• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम, १९ भदौः ‘सानी डाली घँगारुकी, मुसुरदानी ।
ठुम्के चरो बास ।।
म बाबाका माइत जान्छु, मुसुरदानी ।
नौगेडी ल्याइआस ।।’

अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जाँन लागेकोले नौगेडी ल्याइदिनुस्)

यस्तै गीत गाउँदै गौरापर्व मनाउन धनगढीको गौरा घरमा यतिबेला दिनहुँ भेला भएने महिलाले डोटेली भाषामा प्रस्तुत ‘मुसुरदानी’ गीतको बोलमा गाउँदै माहोल तताइरहेको छ ।

महिलाले समूहमा गोलबन्द भई प्रस्तुत गरेको उक्त गीतको बोलमा आज महिलाहरु आपसमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिए । रौनक बढ्दा खेलपरिसर खचाखच थियो ।

ठाडो भाकाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गरिने माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार पद्मादेवी भट्ट बताउनुहुन्छ । महिलामाझ ‘मसुरदानी’ गीत सुदूरपश्चिमका गाउँबस्तीमा सदियौँदेखि लोकप्रिय छ ।

अर्को समूहमा गोलबन्द महिला–पुरुषबीचको समूहमा दोहोरी शैलीमा देउडा गीत खेल्दै सवाल जवाफ भइरहँदा माहोल थप रोमाञ्चक बन्यो । दोहोरी शैलीमा सहभागी एकआपसमा मच्चीमच्ची नाचिरहँदा दर्शकहरु झनै रमाए ।

वर्षमा एकपटक मौलिक गौरापर्व मनाउन यतिबेला सुदूरपश्चिमका गाउँबस्ती यस पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् ।

कतिपय देउडा खेल खेल्दा एकआपसमा घोचपेच र तिखो व्यङ्ग पनि गर्ने गरिन्छ । चैत धमारीजस्ता गीतको बोलमा खेलिने खेलले भने देवी देवताको महिमा दर्शाउने गौरा गीतका गितेरु (गीतकार) सागर बोहरा बताउनुहुन्छ ।

सामाजिक विकृति विसङ्गति र कूशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यङ्ग गर्दै सामाजलाई सही बाटोमा डो¥याउन यस्ता गीतले मद्दत पु-याउने जानकारहरु बताउँछन् ।

चैत, धमारी, फागलगायत खेलले इष्टदेव कूलदेवको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसङ्गतिविरुद्ध तिखो व्यङ्ग गर्ने, आफ्नो गाउँठाउँका प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गौरा खेल्दै आउनुभएका पुष्पराज पाण्डे बताउनुहुन्छ ।

गौरा र महेश्वर (शिव)को पूजाआजा सकेपछि गौरा घर अथवा मन्दिर परिसरमा खेल खेल्ने गरिन्छ । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ । सप्तमीका दिन व्रतालु हिन्दू महिला सामूहिक रुपमा नजिकैको खेतमा गएर बोट बिरुवाबाट तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग(धार्मिक अनुष्ठान) गाउँदै गौरालाई गौरा घर अथवा मन्दिरमा भित्र्याउने गर्दछन् ।

गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ । यसैपर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ आफ्नो घाँटीमा लगाउने प्रचलन छ । अनुकूल बारका दिन गौरापर्वको विसर्जन गरिन्छ ।

माहोल बढ्दै जाँदा खेलमा रमाउनेहरुको आग्रहमा कतिपय गाउँमा गौरा खेल १०/१५ दिनसम्म खेल्ने गरिन्छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको कठोर व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरापर्व मनाउने गरिएको भनाइ छ ।

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती(गौरा)को पूजाको फलस्वरुप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकीले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा गौरा पर्व मनाउन थालिएको देवी भागवत् पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशी बताउनुहुन्छ ।

देवी देवताका गाथा एवं महिमा दर्शाउने गीत भने पछिल्ला वर्षमा पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको अवस्थामा यसको विकल्पमा देउडाको वर्चश्व देखिन थालेको छ ।

Previous Post

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

Next Post

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
Load More
Next Post
नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In