• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

metakhabar by metakhabar
१४ भदौ २०८२,
0
थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी (नवलपरासी) । परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताए ।

थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो । भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताए । भोदी खेल थारू समुदायको पुरानो खेलका रूपकसमेत कायम रहने उनले बताए ।

भोदी खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दशवटा लट्ठी (थारू भाषमा टाँचा) निकाल्ने नियम हुन्छ । खेलअनुसार एउटा समूहलाई निश्चित समय प्रदान गरिन्छ । निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्ने गर्दछ ।

युवाको सक्रिय सहभागिताले यस परम्परागत खेलको संरक्षण मात्र नभई पुस्तान्तरणमा पनि ठूलो सहयोग पुगेको अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोले बताए । शुक्रबार थारू समुदायको परम्परागत तथा मौलिक खेलको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको यो खेल विशेषतः युवा समूहबीचका खेलिने परम्परा छ । बलपूर्वक लठ्ठी हान्नुपर्ने भएकाले समेत युवाको सहभागिता आवश्यकता पर्ने गर्दछ । थारु अगुवा गणेशमान महतोका अनुसार अनत चतुर्दशी पर्वको अवसरमा यसलाई विशेष महत्वका साथ खेलाइने गरिन्छ । यति बेला यहाँका थारू बस्तीमा भोदी खेलको रौनक छाएको महतोले बताए ।

शुक्रबार भएको प्रतियोगितामा जिल्लाका साठीभन्दा धेरै पुरुष तथा महिला समूहको सहभागिता रहेको थियो । यसले समेत थारू समुदायको भोदी खेलको महत्व थप बलियो बनेको उनले बताए ।

अनत पर्वमा गरिने उपवासले आफूले गुमाएको सम्पति फिर्ता गराउन सक्ने भन्ने धार्मिक मान्यता रहेको राष्ट्रिय थारू सङ्ग्रहालय अध्ययन केन्द्रका सल्लाहकारसमेत रहेका महतोले बताए । द्धापार युगमा कौरव र पाण्डबीचको द्धन्द्वमा कौरवले छलकपट गरी पाण्डवको श्रीसम्पति हरण गरेपछि पाण्डवले गुमेको सम्पत्ति फिर्ताका लागि अनत पर्वको उपवास गर्ने निधो गरेको र सो क्रममा पर्वमा सबैलाई सहभागि र उत्तसाहपूर्वक बनाउन भोदी खेल आयोजना गरिएको धार्मिक कथन रहेको उनले बताए । सोही धार्मिक कथनबाट भोदी खेल आएको र अहिले पनि अनत पर्वको अवसरमा धुमधामका साथ खेल्ने गरिएको महतोले बताए । भोदी खेल थारू समुदायले खेल्ने गरेको मौलिक खेल रहेकाले यसको संरक्षणमा सरकारसमेतले चासो दिनुपर्ने उनले बताए ।

Previous Post

कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह

Next Post

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In