• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्टः नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्टः नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा)रिङमा उत्रने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ ९७ सेप्टेम्बर २०२५०गते जापानको टोकियो सहरमा सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

‘हिमालयन चितुवा’का नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्याण्ड्स, सेनेगल, ब्राजिल, पोल्याण्ड, आरमेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरले प्रतियोगितामा कडा प्रतिष्पर्धा गर्दैछन् ।

नेपालको किक बक्सिङ खेल इतिहासमा नयाँनयाँ विश्व कीर्तिमान कायम गरिसक्नुभएका बक्सर घिमिरे प्रतियोगिताको पहिलो दिन फ्रान्सका प्रतिद्वन्द्वी आइमेरिक लेजीजीसँग आमनेसामने हुने तालिका के वान क्लबले सार्वजनिक गरेको छ । उसो त घिमिरेले सोही के वान खेलबाट नेपालको प्रतिनिधित्व गर्दै आफ्नो किक बक्सिङको अद्भूत प्रतिभालाई विश्वसामु प्रदर्शन गर्दै आएका छन् । घिमिरेले पहिलो खेल जितेमा पुनः यही कात्तिक २९ ९नोभेम्बर १५, २०२५० मा एकैदिन तीन खेल खेल्नुपर्ने हुन्छ । उक्त तीन खेल खेल्दा विजय हासिल गरेमा किकबक्सिङ इतिहासमै विश्वको नम्बर वान खेलाडीको उपाधि हात पार्दै विश्व जगत्मा इतिहास रच्न सक्ने भाग्यमानी नेपाली खेलाडी बन्नेछन् ।

‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’लाई किक बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ । ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’का लागि बक्सर घिमिरेले तयारीलाई तीव्र बनाएका छन् । आफ्नै खर्चमा बक्सर घिमिरेले थाइल्याण्ड्सको फुकेट सहरस्थित टाइगर मोथाई क्लबबाट विशेष प्रशिक्षण लिएर हालैमात्र जापान फर्किएका थिए । जापानमा आफ्ना पिता पूर्वअन्तरराष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरेकै विशेष प्रशिक्षणमा अविरलले सो अन्तरराष्ट्रिय प्रतियोगिताका लागि अभ्यास गरिरहनुभएको जनाइएको छ ।

अहिले प्रतियोगिता हुने टोकियो, सिवुआलगायत सहरका सार्वजनिकस्थलका होडिङबोर्डमा नेपाली झण्डासहित ‘हिमालयन चितुवा’का तस्बिरलाई प्रदर्शन एवं प्रचार प्रसार गरिएका छन् । ती विद्युतीय बोर्डमा घिमिरेले रिङमा भिडेका प्रतिस्पर्धालाई देखाइएको छ ।

राजदूत डा सुवेदीद्वारा शुभकामना

जपानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी युवा किक बक्सर घिमिरेको सफलताका कामना गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै उहाँले ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा नेपाली बक्सर घिमिरेले भाग लिन पाउनु आफैँमा ऐतिहासिक सफलता भएको जनाए।

यस्तो छ ‘हिमचितुवा’को इतिहास

बक्सर अबिरलले हालसम्म हिट किकबक्सिङ तीनपटक ‘टाइटल डिफेन्स’ गर्दै चारपटक ‘हिट किकबक्सिङ टाइटल म्याच’, अन्तरराष्ट्रिय किक बक्सिङ एशोसिएसन ‘टाइटल’ र ‘केवान क्रस–१७५ टाइटल’ जित हासिल गरिसकेका अविरलले हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ जित निकाल्ने क्रममा १८ नकआउट गरी जित निकालेका छन् ।

गत जेठ ४ गते जापानको ओसाका सहरमा सम्पन्न ‘के वन क्रस १७५’को उपाधि चुम्दै बक्सर अविरलले पहिलोपटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ उपाधि’ हात पारेर अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका थिए । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै के वान क्रस ‘विश्व च्याम्पियन’बनेका थिए ।

‘च्याम्पियन’ जिन्कलाई रिङमा नकआउट गर्ने किक बक्सर अविरल पहिलो खेलाडी बनेका कोच अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देवले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । ‘इन्टरनेसनल किक बक्सिङ एशोसिएसन’ ९इस्का० र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने बक्सर अविरल पहिलो नेपाली खेलाडी हुन् । बक्सर अविरल आफ्ना पिता देवका साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् ।

पूर्व फुलकन्ट्याक्ट कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा अविरलको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

Previous Post

तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

Next Post

यस वर्ष पनि नयाँ नोट नभई केवल सुकिला नोट सटही हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
यस वर्ष पनि नयाँ नोट नभई केवल सुकिला नोट सटही हुने

यस वर्ष पनि नयाँ नोट नभई केवल सुकिला नोट सटही हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In