराजकताबीच पनि हाम्रा नेतृत्ववर्ग, प्रबन्धक र कर्मचारीले आफ्नै सुरक्षाको प्रवाह नगरी सम्पत्तिहरू जोगाउन, ग्राहकलाई प्रतिबद्धता पूरा गर्न दिनरात खटिए । आगो सल्कँदा पनि हाम्रो टोली पराजित भएन, तपाईँहरू नै कारण हो, जसले गर्दा विनाशपछि पनि ग्राहकलाई निराश बनाइएन । तपाईँहरूकै कारण आशा बाँकी छ । हो, हामी घाइते छौँ । हो, हामी हल्लिएका छौँ, तर हामी भङ्ग भएका छैनौँ । दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन् । उनीहरूले शोरुम लुट्न सक्छन्, तर हाम्रो मूल्य लुट्न सक्दैनन् । हाम्रो परिवारको एकतालाई कसैले भङ्ग गर्न सक्दैन ।

हामी नेपालका सबैभन्दा ठुलो करदाता, एक प्रमुख रोजगारीदाता र राष्ट्र निर्माणमा समर्पित संस्था हौँ । भूकम्प, बाढी वा महामारीजस्ता संकटमा सधैँ अग्रपंक्तिमा उभियौँ । यो जिम्मेवारी अहिले पनि त्यागिएको छैन । हामी पुनर्निर्माण गर्छौँ, पुनः उठ्छौँ र अझ बलियो भएर अघि बढ्छौँ । यो विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली जनताप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिनेछ । इतिहासले हाम्रो विनाशलाई होइन, त्यसपछि हामी कसरी अझ गौरवपूर्ण र एकतामा उदायौँ भन्ने कुरा सम्झनेछ ।’

त्यस्तै, आईएमई समूहले सञ्चालन गर्दै आएको काठमाडौँको चन्द्रागिरी केबलकारको बेस स्टेसन अनि नवलपरासीको मौलाकालिका केबलकारसहितका ग्लोबल आईएमई बैंकका केही शाखा र व्यावसायिक इकाईमा आक्रमण हुँदा करोडौँ रुपैयाँ बराबरको संरचनामात्र नष्ट भएका छन् । आइएमई ग्रुप नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको हो । आफ्नो घरनालाई लक्षित गर्दै आक्रमण भएपछि ढकालले जेन–जी समूहको प्रदर्शनको क्रममा ठुलो क्षति भए पनि सम्हालिएर अगाडि बढ्नुको विकल्प नभएको बत्ताउँछन् ।

प्रदर्शनकारीको तोडफोड र आगजानीले उद्योग व्यवसाय जलेर खरानी भएपछि ढाडस दिँदै उनले नआत्तिन, नथाक्न र आजैबाट क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा होमिन सबैमा आग्रह गरेका छन् ।

दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका निजी क्षेत्र आर्थिक मन्दीबाट तङ्ग्रिने प्रयासमा रहेको बेला ठुलो क्षति पुगेको उनको भनाइ छ ।

थप लगानी गरी रोजगारी सिर्जनामा लाग्न ढकालको आह्वान छ । हरेक पटक आउने यस्ता चुनौतीलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिएर अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

ढकालले सामाजिक सञ्जालमा भनेका छन् – ‘प्रतिकुलताका बाबजुद हामी फेरि सम्हालिएर अघि बढ्नुपर्ने बाहेक हामीसँग अर्को विकल्प छैन । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौँ । आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरूलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ ।

नयाँ पुस्तालाई बुझाऔँ—निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन । निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैँसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिदैंन।

उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रा हात एवं भनौँ कर्ममा छ भने हामीले नै बनाउनु छ देश र जेन–जीहरूमा पनि आशा हामीले नै भर्नु छ । यसरी सोचौँ कि भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस् । उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् ।’

२४ गतेको आन्दोलनमा गोल्छा ग्रुप पनि निशाना परेको थियो । करोडौँ क्षति गुमाएको गोल्छा ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको ‘नयाँ नेपाल’ को सपना पुरा होस् भन्ने शुभकामना व्यक्त गर्दै व्यवसायीमाथि भएको बीभत्स आक्रमणबाट आफू निरास वा विचलित नभएको बताए ।

लोकतन्त्र अझ सुदृढ होस् र देश सकारात्मक दिशातर्फ अघि बढोस् भन्ने कामना गर्दै आफूहरू अझ सशक्त रूपमा रोजगारी सिर्जना गर्न तथा लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउका छन् ।

गोल्छाले सामाजिक सञ्जालमा भनेका छन् – ‘देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् ।
केही व्यवसायी माथि भएको बीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु । अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् ।’

भाटभटेनीले आफ्नो सेवा क्षति नपुगेका संरचनाबाट थालिसकेको जनाएको छ भने अन्य धेरै व्यवसायीले समेत अब अघि बढ्ने प्रण गरेका छन् ।

सघाउँदै सरकार

प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते निजी सम्पत्तिमाथि भएको आक्रमणप्रति दुःख मनाउ गर्दै सघाउने बताइन् ।

आज पदभार ग्रहणपछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आङ्कलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानबिन समेत हुने बताइन् ।

प्रधानमन्त्री कार्कीले भने ‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो । तिनलाई हामीले जसरी उभिन्छौँ । उभिउ भन्न मिल्दैन । किनभने व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यापरि त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ । उनीहरूलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौँ । कुन सहयोग दिने भन्नेमा हामी सोच्छौँ । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौँ । सानासाना व्यापारीहरू पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोसिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौँ भन्नुभएको छ ।’

उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिए । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।

Previous Post

प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

Next Post

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

१ साउन २०८३,
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
आवाज

जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

१ साउन २०८३,
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

आज साउने सङ्क्रान्ति पर्व

१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
Load More
Next Post
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In