• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

metakhabar by metakhabar
२८ साउन २०८२,
0
ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मर्चवार (लुम्बिनी), २८ साउन : बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि ओझेलमा छ ।

रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक देव निर्मित प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीयको दाबी छ । सामाजिक अभियन्ता लक्ष्मी थारुले भन्नुभयो, “बुद्धको मावलीको खोज तीव्र गतिमा चलिरहे पनि यस क्षेत्रको भूगोल एवं इतिहासप्रति सम्बन्धित निकायहरूको चासो देखिदैन, नाम जुरेकै आधारमा नयाँ ‘देवदह’ लाई प्राथमिकतामा राखेर वास्तविक कोलियग्रामको तथ्य नै ओझेलमा पार्ने प्रयास भएको छ ।” कोलियका पुरातात्विक संरचना र ऐतिहासिकस्थल संरक्षणको अभावमा हराउने जोखिम रहेको उहाँको भनाइ छ ।

सिलोनी इतिहासका अनुसार, रोहिणी (कोहान) नदी कपिला र कोलीय दुवै नदी सहरको बीचबाट बग्दथे । जहाँ कोलीय सहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो । यसलाई ‘व्याघ्रपुर’ पनि भनिन्थ्यो ।

इतिहासकार एलेक्जेण्डर कनिङ्घमद्वारा लिखित ‘प्राचीन भारतको भूगोल’ (१८७१) पेज ४१७ मा लेखिएको छ, “कोलीको स्थिति अनिश्चित छ, तर यो सम्भवतः अमकोहिल गाउँसँग जोड्न सकिन्छ, जो लुम्बिनी नगरदेखि पूर्वतर्फ ११ माइल र कोहाना नदी नजिकैको विन्दुभन्दा केही कम तीन माइल टाढा छ ।”

युरोपेली अनुसन्धानकर्तामध्ये एलेक्जेण्डर कनिङ्घमले बुद्धजन्मस्थल लुम्बिनी, कोलिय राज्य र आसपासको भूभाग पहिचानमा महत्वपूर्ण भूमिका खेलेका छन् । उहाँले पुस्तकमा लेख्नुभएको छ, “लुम्बिनीको वास्तविक पहिचान बुकाननले दिनुभएको विवरण र स्थानीय संरचनालाई अध्ययन गरेरै मात्र सम्भव भयो ।”

स्कटिस इतिहासकार एवं नेपालभित्र वैज्ञानिक अनुसन्धान गर्ने पहिलो विदेशी अन्वेषकका रुपमा परिचित फ्रान्सिस बुकानन–ह्यामिल्टनले आफ्नो सन् १८१९ मा प्रकाशित कृति ‘एन अकाउन्ट अफ द किङ्गडम अफ नेपाल’ मा लुम्बिनी नजिक रहेका यी भूभागको पुरातात्विक महत्वबारे चर्चा गर्नुभएको छ ।

फ्रान्सिस बुकाननकोे भ्रमणले नेपालका बौद्धस्थलहरूको अव्यवस्थित पहिचान गर्न ठूलो योगदान पु¥याएको बौद्ध अध्येता भोला गुप्ताले बताउनुभयो । गुप्ताका अनुसार, “बुकाननको किताबमा छापिएको नक्साले मर्चवार क्षेत्रलाई बुद्ध मावलीको रूपमा स्थापित गर्ने वैज्ञानिक अनुसन्धानको जग बसालेको छ ।”

पुस्तकमा समावेश नेपालको नक्सा मेजर चाल्र्स क्रफोर्डद्वारा तयार पारिएको हो । बुकाननले आफ्नो यात्रा र स्थानीय सूचनाका आधारमा त्यसमा महत्वपूर्ण जानकारीहरू थपेको बताउनुभएको छ । यो नै नेपालको पहिलो वैज्ञानिक नक्सामध्ये एक मानिन्छ । पुस्तकको दोस्रो भागको ‘सेक्सन १ः अफ द टेरिटोरिज सिचुएटेड टु द इस्ट अफ द रिभर काली’ मा यी स्थलहरूबारे चर्चा पाइन्छ ।

