गौतमी नामकी एक स्त्रीको एकमात्र छोरा म¥यो । उनी शोकले व्याकुल भएर रुँदै महात्मा बुद्धकोमा पुगिन् र उनको चरणमा परेर बोलिन् । जसरी हुन्छ मेरो छोरोलाई जीवित बनाइदिनुस् । कुनै यस्तो मन्त्र पढ्नुस् कि मेरो छोरा उठ्न सकोस् ।
महात्मा बुद्धले उनीमाथि सहानुभूति देखाउँदै भने, गौतमी शोक नगर । म तिम्रो मृत छोरालाई फेरि जीवित बनाइदिनेछु, तर यसको लागि तिमी यस्तो घरबाट सरस्यूँको केही दाना मागेर ल्याऊ जहाँ कहिल्यै कसैको मृत्यु नभएको होस् ।
गौतमीलाई यस कुराले केही शान्ति मिल्यो । उनी दौडँदै गाउँमा गइन् र यस्तो घर खोज्न थालिन्, जहाँ कसैको मृत्यु नभएको होस् । धेरै खोज्दा पनि उनले यस्तो एउटा पनि घर भेट्टाउन सकिनन् । अन्त्यमा उनी हतास भएर फर्केर आइन् र महात्मा बुद्धलाई भनिन्, यस्तो त एउटा घर पनि छैन, जहाँ कोही नमरेको होस् ।
यो सुनेर बुद्धले भने, गौतमी अब तिमी यो मानेर सन्तोष गर कि केवल तिमीमाथि मात्र यस्तो विपत्ति आएको हैन, संसारमा यस्तै हुन्छ । मानिसहरुले यस्तो दुःख धैर्यपूर्वक सहन्छन् ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













