• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु

metakhabar by metakhabar
१७ साउन २०८२,
0
खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । ‘प्रथम राष्ट्रिय कोदो दिवस-२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो ।

कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईलगायतले संयुक्त रूपमा सार्वजनिक गरे ।

प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर बिस्कुटसँगै कोदोबाट बनाइएका खाद्य परिकारहरू प्रदर्शनी गरिएको छ । कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरिएको शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए । “कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यावसायिक रूपमा ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु गरेका छौँ । यो आजैबाट बजारमा पठाउन थालेका छौँ”, उनले भने, “शुभम् फाउण्डेशनमा कोदोको अन्य परिकारहरू पनि उत्पादन हुन्छ । त्यो चाहिँ उपभोक्ताको मागअनुसार बनाएर उपलब्ध गराउने तयारी गरिएको छ ।”

जिल्लामा उत्पादित कोदो शुभम् फाउण्डेशनले सञ्चालन गरेको उद्योगमा खपत हुने भएपछि कृषकहरूले समेत सहजै आम्दानी लिन सक्ने भएका छन् । शुभम् फाउण्डेशनले व्यावसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रवर्द्धन गर्न सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख राईले बताए । “स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सकेमात्र समृद्ध बन्न सकिन्छ । शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर रहेको पाइएको छ”, उनले भने, “परम्परागत रूपमा उपभोग गर्दै आइएको कादोलाई आधुनिकीकरण गर्न आवश्यक छ । शुभम् फाउण्डेशनले यो कामको थालनी गरेको छ । यसलाई प्रवर्द्धन गर्न सबैले सहयोग गर्नुपर्छ ।”

रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औँ नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागू गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख विशन राईले जानकारी दिए । “नगरवासीको आम्दानी वृद्धि गर्न उपप्रमुखसँग कृषक कार्यक्रम लागू गरेका छौँ । यो कार्यक्रमले धेरै कृषकहरू व्यावसायिक बनेका छन्”, उनले भने, “स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न संघीय कानुन बाधक छ । यसलाई संशोधन गरेर कार्यान्वयन गराउन नगरप्रमुखको नेतृत्वमा आन्दोलनसमेत गरिरहेका छौँ ।”

शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्नेरगराउने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ । कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसर पारेर नगरपालिकाले कोदोको उपयोगिताका विषयमा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलकी विपासा खनाल पहिलो, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका प्रताप खत्री दोस्रो, शितला माध्यमिक विद्यालय खाल्लेकी प्रनिशा राई तेस्रो तथा जालपा माध्यमिक विद्यालय जालपाका प्रज्ज्वल खड्का सान्त्वना भएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगी विद्यार्थीलाई क्रमशः नगद रु दुई हजार ५००, रु दुई हजार २५०, रु दुई हजार र रु एक हजार ७५० प्रदान गरिएको छ । कार्यक्रममा उत्पादनमा आधारित व्यावसायिक खेती गर्ने कृषकलाई नगदसहित पुरस्कारसमेत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए ।

Previous Post

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

Next Post

दशैंको अवसरमा आउने ‘माइतीघर’को फस्टलुक सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
Load More
Next Post
दशैंको अवसरमा आउने ‘माइतीघर’को फस्टलुक सार्वजनिक

दशैंको अवसरमा आउने ‘माइतीघर’को फस्टलुक सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In