• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक

metakhabar by metakhabar
३० साउन २०८२,
0
आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), ३० साउनः बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ ।

बसका सहायकको चर्को बोलावट, यात्रुहरूको हतार र सवारीसाधनका इञ्जिनहरूको गुञ्जनले भानुचोक धरानकै सबैभन्दा व्यस्त चोक बनेको छ । साँझ पर्नासाथ गाडीको चाप घटेपछि सडक छेउका खाली स्थानमा ठेलागाडासहित साना व्यापारी भेला हुन्छन् । साँझपख यहाँको वातावरण खाजाको स्वाद, साथीसङ्गीको भेटघाट र चिया गफले भरिन्छ ।

यही भीडभाडका बेला धरान–१५ की अमृता श्रेष्ठ ठेला तानेर भानुचोक आइपुग्नुहुन्छ । उहाँले विगत १० वर्षदेखि यही चोकमा मःम, चाउमिन र अण्डा रोल बेच्दै आउनुभएको छ । “दिनभर घरको काम सकेर साँझपख यही ठेलाबाट व्यापार गर्छु । यही मेहनतले जिन्दगी रमाइलो बनाएको छ”, अमृताले भन्नुभयो । अनुभवले निखारिएको उहाँको हातले दिनमै सयौँ प्लेट मःम तयार पारिएको छ । कलेजबाट आउने विद्यार्थीदेखि अफिसबाट फर्कने कर्मचारीसम्म, साँझको खाजाका लागि उहाँको ठेला गन्तव्य बन्छ । पहिले ३०–३५ रुपैयाँमै मःम र चाउमिन बेचिन्थ्यो, अहिले बजार भाउअनुसार ७० रुपैयाँमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले व्यापारका लागि भानुचोकको एउटै कुना रोज्नुभएको छ । ठेलाबाट हुने आम्दानीले छोराछोरीको पढाइदेखि घरखर्चसम्म धानिरहनुभएको छ । “कहिलेकाहीँ व्यापार कमी–बेंसी हुन्छ, तर यो मःम ठेलाले दैनिक खर्च सहजै चलाउँछ”, उहाँले भन्नुभयो ।

अमृता जस्तै पूर्णिमा मगर पनि हरेक साँझ भानुचोकमा मःम, चाउमिन र अण्डा, रोल बेच्दै आउनुभएको छ । उहाँले यो व्यवसाय थालेको सात वर्ष भयो । महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कनु सजिलो भने थिएन । “डर लाग्थ्यो, अप्ठ्यारो लाग्थ्यो । तर आजसम्म हिम्मत हारिन । अहिले त बानी परिसक्यो”, पूर्णिमाले भन्नुभयो ।

उहाँले मःम बेच्नुअघि करिब चार वर्ष मकै पोल्ने र आलु चप बेच्ने काम गर्नुभएको बताउनुभयो । तर आम्दानी पर्याप्त नभएपछि मःमको व्यापार सुरु गर्नुभएको सुनाउनुहुन्छ । उहाँ दिनभर घरमै सामग्री तयार पारेर साँझ ५ देखि ६ बजेसम्म भानुचोक आइपुग्नुहुन्छ । राति १० बजेसम्म भीडभाड रहन्छ । साँझपखको चिसो मौसम, एकै ठाउँ बसेर व्यापार गर्न पाउँदा रमाइलो लाग्छ । मानिस खाजा खान आउँछन् । त्योबेला भानुचोकको वातावरण नै बेग्लै हुन्छ, उहाँले सुनाउनुभयो । व्यवसायबाट हुने आम्दानीले आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि र आत्मनिर्भरता पनि मिलेको उहाँको अनुभव छ ।

साँझपखको भानुचोक केबल व्यापारको केन्द्र मात्रै होइन, दिनभरको हतार, धुलो र कोलाहलबाट छुट्कारा पाउने स्थान पनि बनेको छ । चोकका कुनामा रहेका साना चिया पसल, फुटपाथमा राखिएका कुर्सीमा बसेर चटपटे, चाउमिन खाँदै गफ गर्नेको भिडले यसक्षेत्र साँझपख रमाइलो बनाउँछ । साँझपख ठेलाको चापसँगै ट्राफिक व्यवस्थापनमा चुनौती बढेको ट्राफिक प्रहरी बताउँछन् ।

सुनसरी ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार, बिहान यात्रुको भीड रहन्छ भने साँझतिर व्यापारी र ग्राहकको चाप अत्यधिक देखिन्छ । “साँझतिर ठूला सवारी कम भए पनि मोटरसाइकल र साना गाडीहरू जथाभावी पार्किङ गरिन्छ, जसले सडक साँघुरिन्छ र ट्राफिक व्यवस्थापनमा कठिनाइ हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार साँझपख ठेला व्यवसायीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएकाले वातावरण जीवन्त त बन्छ, तर ट्राफिकका पक्षमा चुनौती भने थपिन्छ । तर वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी आवश्यक व्यवस्थापन गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी प्रमुख थापाका अनुसार धरानको भानुचोक बिहानैदेखि साँझसम्म व्यस्त रहने क्षेत्र हो । बिहान यात्रुहरू गन्तव्यतर्फ हतारिँदै दौडिन्छन् भने साँझतिर व्यापार गर्ने व्यापारी र खाजाका लागि आउने ग्राहकहरूको चहलपहल बढ्ने गर्दछ । दुवै समयमा ट्राफिकको उपस्थिति अनिवार्य हुनेहुँदा सवारी व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको उहाँको भनाइ छ । साँझपख साना सवारीसाधन जथाभावी पार्किङ गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापनमा थप अप्ठ्यारो हुने गरेको छ ।

