पोखरा, ७ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा एमालेकी विद्या भट्टराईको अग्रता कायमै रहेको छ ।
एमालेकी उम्मेदवार विद्या भट्टराईले १११८५ मतसहित अग्रता कायम गर्नुभएको हो । भट्टराईलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले ८१३८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६२६७ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सुवर्णराज पन्तले २६६७ मत प्राप्त गर्नुभएको छ । कास्की क्षेत्र नं २ को ६६ प्रतिशत मतगाणना भइसकेको छ । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना पोखरा सभागृहमा भइरहेको छ ।













