पोखरा, ८ मंसिर ः कास्की निर्वाचन क्षेत्र नम्बर २ (२) मा नेपाली काँग्रेसका उम्मेदवार बिन्दुकुमार थापा विजयी हुनुभएको छ ।
थापा ९२८० मत प्राप्त गर्दै गण्डकी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । त्यस्तै एमालेकी मिना गुरुङले ७९७१ मत प्राप्त गर्नुभएको छ
भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले ३९०३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी स्वतन्त्रका श्रमिक घर्ती क्षेत्रीले ४६५ मत प्राप्त गर्नुभएको छ भने नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले ३६६ मत प्राप्त गर्नुभएको छ ।