धरानको भानुचोक साँझपख विशेष रूपमा जीवन्त देखिन्छ । दिनभरको गर्मी, कोलाहल, धुलो र हतारबाट थाकेका मानिसका लागि यो चोक साँझपख विश्राम र भेटघाटको थलो बन्ने गर्छ । सडक छेउका चिया पसल, फुटपाथमा राखिएका प्लास्टिकका कुर्सीमा बसेर मानिस चिया, चटपटे, मःम, चाउमिन खाँदै गफ गर्ने दृश्य सामान्य देखिन्छ ।

भानुचोक साँझतिर युवाहरूको जमघट हुने स्थलसमेत बनेको छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो लिँदै रमाइरहेका, त कोही कुनामा गीत गाएर मनोरञ्जन गरिरहेका दृश्य भेटिन्छ । साँझपखको झिलिमिली बत्तीले चोकको वातावरण अझै आकर्षक बनाउने गरेको छ ।

भानुचोक केबल व्यापारिक चहलपहलले भरिएको चोक मात्रै नभई ऐतिहासिक पक्ष बोकेको स्थान पनि हो । ७८ वर्षीय स्थानीयवासी मोहन श्रेष्ठका अनुसार, विगतमा भानुभक्त आचार्यको शालिक राखिएकै कारण यो चोकको नाम ‘भानुचोक’ रहन गएको उहाँले बताउनुभयो ।

“अहिले पनि त्यही शालिक यथावत् छ । जनआन्दोलनका बेला नाराबाजी, विद्यार्थी र्‍याली, राजनीतिक तथा साहित्यिक गतिविधिका लागि यो चोक प्रमुख स्थल थियो”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार पहिले भानुचोक आसपास सबै टिनका साना चिया पसल हुने गरेका थिए । त्यहीँ बसेर चिया पिउँदै राजनीतिक चर्चा गर्ने चलन थियो, उहाँले सम्झनुभयो । त्योबेला ठेला भन्ने शब्द नै प्रचलनमा थिएन, तर अहिले साँझपख भने भानुचोक ठेलाको व्यापारले भरिन्छ ।

साँझपख जब बत्तीको उज्यालोले चोक उज्यालो हुन्छ, तब भानुचोक धरानको मुटु हो भन्ने अनुभूति हुन्छ । चोकको एक छेउमा रहेको घण्टाघर धरानको विशेषता मानिन्छ । साँझपख त्यहाँ बसेर रमिता हेर्ने, वरपरको दृश्य नियाल्ने धेरै भेटिन्छन् । धरान उपमहानगरपालिका–२ मा पर्ने भानुचोक सहरको केन्द्रविन्दुका रूपमा परिचित मानिन्छ । केही दशकअघि सुनसान देखिने यो स्थान अहिले सवारीसाधन र मानिसको चापले अत्यधिक व्यस्त विन्दुमा रूपान्तरण भएको छ ।

धरानमा लामो समयदेखि पत्रिका विक्रेताका रूपमा कार्यरत ७५ वर्षीय कृष्णभक्त श्रेष्ठका अनुसार पहिलेको तुलनामा भानुचोक पूर्ण रूपमा बदलिएको छ । पहिले चोक सुनसान हुन्थ्यो, अहिले भीड र चहलपहलले पुरानो स्वरूप हराउँदै गएको उहाँको भनाइ छ ।

श्रेष्ठका अनुसार २०४५ सालको विनाशकारी भूकम्पपछि हङ्कङ र मकाउमा रहेका नेपाली आप्रवासीको पहलमा रु ५६ लाख बराबरको लागतमा भानुचोक नजिकै घण्टाघर निर्माण गरिएको थियो । विसं २०४८ मा निर्माण सम्पन्न भएपछि चोकको स्वरूप परिवर्तन हुँदै गएको उहाँले बताउनुभयो । “घण्टाघर बनेपछि चोकको जीवन्तता सुरु भयो । वरपर व्यापारिक गतिविधि बढ्न थाले र सहरको गतिको सङ्केत यहीँबाट पत्ता लाग्न थाल्यो”, श्रेष्ठ सुनाउनु हुन्छ ।

उहाँका अनुसार दैनिक हजारौँ मानिसको आवतजावत हुने यो चोक सहरका विभिन्न भागमा जाने सवारीका लागि केन्द्रका रुपमा मानिन्छ । पत्रिका बिक्रेताका रूपमा उहाँले भानुचोकको विगत र वर्तमान नजिकबाट नियाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिले धेरैजसो पत्रिका लिएर धरानको छाताचोक कटेर जानुपथ्र्यो, अहिले भानुचोकमै ग्राहक भेटिन्छन् ।” “विकासले नछोएको जस्तो देखिने यो क्षेत्र अहिले धरानकै सबैभन्दा व्यस्त केन्द्र बनेको छ”, श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आधुनिक व्यापारिक भवन, बैंक, खाद्य तथा लत्ताकपडाका पसलहरू, सहरी पूर्वाधार र घण्टाघरजस्ता संरचनाले भानुचोकलाई फरक पहिचान दिएको छ । धरानको चालचुल बुझ्नेले भानुचोक हेर्‍यो भने सहरको विकासको गति बुझ्न सकिन्छ । साँझपख परिवर्तित रूपमा देखिने भानुचोक अहिले साना व्यापारीका लागि राम्रो आम्दानीको गन्तव्य बनेको छ । साथीभाइसँग जमघट हुने र सस्तो खाजाको खोजीमा आउने सर्वसाधारणका लागि पनि यो स्थान सहज र आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

Previous Post

काठमाडौंस्थित भारतीय दूतावासमा ७९ औं स्वतन्त्रता दिवस भव्य रूपमा सम्पन्न

Next Post

नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने

नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In