• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाएका छौँः गृहमन्त्री लेखक

metakhabar by metakhabar
३ भदौ २०८२,
0
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ भदौः गृहमन्त्री रमेश लेखकले जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाइएको बताउनुभएको छ ।

विश्व मानवता दिवस–२०२५ का अवसरमा काठमाडौँमा आजदेखि सुरु भएको ‘नेपाल मानवीयता सम्मेलन’को उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाल भौगोलिक अवस्थाकै कारण विपदको उच्च जोखिममा रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । कानुन र नीति निर्माण गरेर साझेदारीमा आपत्कालीन अवस्थाको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “स्थानीय नेतृत्वलाई सक्षम बनाउने र समान साझेदारीलाई सुदृढ गराउनु अहिलेको आवश्यकता हो, मानवतावादी प्रणालीलाई सक्षम बनाउँदै क्षेत्रीय एकतालाई सुदृढ बनाउनुपर्छ ।”

विपद व्यवस्थापनमा दीगो वित्तीय क्षमता विकास गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले क्षेत्रीय र अन्तरराष्ट्रिय अभ्यासलाई उपयोग गर्न जरुरी रहेको बताउनुभयो । विपदका घटनामा बढोत्तरी भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै गृहमन्त्री लेखकले श्रोत साधनको अभाव रहेको सन्दर्भमा विश्वमै विपद व्यवस्थापनका लागि रुपान्तरण जरुरी रहेको बताउनुभयो । आपतकालीन तयारीमा तीनै तहको लगानी बढ्दै गएको जानकारी गराउँदै गृहमन्त्री लेखकले सबै किसिमका विपदबाट घरबारविहीन नागरिकको अस्थायी र स्थायी आवासका लागि रु पाँच लाख ५० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय विपद जोखिम घटाउन तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले विपद व्यवस्थापनमा स्थानीय समुदायलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले विपद्मा ८१ प्रतिशत मासिनको उद्धार स्थानीय निकायले गरेको र १८ प्रतिशत सुरक्षा निकायले गरेको पाइएको विवरण जानकारी गराउँदै यसले पनि स्थानीय समुदायलाई जति बलियो बनाउन सकिन्छ, त्यति नै उद्धार प्रभावकारी हुने बताउनुभयो ।

विपदमा उत्कृष्ट मानवीय कार्य गर्नेलाई सम्मान तथा पुरस्कृतको थालनी गरिएको र अब भने मापदण्ड नै बनाएर अघि बढ्न लागिएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो । उहाँले कुनै घटना हुँदा उद्धार गर्नेभन्दा रिल बनाउनेतर्फ मानिसहरु देखिएकाले मानवीयता हराउँदै गएको महसुस भएको उल्लेख गर्दै मानवीयता जगाउन जरुरी रहेको बताउनुभयो ।

सम्मेलनमा एनसेटका अध्यक्ष डा आमोदमणि दीक्षित, एनसेटका कार्यकारी निर्देशक तथा सम्मेलनका संयोजक सूर्यनारायण श्रेष्ठ, डिपी नेटका अध्यक्ष राजु थापा, संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक तथा मानवीय संयोजक हाना सिङ्गरलगायतले मानवीयता प्रवद्र्धनका लागि आवश्यक सहकार्यमा जोड दिनुभएको थियो ।

सम्मेलनमा नेपाल, म्यान्मार, बङ्गलादेश र पाकिस्तानका मानवीय सहयोगको उत्कृष्ट कथा प्रस्तुत गरिँदै छ । यस्तै कार्यक्रममा नेपाल, इन्डोनेसिया, फिलिपिन्सलगायत देशका प्रतिनिधिमार्फत मानवीय उद्धार, सहयोग तथा स्थानीय समुदायको अगुवाईमा विपद व्यवस्थापनका विषयमा प्रस्तुतिकरण समेत रहेको आयोजक प्रतिनिधि तथा एनसेटका स्टक्चरल इन्जिनियर रविन चौलागाईँले जानकारी दिनुभयो ।

नेपालमा विगत तीन वर्षदेखि विश्व मानवता दिवस मनाउन थालिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुरु भएको उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न १५ देशका साथै अष्ट्रेलिया तथा अमेरिकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Previous Post

रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

Next Post

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
Load More
Next Post
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In