• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

    जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    सुनको मूल्य घट्यो

    सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

metakhabar by metakhabar
२३ भदौ २०८२,
0
आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रत्येक वर्ष आश्विन कृष्ण-प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।

आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्। सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन्।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ।

Previous Post

यी भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना

Next Post

विदेशी मुद्राको विनिमय दर : कुन बढ्यो, कुन घट्यो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
आवाज

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

१ साउन २०८३,
जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला
आवाज

मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

१ साउन २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

१ साउन २०८३,
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
आर्थिक

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

१ साउन २०८३,
लागत बढेपछि चपेटामा किसान
आवाज

लागत बढेपछि चपेटामा किसान

१ साउन २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

१ साउन २०८३,
Load More
Next Post
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर : कुन बढ्यो, कुन घट्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In