• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालगञ्ज–दिल्ली सिधा उडानबारे सर्वपक्षीय छलफल

metakhabar by metakhabar
२६ साउन २०८२,
0
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज काठमाडौँमा सर्वपक्षीय छलफल भएको थियो । सो छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उनीहरुले नेपालगञ्ज–दिल्ली सिधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे ।

सन् २०१८ मा नेपालगञ्जदेखि दिल्ली बुद्ध एयरले सिधा उडान सञ्चालन गरेको थियो । तर, उडान सुरु गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।

त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधिलगायतले स्थगित उडान पुनः सञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले पनि चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरुको भनाइ छ ।

उडान स्थगित हुनुमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशंका हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

छलफलमा पश्चिम नेपालका प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो । सांसद सञ्जय गौतम, डा धवलशमशेर राणा, शक्तिबहादुर बस्नेत, सुर्य ढकाल, महेश्वरजङ्ग गहतराज, दिपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खानलगायतले नेपालगञ्ज–दिल्ली सिधा उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगञ्ज–दिल्ली सिधा उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै यसका लागि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्यका साथै विभिन्न जडीबुटी, कृषि उत्पादन तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले सिधा उडानका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयोे ।

सांसद सञ्जय गौतमले नेपालगञ्जको भौगोलिक, सांस्कृतिक र आर्थिक क्षमता उच्च रहेकाले सिधा उडान विकासको महत्त्वपूर्ण चरण हुने बताउनुभयो । सांसद अब्दुल खानले नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा अग्रणी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद धवल शमशेर राणाले भन्नुभयो, “जुन दिन नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु हुन्छ, त्यही दिन कर्णाली र सुदूरपश्चिमको कायापलट हुनेछ ।” सांसद शक्तिबहादुर बस्नेतले आवश्यक पूर्वाधार र नीतिगत सहयोगका लागि पूर्ण समर्थन जनाउनुभयो ।

Previous Post

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर
फिचर-ब्यानर

नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

४ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

४ चैत्र २०८२,
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
आर्थिक

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

४ चैत्र २०८२,
केरा खेतीको बिमा नहुँदा किसान मारमा
आर्थिक

केरा खेतीको बिमा नहुँदा किसान मारमा

४ चैत्र २०८२,
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आर्थिक

बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

४ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In