पोखरा, ७ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. २ (१) को प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ ।

कार्की १०५३१ मतसहित विजयी हुनुभएको हो । विजयी कार्कीका निकटतम प्रतिद्धन्दी राप्रपाका विजयबाबु भण्डारीले ५८९३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै पाँच दलीय गणबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका विश्वप्रकाश लामिछानेले ५५४० मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका तेतबहादुर महतले २५९२ मत प्राप्त गर्नुभएको छ ।













