• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोधारा चाँदनी सुक्खा बन्दरगाह : डेढ दशकदेखिको सपना अब साकार हुँदै

metakhabar by metakhabar
१९ साउन २०८२,
0
दोधारा चाँदनी सुक्खा बन्दरगाह : डेढ दशकदेखिको सपना अब साकार हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर)। डेढ दशकअघि घोषणा गरिएपनि दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया अहिले आएर मात्रै तीव्र गतिमा अघि बढेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा निर्माणाधीन सुक्खा बन्दरगाहले यहाँका स्थानीयको जीवनशैली मात्र होइन, सुदूरपश्चिमको व्यापारिक सम्भावनालाई समेत नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्तर भट्ट भन्छन्, “विगतमा महाकाली नदीमा किस्ती चढेर महेन्द्रनगर आउजाउ गर्नुपर्थ्यो। अहिले घरअगाडि छ लेनको पक्की सडक आएको छ र बन्दरगाह पनि बन्न थालेको छ, मलाई त सपनाजस्तै लागेको छ।”

२०६४ सालमा सरकारबाट सुक्खा बन्दरगाह निर्माणको घोषणा भएपछि यहाँका व्यवसायी र स्थानीयले तेस्रो मुलुकसँग व्यापार गर्ने सपना देख्दै आएका थिए। तर प्रक्रियागत अल्झनका कारण परियोजना लम्बिएको थियो। अहिले भने बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

“फिलिङ, पर्खाल निर्माण र आवश्यक सामग्री ल्याउने काम सुरु भएको छ,” उनले भने, “दुवै देशका प्रधानमन्त्रीहरूले विधिवत् शिलान्यास गर्नुहुन्छ।”

सुक्खा बन्दरगाहको निर्माण भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको हो। निर्माणका लागि नेपाल र भारतबीच २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। भारतीय पक्षले दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रूपैयाँ लागतमा बन्दरगाह निर्माणको ठेक्का सम्झौता गरेको हो।

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माण थालनी गरिएको छ। गोदाम भवन, भन्सार चेकजाँच भवन, क्वारेन्टाइन, इमिग्रेशन, सुरक्षा भवनलगायत पूर्वाधार बन्ने छन्।

स्थानीय डम्बर धामीले बन्दरगाह निर्माणपछि रोजगारी र व्यापार विस्तार हुने आशा व्यक्त गरे। “छोरो भारतमा काम गर्न गएको छ, अब घरमै रोजगारीको सम्भावना खुल्नेछ,” उनले भने।

सुदूरपश्चिम व्यापार विस्तारका लागि दोधारा चाँदनी सुक्खा बन्दरगाह महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। भारतको उत्तराखण्ड राज्यको रूद्रपुर औद्योगिक क्षेत्र यो ठाउँबाट करिब ९० किलोमिटर टाढा रहेको छ। अहिले सुदूरपश्चिमबाट व्यापार गर्दा ३०० किलोमिटर घुमेर वस्तु आयात/निर्यात गर्नुपर्ने बाध्यता हट्ने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल बताउँछन्।

‘यो बन्दरगाहले सुदूरपश्चिम मात्रै होइन, मुलुककै आर्थिक समृद्धिमा ठूलो टेवा पुर्याउँछ,’ मल्लले भने, ‘जडीबुटी, कृषिजन्य उत्पादन र अन्य वस्तु निर्यात गर्न सहजता आउनेछ।’

अर्थशास्त्री गोर्कण अवस्थीका अनुसार सुक्खा बन्दरगाह सञ्चालनअघि सरकारद्वारा औद्योगिक र कृषिमा जोड दिइनुपर्नेछ। ‘पूर्वाधार मात्रै होइन, उत्पादन र बजार विस्तारको योजना पनि सँगसँगै जानुपर्छ,’ अवस्थी भन्छन्, ‘यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डजस्ता बजारमा सहज पहुँच दिनेछ।’

हाल दोधारा चाँदनीदेखि सुक्खा बन्दरगाहसम्मको छ लेनको पक्की सडक र महाकाली नदीमाथिको चार लेनको पुल सञ्चालनमा आइसकेको छ। बन्दरगाह निर्माणसँगै सुदूरपश्चिममा विकास र रोजगारीका नयाँ सम्भावना खुल्ने स्थानीयको विश्वास छ।

Previous Post

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

Next Post

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In