पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् ।
– बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । काँक्रोे सेवनका कारण धेरै खाना खानबाट जोगिनुका साथै यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।
– धनियाँको जुसमा क्यालोरी निकै कम पाइन्छ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।
– एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप एलोभेराको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।
– ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । विना चिनीको ग्रिन टी पिउँदा शरीरलाई धेरै फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।
– प्रतिदिन एक चम्चा अदुवाको सेवन गर्दा शरीरको बोसो बर्न गर्न सघाउँछ जसले गर्दा पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ ।
साभारः ‘स्वास्थ्य खबर’ बाट