बुद्धकालीन सम्पदास्थलहरूको पहिचानमा निकै योगदान पु¥याउनुभएका भारतीय लेखक डा विजय श्रीवास्तवले ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ (१९५४) पृष्ठ ३१ मा लेख्नुभएको छ, “लुम्बिनी नगरबाट ११ मील पूर्वमा रहेको अमकोहिलनगर नै प्राचीन देवदह (कोलियग्राम) हुनसक्छ ।” उहाँका अनुसार लुम्बिनी आसपासको भूगोलमा बुद्धकालीन संरचना र सभ्यताका अवशेष अझै पनि माटोमुनि लुकेका छन् ।

“लुम्बिनीबाट अमकोहिल जाने सडकले मेक्सोन नामक लुम्बिनी अधिनस्त एक सहरको सामुन्नेबाट कोहान नदीलाई पार गर्दछ”, डा श्रीवास्तवद्वारा लिखित ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ मा उल्लेख छ । वर्तमान दानव (बुद्धकालीन रोहिणी) खोलाको कटान र भेलसँगै भारततर्फ बगिरहेको अमहवा–निपनिया नै तत्कालीन मेक्सोनसहर भएको स्थानीयको दाबी डा श्रीवास्तवको यो तथ्यसँग मिल्दोजुल्दो छ ।

बुद्धभूमिको इतिहासलाई चिनाउने पहिलो साक्षी १६ सय वर्षअघि नेपाल आउनुभएका चिनियाँ बौद्ध तीर्थयात्री फाहियान हुनुहुन्छ । फाहियानले आफ्नो यात्रा विवरण ‘फो क्वो कि’ (ए रेकर्ड आफ बुद्धिष्टिक किङ्डम) मा ती सबै धार्मिकस्थलहरुको उल्लेख गर्नुभएको छ । यस कारण मर्चवार क्षेत्रका प्राचीनस्थलको पुरातात्विक उत्खननले नवीन ऐतिहासिक तथ्य उजागर गर्ने सम्भावना अत्यधिक छ ।

“ऐतिहासिक दस्तावेज, स्थानीय किंवदन्ती र पुरातात्विक प्रमाणहरूले मर्चवार क्षेत्रलाई ‘बुद्ध मावली’ का रूपमा पुष्टि गर्छ । यहाँका प्राचीन भग्नावशेष, स्तुप र देव निर्मित सगरा महत्वपूर्ण प्रमाण हुन् । यहाँको ऐतिहासिकता केवल किम्बदन्तीबाट होइन, पुराना यात्रु वृतान्त र हालसम्म भएका पुरातात्विक उत्खनन (खुदाइ) को प्रमाणले पनि पुष्टि गर्दछ”, स्थानीय बौद्ध भिक्षु धम्म शिद्धीले भन्नुभयो ।

लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकान्द पाण्डेयका अनुसार, दानव र दण्डा खोलाको मध्य मर्चवारमा बुद्ध मावली एवं प्राचीन अमकोहिल नगर (देवदह) अवस्थित छ । “यहाँका बस्तीहरु बुद्धकालीन सभ्यता र संस्कृतिका प्रमाण हुन्”, उहाँले भन्नुभयो, “कोलियहरु कृषिप्रधान सभ्यता, संस्कृति र धार्मिक मान्यता बोकेका समुदाय भएकाले यहाँका कृषियोग्य भूमिहरु र सिँचाइ प्रणाली अहिले पनि प्रख्यात छन् ।”

