पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
एमालेका उम्मेदवार गुरुङले २५ हजार सात सय आठ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।













