यो वर्ष नेपाली राजनैतिक नक्षत्रमा स्वतन्त्र उम्मदवार अनि अभियानहरुको एउटा नयाँ आयाम देखिएको छ । कुनै पार्टीको झण्डा या एजेन्डा भन्दा धेरै माथि उठेर एक स्वतन्त्र नेपालीका हैसियतमा स्थानीय चुनावमा राजधानी सहरमा वालेन शाह, धरानमा हर्क अनि धनगढीमा गोपालको विजय संगै देशै भरि स्वतन्त्र उम्मेदवारहरुको एउटा लर्को सुरु भएको छ । हातमा कलम हुने हरु कलम लिएर उठ, साथमा केहि नहुने हरु आवाज लिएर उठ भनेँ झैं यसपाली आवाज र आआफ्नो कला सहित स्वतन्त्र उम्मेदवारहरुको सूची र फेरिहिस्त लामो बन्दै गएको छ । राजनैतिक चेतनाको यस बिकासका साथै यस मंसिर ४ को चुनावमा उठेका स्वतन्त्र उम्मेदवारहरु मध्य एक हुन चलचित्र निर्देशक र लेखक मनोज पन्डीत ।

काभ्रे बाट स्वतन्त्र उठेका मनोज चलचित्र निर्देशक, विष्लेषक र स्वतन्त्र चिन्तकका रुपमा परिचित छन् । उनका चलचित्र र चलचित्रका बिषयबस्तुहरु संग नेपाली दर्शकले अनेक पटक साक्षातकार गर्न पाएका छन् यस पटक आफ्नोे मुलभुत एजेन्डा र बिचारका साथ चुनावी माहौलमा होमीएका मनोज संग जोडिएर उनको चुनाव चिह्न डोजर र भ्रष्टाचार बिरोधी उनका अभियानहरु निकै प्रखर रुपमा आएका छन् ।

यसका साथै मनोजका पिता ८२ वर्षय युधिष्ठिर पन्डीतले काभ्रेमा व्यक्तिगत पहल बाट नै भ्रष्टाचार मुक्त महायज्ञ लगाउनु भएको छ ।
यो महायज्ञ चुनाव र प्रचार केन्द्रित नभइकन राजनैतिक चेतना र उम्मेदवारहरुको पछिल्ला पदचापहरुमा रहेका भ्रष्टाचारका गन्धहरु केलाउन मतदातालाई एउटा जनाउका रुपमा लिइएको छ ।
देवताहरूले पनि नेपाली जनताको दुःख अवश्य देख्नेछन् र यसबाट मुक्त गर्न यो पवित्र भुमि को जनतालाई अवश्य साथ दिनुहुन्छ भन्ने विश्वास गर्दछु भन्दै युधिष्ठिर पन्डीतले कार्तिक २४ गते देखि मसिंर १ गते सम्म यस यज्ञको आयोजना गर्दै हुनुहुन्छ ।