स्कटिस भाषाविद्, मिसनरी, साइनोलोजिस्ट र अनुवादक जेम्स लेग्गे, जो शास्त्रीय चिनियाँ ग्रन्थहरूको अङ्ग्रेजीमा प्रारम्भिक अनुवादकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको चिनियाँ बौद्ध तीर्थयात्री फाहियानद्वारा लिखित द फाहियान्स रेकर्ड आफ बुद्धिष्टिक किङ्डम र बुकाननको नक्साले अमवा नै मायादेवीको जन्मस्थल देवदह भएको सम्भावनालाइ पुष्टि गर्दछ ।

मर्चवारी गाउँकार्यपालिका रामसुमेर ठाकुरका अनुसार मर्चवारी गाउँपालिका–२ स्थित ऐतिहासिक अमवा गाउँ, सगरा नामले प्रसिद्ध देव निर्मित प्राचीन पोखरी, महिषासुर मर्दनी स्तुपा, मकुनगढकी समयमाई, देउरवा स्तुपालगायतका बुद्धकालीन सभ्यता र सांस्कृतिक धरोहर अपार दैविक शक्ति भएका ऐतिहासिक स्मृति खोजीका केन्द्र हुन् । ठाकुरले भन्नुभयो, “पहिला मध्यरातमा धातुको घैँटामा सिक्का ठोक्किएको आवाज सुनिन्थ्यो र देवी–देवताहरुले नृत्य गरेको देखिन्थ्यो भन्ने मान्यता छ ।”

पहिला–पहिला केही व्यक्तिले त्यहाँबाट चाँदीका सिक्का फेला पार्दथे । एक समयमा देउरवा स्तुपालाई खेतीका लागि खनेर सम्याउन खोज्दा त्यहाँ मौरी, कालो बारुलो, बिच्छी र ठूला विषधारी सर्पहरुको झुण्ड देखा परेपछि स्थानीयले खन्ने काम रोकेर भागेको मान्यता छ ।

शाक्य वंशका सिद्धार्थ गौतमकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म यही अमकोहिल नगरमा भएको विश्वास छ । बौद्ध ग्रन्थअनुसार शाक्य राजा शुद्धोधन र कोलीय नरेश सुपबुद्ध (देवदहका राजा) बीच वैवाहिक सम्बन्ध थियो । शुद्धोधनले सुपबुद्धकी छोरी मायादेवीसँग विवाह गर्नुभएको थियो । पालि ग्रन्थ अपदान, थेरगाथा र महावंशमा देवदहको उल्लेख पाइन्छ ।

भारतीय बौद्धविद् तथा इतिहासकार एके नारायणले देवदहको ऐतिहासिक महत्व र सम्भावित पहिचानबारे केही महत्वपूर्ण टिप्पणी गर्नुभएको छ । विशेषतः कोलीय जनपद, देवदह र बुद्धको मावली पक्षसँग सम्बन्धित सन्दर्भहरूमा उहाँको विश्लेषण आधारित छ । उहाँको प्रसिद्ध कृत्ति “द इण्डो–ग्रीक्स” (१९५७) लगायत अन्य लेखहरूमा पनि बुद्धकालीन स्थलहरूको ऐतिहासिक समीक्षा गरिएको छ ।

बौद्ध साहित्यमा स्नातक गर्नुभएका बौद्ध विद्वान मेघनाथ आचार्यको विचारमाः देवदह, बुद्धको मातृ वंशभूमि मात्र होइन, कपिलवस्तुको राजनीतिक र आध्यात्मिक समकक्ष पनि थियो । शाक्य र कोलीयबीचको बारम्बारको अन्तरक्रिया र अन्तरविवाहले बौद्ध परम्परामा यसको भूमिकालाई थप सुदृढ बनाएको छ । उहाँले भन्नुभयो, “त्यो ऐतिहासिक भूमि मर्चवारी–२ अमवा नै हो, जो कनिङघमले लेखेअनुसार लुम्बिनीबाट ११ मील र रोहणी नजिकैको बिन्दु पिपरहवा घाटबाट ३ मील पूर्वमा छ ।”

बुद्धको मावली दाबी गरिएको मर्चवारी गाउँपालिका पुरातात्विक दृष्टिले निकै सम्भावनायुक्त क्षेत्र भएको लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको भनाइ छ । उहाँले भन्नुभयो, “विभिन्न इतिहासकार, बौद्धविद् र अनुसन्धानकर्ताबाट प्रस्तुत प्रमाण, किंवदन्ती, भूगोल र साहित्यिक सन्दर्भहरूले यो क्षेत्रलाई प्राचीन देवदह (कोलियग्राम) को सम्भावित अवशेष क्षेत्रको सङ्केत गरेको छ ।”

लुम्बिनी विकास कोषले यस क्षेत्रका बारेमा प्राप्त भएका दस्तावेज र स्थलगत सूचनाहरूको प्रारम्भिक समीक्षात्मक अध्ययन गरेको छ । यस्ता स्थलहरूको वैज्ञानिक अनुसन्धान र प्रमाणित उत्खननका लागि विधिवत् प्रक्रिया, स्रोतसाधन र अन्तरसंस्थागत समन्वय आवश्यक रहेको उप्रेतीले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा व्यवस्थित सर्वेक्षण, जिओ–स्पेसियल म्यापिङ र परीक्षण खुदाइ (ट्रायल एक्स्काभेसन) आवश्यक छ । लुम्बिनी क्षेत्रका यस्ता सम्भावित सम्पदास्थलहरूको पहिचान, वर्गीकरण एवं संरक्षणका लागि योजनागत रूपमा अगाडि बढ्नुपर्ने उहाँको जोड छ ।

“नेपाल सरकार, स्थानीय तह, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र विज्ञहरूसँग सहकार्य गर्दै हामी यस्ता ऐतिहासिकस्थलहरूको प्रमाणिकता पुष्टि गर्न र आवश्यक संरक्षणका कार्य थालनी गर्न गम्भीर छौँ”, उहाँले भन्नुभयो, “यसले न केवल नेपालको बौद्ध–धार्मिक इतिहासलाई उजागर गर्छ, तर लुम्बिनी क्षेत्रलाई समेट्ने समग्र बुद्धमार्ग (बुद्ध सर्किट) को सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउछ ।”
कोलियनगर अमवाको पुरातात्विक महत्वबारे स्थानीय निकाय र केही सामाजिक संस्थाले प्रचारप्रसार गरे व्यवस्थित अनुसन्धान र संरक्षण हुन नसकेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो धार्मिक दृष्टिले मात्र नभई नेपालकै गौरवका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको क्षेत्र हो । यसको संरक्षणसँगै पुरातात्विक खोज र अनुसन्धान हुन जरुरी छ ।”

संयोजक खाँका अनुसार देउरवा स्तुप, जलदुर्गको चौघेरामा रहेकाले कोलीय राजधानी रामग्राम जस्तै देखिन्छ । यहाँ पूर्व–दक्षिणतर्फ दण्डपाडी ऋषिको नामले अलङ्कृत दण्डा खोला, उत्तरबाट हगनी नाला र पश्चिम किनाराबाट गैडहवा नालाले घेरेर एक मात्र स्थल निकास लुम्बिनीतर्फ फर्केको उहाँको भनाइ छ ।

बुद्ध मावली मानिएको यस क्षेत्रमा व्यवस्थित उत्खनन, प्रमाणीकरण र पर्यटन प्रवर्द्धन गर्न सकिए, स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउनुका साथै यसले विश्वसामु नेपालको ऐतिहासिक गौरवलाई थप उजागर गर्ने प्रायः निश्चित रहेको गाउपालिका अध्यक्ष गयाप्रसाद बरइले बताउनुभयो ।

Previous Post

कैलालीमा वर्षासँगै वादी समुदाय घर डुबानमा, जीवन असहज

Next Post

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
आर्थिक

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

७ चैत्र २०८२,
Load More
Next Post
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम पक्राउ

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In